Sunday, March 15, 2009

गीत

यस्तै नै भयो अब दुखियाको जिबन
आँखा बाट आँशु झार्दै रोइरहेछ यो मन
रोइरहेछ यो मन......
बरै ! दुखियाको जिबन....

न त घाम लाग्छ कहिल्यै न त जुन नै लाग्छ
सधैं भरी मेरो जिबन उज्यालोमै रात पर्छ
भोग्नु पर्ने हुँदोरैछ कर्मले जे लेखिदिन्छ
भित्री मन रुँदाखेरी बाहिर कसले देखिदिन्छ
यस्तै नै भयो .................
आँखा बाट आँशु ................

निस्ठुरी त हाँस्दै होलिन अंगालोमा पराइ सँग
आफ्नो ब्यथा मुटुभरी पोखुँ मैले को सँग
परेलिमा बिझिरहने तिम्रो माया गाढा भयो
सधैंभरी साथ दिने बाँचाकसम टाढा गयो


यस्तै नै भयो अब दुखियाको जिबन
आँखा बाट आँशु झार्दै रोइरहेछ यो मन
रोइरहेछ यो मन......
बरै ! दुखियाको जिबन....

प्रदिप
कतार बाट

2 comments:

Rasmin Rai said...

Hi friend !
i like your site style and song too.
But don't worry about life and way.

Unknown said...

hi friend ur things i like this songs. maile pani euta blogspot kholeko thiyan tara tapain ko jasto style dina sakina k yasko kunai idea cha?