Thursday, March 26, 2009

म्याग्दीमा गुँरास महोत्सब २००९

फाइल /बिशेष






बिभिन्न महोत्सबले बिभिन्न किसिमका महत्व बोकेर राष्ट्रियताको पहिचान गरिरहेका हुन्छन । महोत्सब भन्ने बित्तिकै नाँच्ने गाउँने रमाइलो गर्ने भन्ने सुनिय पनि यस्का आ - आफ्नै बिशेषता हुन्छन । ठाउँ र परिबेश अनुसार बिभिन्न बिषय बस्तुमा आधारित भएर महोत्सब हरु आयोजना गरिएको हुन्छ । यसपाली म्याग्दी जिल्लाको टोड्के भन्ने अतिनै रमणिय ठाउमा लालिगुरास महोत्सब हुँदैछ । नाम सुन्दै अनुमान लगाउन सकिन्छ कि यो जिल्लामा प्रयाप्त मात्रमा लालिगुँरास लगायत अन्य बिभिन्न बनस्पती पाइन्छ । म्याग्दी एउटा रमणिय स्थल हो प्रयटक हरुका लागि आशा गरौ यो महोत्सबले सफलता हाँशिल गरोस । हामी बिदेसमा बसेर यसको कामना गर्दछौ । साथै सम्पूर्ण मानुभबहरु जसलाई सम्भब छ यो मेला मा भाग लिइदिनु हुन हार्दिक अपिल गर्दछु मेरो यो सानो ब्लग मार्फत ।

No comments: