Thursday, April 9, 2009

प्रधान मन्त्री ज्युलाई प्रेम पत्र

सम्मानिय प्रधान मन्त्री ज्यु
हार्दिक अभिबादन

हामी आभारी छौ तपाईंको बुलन्द आबाज टेलिभिजन को माध्यम बाट सुन्न पाउदा यो मरुभुमिमा बसेर । एउटा राष्ट्र हाक्ने महान ब्यक्ती जसका म्रिदालु भाषाण सुन्न पाउदा हामी बिदेसिएका लाखौं नेपाली युबा हरुका मनभित्र एउटै प्रश्न खडा भएको छ " के अब नेपाल नयाँ नै भएको हो त ?" हुन त सत्ता भनेको भुक्ने कुकुर बस्ने घर रहेछ जहाँ जुन कुकुर बसे पनि भुक्ने मात्र, घर मालिक र घर को संरक्षण त केबल सपना मात्रै जस्तो यो ब्लगर का सपना हरु जस्तै .......

प्रधान मन्त्री ज्यु आज हामी एउटा नेपाली नागरिकको हैसियतले के भन्न चाहेका हौ भने नेपाली हरु थाकिसकेका छन यि लडाईं र मारपिट देखेर । हिजो तपाईंहरु जङल मा बस्दा हजरौ नेपाली छोराहरुले बगाएका रगतका टाटाहरु अझै नेपालीका मन मस्तिस्क बाट मेटिएका छैनन भने तपाईंहरु सत्ता मा पुगेपछी पनि नेपाली जनताले यो चाहेका छैनौ कि कहिले बुटवल बाट जुलुस निक्लेर नेपाल बन्द होस् कहिले नेपालीहरुका छोराहरु चितवन मा लडुन या त धादिङमा मरुन । हामीले ले त आशा गरेका छौ कि तपाइहरु सत्तामा बसेपछी सान्ती सु ब्यबस्थपन लाई नै प्रमुख महत्व दिनुहुनेछ तर बिडम्बना अहिले सम्मका गतिबिधी हेर्दा सान्ती को त आशा के गर्नु झनै हत्या हिस्सा बढीरहेका छन भने तपाईंका ससक्त अभिब्यक्ती हरु ले झन आगोमा घिउ थप्ने काम मात्रै गरेको पाईन्छ । यहाँलाई यो स्मरण गराउन चाहन्छौ कि नेपाली जनता का कानहरु धेरै थाकेका छन यि बकम्फुसे भाषाण हरु सुनेर । हिजोका दास ढुङ्गा देखी राज्दरबार काण्ड सम्मका भाषाणहरु सुन्दै आएका नेपाली जनताका आँखाहरुले कहिल्यै देख्न सकेनन भ्याकुर झै लखेटेको न त देखियो बाँदर झै उफ्रनेलाई रोकेको ।

आदरणिय प्रधान मन्त्री ज्यु
तपाईं सारा नेपाली जनताको प्रधान मन्त्री हो न कि एउटा सिमित आस्था बोकेको पार्टिको । यहाँलाई हामी मरुभुमी बाट यो स्मरण गराउन चाहन्छौ कि नेपाली जनता बिकास का गोरेटामा हिंड्न चाहन्छन । जुम्लेली हरु उन नुन र बाटो को आशा गरेका छन , कर्णाली मा अझै यातायात ब्याबस्थापना नभएको अवस्था छ( सायद् उदघाटन् पस्चात कुनै नेताहरु को आँखा पुगेको छैन ), सारा देश लोडसेडिङ बाट मुक्त हुन खोजिरहेको छ , काठमान्डौ अझै मेलाम्चिको पानी खान ब्यग्र प्रतिक्षामा छ ,तराइ सबै खाले हिंशा बाट टाढा हुन चाहन्छ भने हामी बिदेसिने नेपाली युबा हरु देश भित्रै रोजगारी चाहन्छौ यदी बिदेस आएपनी श्रममन्त्रालय र म्यानपावर कम्पनिले दिने दुई वटा स्विकृति पत्र बोकेर होइन कि काम र दाम को ग्यारेन्टी का साथ, यस्तो बिसम परिस्थिती बोकेको नेपालको बर्तमान अवस्थामा हामी तपाईंबाट टुडिखेल बाट (नजिकै वीर हस्पिटल बिरामी हरु भएको ठाउँ ) एक नेताले अर्का नेता लाई गाली गरेजस्तो गरेर नेपाली जनतालाई झुक्काउने खाल को नाटक बिल्कुलै फेरि मन्चन नहोस् भन्न चाहन्छौ ।
प्रधान मन्त्री महोदय
हामी नेपाली हौ बिसुद्द नेपाली भएर बाँच्न चाहन्छौ । नेपाली ले धेरै बोके बन्दुक र अझै बोकिरह्का छन पनि ।हिजो दसौ बर्षा जङल र ब्यरेक मा बोके बन्दुक, पुर्खौ देखी भारत र बेलायत मा बन्दुक बोकेका नेपालीहरु अहिले इराक र यू ए इ मा पनि बन्दुक बोकिरहेका छन के हजुरको ध्यान यता जान सक्ला ? अर्काको देशमा बन्दुक बोक्ने नेपाली नेपालकै सुस्तामा बोक्न चाहन्छन के सक्नु हुन्छ ? टुडिखेल मा भाषाण मार्फत सक्ती देखाउने प्रचन्ड किन फेरि गाडी चढेर गिरिजा लाई भेट्न गएको आखिर तपाईं पनि तिनै नेताहरुमा पर्नु भयो होइन! जसले नेपाल लाई चुसेका थिय र चुसिरहेका छन ।

अन्तमा प्रधान मन्त्री ज्यु लाई यो ब्लग मार्फत सम्पूर्ण प्रबासी नेपाली हरु को प्रतीनिधित्व गर्दै अनुरोध गर्दछु तपाईंका आँखामा सम्पूर्ण नेपाली एउटै देखिउन ।
जदौ !

2 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

really it’s admirable … I’m appreciated to read your editorial. yeah I found you are able to expressing our voice & ache by your blog, so that’s good. never impede your premise and creation.
Happy New Year 2006 with happy blogging – to Pradip ‘Shree’ ji. Thanks.

Anonymous said...

Hello everybody, here every one is sharing these experience,
so it's pleasant to read this blog, and I used to pay a visit this website all the time.
Visit my web-site GFI Norte