Monday, March 23, 2009

बाहुनक्षेत्रीले किन आन्दोलन नगर्ने?

अहिले को परिस्थितीमा यो लेख साह्रै नि सहरानिय लागेको छ मलाई । एउटा सामान्य परिबेशमा पनि आन्दोलन गर्ने अनी आन्दोलन गरेजतिकैलाई राज्य ले बार्तमा बोलाएर केही न केही गरिदिने एउटा परिपाटि को स्रिजना भैसकेको छ नेपालमा । राज्यको सबै भन्दा धेरै अस्थित्व बोकेको बाहुन क्षेत्रि समुदाय अहिले सबै भन्दा पछाडी पारीरहेको यो बेलामा आफ्नो हक अधिकारको रक्षा को लागि अन्य समुदाय सरोबर यो समुदाय ले पनि माग उठाउनु जाएज मैले पनि माने को छु जसरी यमुना जि ले यो लेखमा मानिरहनु भएको छ साथै सम्पूर्ण क्षेत्रि बाहुन हरुलाई आफ्नो आवाज बुलन्द बनाउन पनि मेरो यो ब्लग मार्फत आहावान गर्दछु । प्रदीप


आरक्षण र सम्झौताको यस्तै प्रवृत्ति रहे बाहुनक्षेत्रीले पनि आन्दोलन गर्नुपर्ने दिन आउँछ।

यमुना अर्याल





नेपाली समाजमा लोकतन्त्र स्थापनापछिआन्दोलन गरेर अस्तित्व रक्षा गर्ने प्रतिस्पर्धा देखिँदैछ। जजसले आन्दोलन गरे तिनैले केही अंश अधिकार पाएका छन्। महिलाले आन्दोलन गरे, उनीहरूले ३३ प्रतिशत कोटा पाए। अहिले संविधानसभाका ६०१ प्रतिनिधिमध्ये १९७ महिला छन् जुन संख्यात्मक रुपमा एकतिहाइ हो। महिलाको माग पचास प्रतिशत थियो तर ३३ प्रतिशतमा चित्त बुझाउने काम भएको छ। संवैधानिक निकायमा पनि महिलालाई ३३ प्रतिशत आरक्षण दिइएको छ।
साँच्चिकै बाहुन–क्षेत्री समुदाय यतिवेला चेपुवामा परेको छ। सबैलाई भाग लगाएपछि, सबैलाई शान्त पारेपछि बल्ल बचेको अंश बाहुनक्षेत्रीको भागमा पर्छ। लोकतन्त्रमा सबैलाई आफ्ना कुरा धक फुकाएर राख्न पाउने स्वतन्त्रता छ। बाहुनक्षेत्रीसमुदायले मात्र अब किन आन्दोलन नगर्ने? महिलालाई पुरुष बनाउनुपर्‍यो भनी कसैले आन्दोलन गरे, सरकार त्यसमा पनि सहमत हुने स्थिति जो देखिन थालेको छ।
उता मदेसी , दलित, अपांगता भएका, उत्पीडित वर्ग आदिको नाममा आरक्षणको व्यवस्था छ। बादी महिलाले गत साल आन्दोलन गरे, प्रहरीका लाठी खाए, अन्ततः सरकारले बाध्य भएर उनीहरूको पक्षमा पनि केही सुविधा दिने निर्णय गर्‍यो। वादी महिला यौन व्यवसायको विकल्प खोजेका थिए। फुटपाथका व्यापारी हटाउने निर्णय अवज्ञा गर्दै उनीहरूले आन्दोलन गरे। अन्ततः केही हदसम्म तिनका मागको पनि सम्बोधन गरियो। होटेल तथा रेष्टुराँका रात्री व्यवसायमाथि सरकारको उच्च निगरानीको विरोध गर्दै उनीहरूले पनि आन्दोलन गरे। अहिले फेरि उत्तिकै रंगीन छ रात्री जीवन। राउटेले वनको निर्बाध उपभोग गर्न पाउनुपर्ने माग प्रधानमन्त्रीसँग गरे। उनीहरूको मागलाई पनि सम्बोधन गरियो।
द्वन्द्वकालमा सेनाप्रहरीबाट जागिर छोडेकाले पुनर्बहालीको माग गर्दै सडक तताए, सरकारले आवेग शान्त पार्ने निर्णय गर्‍यो। प्रहरीभित्रै पनि पीडित कर्मचारीले विद्रोह गर्दा जागिर खोसियो। उनीहरूले पुनर्वहालीको मागसहित आन्दोलन गरे, सरकारले सल्टाउने प्रयत्न गर्‍यो। केही दिनअघि मात्र आफूलाई मदेसी भनिएकामा थारुहरूले ठूलो आन्दोलन गरे जसले सरकारलाई नै आच्छुआच्छु पार्‍यो। दुई साता लामो बन्द, हडताल , पाँच आन्दोलनकारीको मृत्युपछि बाध्य भएर सरकारले उनीहरूको माग पूरा गर्‍यो। लगतै मुस्लिम समुदायले आन्दोलन घोषणा गरे। त्यसलाई पनि तत्काल वार्ता गरेर थामथुम गरियो।
आन्दोलन र चक्काजाम गरेकै भरमा माग पूरा हुने भए किन आन्दोलन नगर्ने? के हाम्रा माग छैनन्? यो गुनासो हो, बाहुनक्षेत्री समुदाय सामान्य युवाको। हरेक क्षेत्र समावेशी भएपछि बाहुनक्षेत्रीको हाल बेहाल छ आजभोलि। लोकसेवामा महिला, दलित, जनजाति, आदिवासी, मदेसी, उत्पीडित वर्ग र अन्त्यमा केही स्थान खुलाका लागि छुट्याइएको छ। त्यसमा जाँच दिन समावेशीमा परेका वर्गले पनि पाउने भएपछि हाम्रो अस्तित्व खै त? कहाँ जागिर खाने? सबैलाई भाग लगाएर शान्त पारेपछि कमसेकम ती दुई स्थानमा समावेशीको सहभागिता हुनेछैन भनिदिएको भए पनि केही सहुलियत हुन्थ्यो नि। कतै आवेदन दियो, महिला, दलित, आदिवासीलाई विशेष प्राथमिकता दिइने रे। अबको आन्दोलन बाहुन–क्षेत्रीले नगरे कसले गर्छ? बाहुनक्षेत्रीको पीडा सुन्ने कान छैन सरकारसँग। त्यसैले, आक्रोशित युवा भन्दैछन्, आन्दोलन नगरी भएन।
स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विष्णु शर्मा भन्छन्, ´हाम्रो त अस्तित्व नै मेटिँदैछ।। डिग्री पढेर के गर्नु? न महिला भइयो, न दलित। पुरुष त्यसमा पनि बाहुन!´ एक महिनाअघि मात्र एउटा गैरसरकारी संस्थामा कार्यक्रम अधिकृतको लागि आवेदन गरेका थम्मन पराजुलीलाई अर्न्तवार्ताका लागि बोलाइयो, तर योग्य भए पनि महिला नभएकै कारण उनी छनोटमा परेनन्।
साँच्चिकै बाहुन–क्षेत्री समुदाय यतिवेला चेपुवामा परेको छ। सबैलाई भाग लगाएपछि, सबैलाई शान्त पारेपछि बल्ल बचेको अंश बाहुनक्षेत्रीको भागमा पर्छ। लोकतन्त्रमा सबैलाई आफ्ना कुरा धक फुकाएर राख्न पाउने स्वतन्त्रता छ। बाहुनक्षेत्रीसमुदायले मात्र अब किन आन्दोलन नगर्ने? महिलालाई पुरुष बनाउनुपर्‍यो भनी कसैले आन्दोलन गरे, सरकार त्यसमा पनि सहमत हुने स्थिति जो देखिन थालेको छ। त्यसैले बाहुनक्षेत्रीले अस्तित्व रक्षाका लागि पनि आन्दोलन गर्नैपर्ने दिन आएको छ।
aryalyamuna44@gmail.com

साभर् दैनिकी डट कम

4 comments:

Anonymous said...

गलत निष्कर्ष ... बिद्वान र उभो लागेका भनेका बाहुन क्षेत्री ले नै आन्दोलन गर्न थाले भने अरुलाई रोक्न के बहाना बांकी रहन्छ र ? यस्तो मान्छे उचाल्ने र सद्भाव बिगार्ने लेख लेख्नु राम्रो होइन

डीआर न्यौपाने'सूर्य' said...

यमुना जी को लेखमा यथार्त पाए । मिलन जी बाहुन छेत्रीमा सबै बिद्वान र उभो लागेका मान्छे मात्र छैनन होला । वास्तवमा हालको सबैको लागी अंशबण्डा लाग्न लागेको यो देशमा सायद यै बर्गको मात्रै होला कतै नाम निशान नदेखिएको । कुरा आन्दोलनको मात्रै होइन । आन्दोलन् गर्न त सक्थे होलान यसरि आन्दोलनकै खेलले सबैको मागहरुलाई आगाडि सारेको बेलामा तर सहनशिल केहि हदसम्म बुद्विजीवि भएकै कारण समयले निम्त्याएको परिवेशलाई स्विकार्दैछन । मलाई लाग्छ सरकारले आन्दोलन नै गर्नुपर्ने स्थिति सृजना हुन् नदियोस कुनैपनि बर्ग वा जातजातिलाई आउदा दिनहरुमा ।

Anonymous said...

प्रस्तुत लेखमा समाबेश गरिएका तथ्य हरु सहिनै हुन् तर यसमा अर्ध सत्यता भने लुकाइएको छ। देशका सबै क्ष्येत्रमा हैकम चलाऊने धेरैजसो छेत्री बाहुन नै हुन् । यी शासक हरुले नै यी दलित र पिछडिएका हरुको शोषन र दमन भएको छ, तेसैले ती बर्गहरुले आफ्नो अधिकार सुनिश्चित गर्नको लागि आन्दोलन गर्नु परेका हुन, दु:खको कुरा त यो सरकारले सबैको चित्तबुझ्दो र माग अनी अधिकार सम्बोधन हुने शासन पद्धती समयएमै ल्याउन सकेन र जन्धन्को क्षेती भएपछिमात्र माग सम्बोधन गर्नेकाम भयो र यो परम्पर निरन्तर चलिरहेको छ । तेसैले यो माथिल्लो स्तरमा रहेका बाहुन छेत्री ले पनि आन्दोलन गरेर अधिकार अझै खोजियो भने, जातिय र बर्गिय लडाइ हुने सम्भावना प्रसस्त देखिन्छ । तेसैले दुर्दर्शी भएर, लेख लेख्ने अनी बिखन्डन होइन मिलाप को सन्देश सबैको सामु प्रचार गरेमा एक दिन नेपाल एक सु सम्पन्न र सर्बभौम स्वाभिमानी मनिसहरुको देश हुनेछ, होइन त??

Anonymous said...

प्रस्तुत लेखमा समाबेश गरिएका तथ्य हरु सहिनै हुन् तर यसमा अर्ध सत्यता भने लुकाइएको छ। देशका सबै क्ष्येत्रमा हैकम चलाऊने धेरैजसो छेत्री बाहुन नै हुन् । यी शासक हरुले नै यी दलित र पिछडिएका हरुको शोषन र दमन भएको छ, तेसैले ती बर्गहरुले आफ्नो अधिकार सुनिश्चित गर्नको लागि आन्दोलन गर्नु परेका हुन, दु:खको कुरा त यो सरकारले सबैको चित्तबुझ्दो र माग अनी अधिकार सम्बोधन हुने शासन पद्धती समयएमै ल्याउन सकेन र जन्धन्को क्षेती भएपछिमात्र माग सम्बोधन गर्नेकाम भयो र यो परम्पर निरन्तर चलिरहेको छ । तेसैले यो माथिल्लो स्तरमा रहेका बाहुन छेत्री ले पनि आन्दोलन गरेर अधिकार अझै खोजियो भने, जातिय र बर्गिय लडाइ हुने सम्भावना प्रसस्त देखिन्छ । तेसैले दुर्दर्शी भएर, लेख लेख्ने अनी बिखन्डन होइन मिलाप को सन्देश सबैको सामु प्रचार गरेमा एक दिन नेपाल एक सु सम्पन्न र सर्बभौम स्वाभिमानी मनिसहरुको देश हुनेछ, होइन त??