Wednesday, March 4, 2009

के अब नेपालमा शान्ती नहुने नै हो त ???


गाँस बाँस कपासको समस्या त आफ्नै ठौँमा छ तर सबै भन्दा महत्व को बिषय भनेको नै आमनागरिक सान्ती सँगै बाँच्ने कुरा हो जो अहिले नेपालमा निकै सम्बेदनसिल बन्दै गएको छ । हरेक ठाउँमा हरेक जातिले गरेका संगठानिक गतिबिधी अनी आ - आफ्नै परिबेसका मागहरु राज्यले पुरा गर्न नसक्ने बर्तमान परिप्यक्षमा आम साधारण मनिसले दु:ख कस्ट भोग्नु परिरहेको यथार्थ लुकाएर लुक्ने कुरा होइना । आखिर संबिधान नै ठुलो कुरा होइनाकी जस्तो लाग्छ हामी साधारण अनुभब गर्दा पनि किनकी हिजो पनि एकले अर्कालाई मुर्दाबाद्को नारा लगाएर हिंड्ने नेताहरुलाई आजा पनि मुर्दाबाद्ले छोडेको देखिएको छैन भने किन आफ्नै घर आँगन,बाटो घाटो बनाउन यिनिहरुलाई संबिधान ले रोकेको होला खै !!
फेरी संबिधान लेखिए पनि यावत आधारभुत समस्या त्यतिकै निमिट्यान त नहोलानै र गर्ने भनेको त मानिसले नै हो । अहिले संबिधान नै काम गर्नलाई बाधक हैन जस्तो कि दिनहु आन्दोलन गर्नलाई के कतै रोक तोक छैन । जस्तो न त यहाँ आगो सल्काउनेलाई छ न त बन्दुक तेर्साउने लाई नै ........

अब संबिधान लेखिएला, लेख्नलाई नै त ६,७ सय जनालाई राज्यको ढुकुटी बाँड्न परिरहेको छ तर साधारण नेपाली जनता आसाबादी भएर झन्डाको पछी लागेर झण्डाको छाँयामा आफ्नो अनुहार कालो बनाउँनु त्यती उपयुक्त नहोलाकी किनकी आजपनी पजेरो चढ्ने हिजो साइकल नदेखेका हरु नै हुन जसरी हिजो साइकल देख्ने हरुले ठुला ठुला बिमान निलेका थिए र यो मार नेपाली जनताले कहिले सम्मा खप्नु पर्ने हो भनिदिने शायद अहिले सम्मा कुनै जोगी पशुपती तिर आएको छैन र त होला पशुपती तिर अगरबत्ती बाल्ने हरु टायर् बाल्न थालिसके का छन । त्यसैले म एउटा सपना बोकेको मान्छे जस्तै हाम्री नेपाल आमाले बोकेकी छन यो निबेदन गर्छु कि सक्नु हुन्छ भने आन्दोलन नगरनु होस् जसले गर्दा सत्ताधारी हरुको सत्ता जोगाउन कयौ नेपाली सपुतहरु बिना अर्थको सहिद् हुनु परेको छ ।

















हामी एकै जाती हौ नेपाली र हाम्रो यही जाती मै विश्वालाई चिनाउन प्रसस्त मार्जिन छ भने किन ब्यर्थमा पहाडी , मधेसी , चेपाङ , थरुहत ।
यदी अधिकार को लागि नै लड्ने हो भने सडक, कालेज अनी मन्दिर लाई हतियार नबनाउनु नै राम्रो हैन र यदी चेतना भया .......

प्रदिप
सपनाहरु मा

No comments: