Wednesday, April 1, 2009
अझै तिम्रो यादले कोपिरहेछ मलाई
कुन शब्दले सम्बोधन गरु खै ! सारा शब्दकोस भित्र पनि तिम्रो मेरो सम्बन्ध को अर्थ पाउन असमर्थ भए । आखिर अर्थबिहिन शब्दहरु बोकेर तिम्रो सामु कत्ती पनि लाज नमानेर आएको मा आँफै लाई सर्मिन्दा लागिरहेको छ शायद तिमीलाई पनि लाज लाग्ला त्यसैले एक पटक माफि चाहन्छु फेरी यिनै अर्थहिन शब्दहरु बाटै .....
थाहै नपाई आज छैठौ बर्षा हरु ले पनि क्यालेन्डरका पन्ना फेरिसकेछन तिमी र म दोबाटोमा छुट्टीएपछी पनि तर आजपनि उसै गरी एउटै प्रश्न मेरो मनभित्र उथुल् पुथुल् गर्छ "आखिर किन म तिमी लाई बिर्सन सक्दिन " ? कसैले भन्छन तेरो जिबनको कुनै अर्थ छैन शायद होला पनि किनकी न त मैले कसैलाई केही दिन सकेको छु न त म आफुलाई नै केही बनाएको को छु मात्र तिम्रो यादमा हराउनु बाहेक । आँखाँका डिलबाट सधैं उनै अनुभुती हरु चिप्लिरहन्छन जहाँ तिमी थियौ म थिय अनी सारा खुशी थियो । त्यती बेलाका पलहरु सम्झिदा आज आफ्नो जिबन एकदम मरुभुमी जस्तो लाग्छ जस्तो म यथार्थमा यो मरुभुमिमा बाँचिरहेको छु पुराना खुशीहरु सम्झिएर .......
यो माया भन्ने चिजै यस्तो रहेछ यता तान्यो उता खुम्चिने फेरी उता उकास्यो यता भत्किने, यस्तै भत्किने र खुम्चिने हुँदा हुँदै तिम्रो माया पनि एक दिन चिप्लियो जसको प्रतिफल तिमी रमाइरहेकी छयौ खुशी हरु सँगालेर र म छट्पटिरहेको छु तिनै कथाहरु कनी कुथी गरेर । मलाई अहिले पनि ताजै लाग्छ त्यो दिन जून दिन तिमीले मलाई भनेकी थियौ प्रदिप ! आखिर धनी मानिसले पनि भातै खाने हो र गरीबले पनि भातै खाने हो भने तिमी बेकार मा किन अर्काको देशमा जान्छौ ? फेरी आफ्नै देशमा केही गरे त भावी पूस्तालाइ पनि केही होला तिमी यही पनि त केही गर्न सक्छौ ! तर म मा त्यती बेला बिदेशिनी भुत चढिसकेको थियो भने साथी भाई ले बिदेशबाट फोन गर्दा मनमा रहर बाहेक अरु बिकल्प हरु सोच्ने ध्यान पनि भएन अनी तिमीलाई रुवाएर हिंडेको थिए । अजा औंला भाँच्दा थाहा भयो यसरी तिमीलाई छोडेर बिदेसिएको पनि १२औ बर्षा भैसकेछ ।देस छोड्दाको पिडा त भोग्ने लाई मात्रै थाहा हुन्छ यो अबधिमा के भयो भनेर लेख्न पनि मन लाग्दैन । जे होस् आज मलाई तिमीले भनेको साह्रै गढेको छ मेरो मन मुटुमा । हुन त यि बिगत तिम्रो सामु पल्टाएर कुनै अर्थ नै छैन जिन्दगीको अर्थ नभएको म यसमा अर्थ खोज्नु आँफैमा मुर्खता हुनसक्छ शायद यदी मिल्छ भने माफ गर मलाई मेरो भुल्न नसक्ने यो असमार्थ्यलाई ।
आज अप्रिल फर्स्ट अर्थात अप्रिल फुल जुन दिन मानिसहरु एकले अर्कालाई बेकुफ बनाउछन वा ढाट्छन् त्यसै दिन तिमीले पनि मेरो जिन्दगीलाई अप्रिल फुल मनाएर गएकी थियौ । अन्तत आज हाम्रो बिछोड भएको पनि सातौ बर्षा मा प्रबेश हुँदैछ । हरेक बर्षा जस्तै यो बर्षा मा पनि तिमीलाई पत्र मार्फत आगामी खुशीहरुको शुभकामना दिन चाहन्छु अन्यथा नलिनु , मलाई थाहा पनि छैन बिगतमा मेरा पत्र हरु तिम्रा सामु पुगे वा पुगेनन । यदी मेरा यि शब्दहरुले तिमीलाई अघात बनाएको भए म फेरी माफि चाहन्छु ।
अन्त्य मा तिम्रो जिबनको प्रगती को कामना गर्दै बिदा हुन्छु ।
उही तिम्रो एउटा अतित
प्रदिप
कतार बाट
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment