Wednesday, March 18, 2009

गजल




















तिमी सधैं हाँस्दा खेरी रुनु पर्‍यो मलाई
मनका घाऊ आँशुले नै धुनु पर्‍यो मलाई ।

जिन्दगीका पुलहरु संगै तरौ भन्ने गर्थ्यौ
पुग्यौ तिमी पारी पट्टी वारी हुनु पर्‍यो मलाई ।

फुल टिपी देउरालीमा चढाएको भूल्यौ पनि ..
झुट्टो कसम तिम्ले गर्दा आगो छुनु पर्‍यो मलाई ।

पोखेर तिम्रा यादहरु रोएर मेरा रातहरु
जिन्दगीलाई प्याला भित्रै थुन्नु पर्‍यो मलाई ।

प्रदिप
रचना काल 10.02.2006 Jeddahaa
saudi Arebia

No comments: