Thursday, March 12, 2009

तिमी गए क्षितिजपारी .........












तिमी गए क्षितिजपारी फोटो हेद्रै बस्ने होला ...
फोटो भरी आँखाबाट आशुँ मेरो खस्ने होला ....
तिमी गए क्षितिजपारी .........

सँगै हुँदा साथमा तिमी सिंगो संसार मेरै हो कि !
लाग्छ मनमा सधैंभरी छैनन अरु म झै शुखी !
माया मेरो भुल्ने हौ कि ! डरै मात्र लाग्छ
निन्द्रा पनि साथी छैन आधा रातमै भाग्छ

नदेख्दा यि आँखाले पिरमा मुटु डस्ने होला .....
फोटो भरी आँखाबाट आशुँ मेरो खस्ने होला .....

छुट्दा खेरी मिठो साथ त्यो मन पनि रुन्छ होला !
मेरो जस्तै हजुरको छाती पनि दुख्छ होला !
बिरह लागे मनभित्र सम्झिदिनु मेरो माया
नबिर्सनु गाउँघरको शितल दिने बरको छाँया

तिमी गए क्षितिजपारी फोटो हेद्रै बस्ने होला ...
फोटो भरी आँखाबाट आशुँ मेरो खस्ने होला ....
तिमी गए क्षितिजपारी .........

सुशिला तमाङ
धुन्चे रसुवा
हाल : काठमाडौं

No comments: