Friday, April 17, 2009

तिमी नै हौ

दिल दुखाउने धेरै हुन्छन हसाउँने त तिमी एउटै हौ
अभागि म जस्ताको लागि त तिमी देउतै हौ ......

उजाड यो जिन्दगीमा बसन्तको बहार ल्यायौ
रोएर नै हिंडेको थिय आफुसँगै मलाई हसायौ
कुन शब्दले बयान गरु शब्दकोशमै छैन त्यस्तो
कुन मोडमा पुग्ने होला जिबन होला कस्तो .....

आकाशको जुन टिपी हातमा दिने तिमी नै हौ
यो मनमा रंग भर्ने एउटा कलम तिमी नै हौ

छट्पटिदै बगरमा बाढि कुरी बसिरहेथे
मुटुभित्र खिल बनी आँफैलाई डसिरहेथे
स्वर्ग बाट झुक्किएर यतातिर झर्यौ तिमी
मैले यस्तै खोजेको थिए बल्ल फेला पर्यौ तिमी

भिरको बाटो लड्थे होला डोर्याउने नि तिमी नै हौ
अकालमै मर्थे होला बच्चाउने नि तिमी नै हौ .....

2 comments:

Sujan Sharma said...

कबिता पढ्दा रमाईलो लाग्यो ..

बेदनाथ पुलामी ( उमेश ) said...

yo pani raamro laagyo... Pradip ji.