Sunday, March 1, 2009

बुढी आमा गाउँघरको मेलामा छोरो लाहुरे अर्काको देशामा


यो तस्बिर मेरै गाउँकी हजुर आमाको हो । हेर्नुस् त बुढेसकालमा मजाले बसेर खाने बेलामा यो उनको मेहनत खेती प्रतिको । यो सबै प्याजका बेर्ना हरु हुन र अहिले प्याज रोप्ने सिजन चलेको छ । यि बुढी आमाले जस्तै हामीले पनि कृषि बाट मनग्य फाईदा कमाउन सकिन्छ यदी मेहनत गर्यौ भने तर हामी ठुलो भाग खोज्दै बिदेस पलाएन भएका हरु यिनै बुढी आमाले जती पनि कमाउन सकेका छैनौ । शायद नेपालमा बसेर यिनै हजुर आमा सँग काम गर्ने हो भने पनि यहाँ पसिना बगाएर तातो बालुवा मा ज्यान सुकाएजती जोहो गर्न सकिने रहेछ तर हाम्रो देशमै मेहनत गर्ने बुद्दी अहिलेसम्मा पनि आएको छैन हेर्नुस् त तल हामीले यसरी काम गर्दा पनि ।



जती बेला हामीलाई दु:ख हुन्छ त्यती बेला मनमा त घर फर्केर गाउँकै बाँजो बारी खनजोत गरु जस्तो लाग्छ तर गाउँलेहरुले नोमिनेट गर्ने लाहुरे उपनाम ले चिनिन पनि त चाहन्छौ । बाध्त्यता त सबैमा हुन्छ चाहे त्यो देश भित्र बसोस चाहे प्रदेशमा तर बाध्त्यतालाई आत्मसाथ गर्ने तरिका र समयमा पनि भर पर्दो रहेछ ।बिदेस मा जती मरिमेटे पनि घर गएको एकहप्ता पछी फेरी रिन खोज्नु पर्ने हामी तोरी लाहुरेहरुले अब देशमै काम गर्ने बानी बसाल्न पाए के नयाँ नेपाल नबन्ला र ? जे होस् भलो होस् हामी तोरी लाहुरेहरुको देशा काम गर्न लाज मान्ने तर बिदेशा जे पनि गर्ने ......

2 comments:

Basanta said...

Very inspirational post!

You have a great blog. Keep up the good work.

Trekking in nepal said...

very very interesting. thanks for sharing