Monday, April 13, 2009

सपनाहरु


















जुन छोपेर हाँस्ने रहरहरु
घाम सँगै अस्ताइदिदा
साँझहरु झमक्कै पर्दै गए
तै पनि ताराहरु कल्पेर
एउटा जिन्दगी लेख्दैछु अक्षरहरुमा मैले
जवानीहरु पोख्दैछु सपनाहरुमा मैले .....
त्यसैले पनि ---
यिनै अक्षरहरु तलबार बनेर कहिले
आँफ्नै घाटिमा रेटिन खोज्दैछन आज
रेश्मी सलबारहरु हेरेर उंमंगहरु
जवानीका रेखाहरु मेटिन खोज्दैछन आज
तै पनि ............
आशा अझै पलाइरहेछ मनभरी
कतै तिमी फर्किन्छ्यौ कि ! यो सालमा (२०६६)
पक्कै तिमी झुल्किन्छ्यौ कि ! यो बर्षामा
हुन त ----
नदिजस्तै दुई धार बनेर बगेकी तिमी
यो मुटुभित्र छचल्किदै
कहिले आँखाको डिलबाट चिप्लिरहेकी हुन्छ्यौ
कहिले नशा नशामा ढड्किरहेकी हुन्छ्यौ
नखोजेको नै हैन तिमीलाई भुल्न
नखोजेको पनि होइन तिमीलाई बिर्सन
तर पनि ............
माछोले पानीको बैगुन देखेर
खडेरिको कल्पना गर्न नसके जस्तै
मैले सपनाहरु देख्न छोडेको छैन
सायद अब
यिनै सपनाहरुमा जिबन को अन्त्य देखिसकेको छु मैले
यिनै कल्पनाहरुमा मरेर बाँचेको छु मैले ..
बस ! असीमित अद्रिस्य पिडाहरु
लुकाउन खोजिरहेको छु मैले
मात्रा तिम्रो
चाहनामा .....
मात्र मेरो सपनाहरुमा
सपनाहरुमा .......

1 comment:

डीआर न्यौपाने'सूर्य' said...

तपाई लाई पनि नयाँ बर्षको मंगलमय शुभकामना । निरासाका खाडल हरुमा आसाका मिठा पालुवाहरुले भरिभराउ गराउदै जाओस नयाँ बर्षले ।