Friday, April 24, 2009

तिमी र म









तिम्ले जित्न मात्रा चाहयौ -२
हारिदिए म , मुटु जल्दा सितलता दिन, भेटिएनौ तिमी
साँचिराखे पुरै जोबन, खाली अंगालोमा समेटिएनौ तिमी ।।

साक्षी जुनतारा नै थिए - २
धरापमा माया, पुरिए म, पटक्कै छेकिएनौ तिमी
जन्मिए हजार सबाल धकेलिए म, चेपिएनौ तिमी ।।

ढुङ्गाको भर माटो भन्थे - २
लुलिएका मेरा पाइला, साहरामा टेकिएनौ तिमी
प्रितको धारमा टुक्रनु टुक्रिए म, थोरै रेटिएनौ तिमी ।।

ईन्द्रणी रंग प्रेमको - २
लुटिदै रित्तिए सपना, संबेदनामा कहिल्यै देखिएनौ तिमी
सम्हाल्दै पखाले मन, हिर्दयबाट अझै फ्याकिएनौ तिमी ।।
............खाली अंगालोमा समेटिएनौ तिमी ।।

बिधा सापकोटा
कल्याणपुर ७,नुवाकोट
हाल : शंकरदेब कलेज,काठ्मान्डौ
contact : nirjala@gmail.com

5 comments:

प्रबिण थापा said...

बिधा सापकोटा जि! अती सुन्दर गीत लेख्दै गर्नुस् तपाईंको प्रगतिको कामना!साच्चै शब्द शब्द ले मन छोयो,अती राम्रो संयोजन छ। प्रदिप जि लाई पनि धन्यबाद छ यस्तो राम्रो गीत हामी सामु ल्याइदिनु भएकोमा।

Dipesh Thapa said...

sapkota ji

dherai ramro srijana cha tapaiko

malai sarahai ramro lagayo

aajhai ramro ramro rachana haru yo pradeep ji ko blog ma herna paayeos

yesto ramro chautari banayako ma pradip ji lai mero sadhubad cha

Dipesh Thapa said...
This comment has been removed by a blog administrator.
Unknown said...

मिठो छ बिधा सापकोटा जि!साथै प्रदिप जि लाई पनि धन्यबाद ।

डीआर न्यौपाने'सूर्य' said...

wow.. bidhya jee very nice compose.. thnx