Friday, April 24, 2009

गजल

जिन्दगी संगित भन्थे बजाउँन जानिन मैले
फुल जस्तै चटक्क मिलाएर सजाउँन जानिन मैले

हारेर बाँचिरहेछु एउटा जिन्दगी तिम्रै जितहरुमा
सर्माएर धेरै पलहरु यहाँ लजाउँन जानिन मैले

जुटाउने एउटै गोरेटो छुटाउने त धेरै चौबाटो
बिस्वासिला तिम्रा हातहरु समाउँन जानिन मैले

जता धेरै खुशी मिल्यो उतै मोड्यौ लक्ष्यहरु
पोखेर उज्यालो तिम्रा अधरहरु हँसाउन जानिन मैले

1 comment:

Unknown said...

दाजु हजुरको जिन्दगीका लेखहरु एकदमै मिठा छन !
यसरी नै हामीले सदै हजुरको लेखहरु पढ्न पाउ है !