Friday, January 30, 2009
माया को मोल नबुझ्ने
शायद तीमी नै मेरो जिन्दगी हौ भनेर
छोडेर गएउ आज मलाई
सस्तो माया लाउने भनेर
मेरो माया सस्तो होइन
माया को ओईरो लाउनु मेरो भूल भयो
आखिर तिमी मेरै थिएउ भने
माया मा कन्जुसियाई गर्नु किन पर्यो ?
दिल खोलेर माया दिएँ
मन खोलेर माया लाएँ
सुख सबै पाखा लागाइ
हाँसि हाँसि दु:ख अङ्गाले
तर बैमानी रैछौ तिमी त
माया को मोल नबुझ्ने
मेरो चोखो माया लाई
सस्तो बचन् लगाउने
From Sima's Blog
Tuesday, January 27, 2009
मुटुको आवाज
गणेश थापा "दिपक "
बिराटनगर नेपाल
हाल : कतार
आज यो मुटु को आवाज
सुनिन्छ नेपाल को एक कुनामा
अब तड्पी मन का बेदाना
बस्न खोज्छ एकांत मन मा
बीते अतित आफ्नो पाठशाला मा
उर्ली आई बसे कौसिमा
बिर्सी जान्थे अँधेरी रात मा
संग्लो जीवन कालो पानी परी
हासी खुसी छोड़ी मन कट्टक कटी
सानो आस मा मायालु छाडी
बीते दिन बिछतै आशु झारी
के दुख सुख अंगार बन्छ
बोट थुप्रै डालर खेती लाग्छ
फूल को रस नुनिलो पानी रसिंछ
ठाकर नसा र्याल बनी बर्सिंछ
के हुनु थियो बिबसता को धुरी
तर्दै आय संयौ समुन्द्र पारी
थाप्लोमा हात राखी मुटु वारी
सपनी मा भनी हजूर आऊ फल हानी हानी """|
Monday, January 26, 2009
शक्तिको होडबाजी नै रास्ट्रको प्रमुख समस्या
बिदेशमा भएपनी संचार माध्यम को शाहयताले मेरा कान पनि पवित्र हुने मौका पाए । जे होस् अहिले को परिबेशमा त्यत्तिको भाबुक हुन सकेका नै हुन हाम्रा प्रधानमन्त्री तर वास्तवमा यथार्थ अर्कै छ नेपाली जनताले दैनिक भोग्दै आएका समस्या के हुन त अथवा नेपाली जनताले वास्तवमा
के चाहेका छन त भन्ने बिषय नै अहिले को मुल्भुत सबैको चिन्तन हुनुपर्ने देखिन्छ । उन्ले भने १ करोड्को घरमा बसेर ६० लाखको गाडी चढ्ने ले घर अगाडिको खाल्टो पुर्दैनन यो वास्तवमा एउटा उहाको साहित्यिक कथित मात्रै हो । उहाँलाई शायद थाहा हुनुपर्ने हो नेपाली जनताले गाडी चढे पनि घर बनाएपनि कर त सरकारलाई तिरेका छन नि के त्यो कर जनताको घरअगाडिको बाटो बनाउनको लागि हैन ? कहाँ जान्छ त जनताको कर ? साँच्चिकै चिन्तनिय प्रश्न उठेको छ हाम्रो मनमा । जनताले तिर्ने कर सबै नेताहरुको भत्ता मा मात्रै सकिन्छ भने लाज नमानेर भने हुन्छ जनताको अगाडि प्रधानमन्त्री ज्यु ।
अलिकती भएपनी तपाईंलाई महसुस भएछ सत्तामा भएका पार्टिहरुका भार्ति संगठन ले देशमा शक्ती पर्दसन गरेका छन यस्लाई रोक्नुपर्छ तर रोक्ने कस्ले ? भाषण त सबैले गरेको छन नि तर कसले कार्यवयन गर्ने ? के माओवादी तयार छन जनताको अगाडि आफ्ना शक्तिको रबाफ रोक्न ? यहाँ नेर मैले माओवादी लाई मात्रै दोस देखाउन खोजेको होइन सबै पार्टिका सबै उस्तै छन तर यो मामिला मा तपाईंहरु अल्ली अगाडि हुनुहुन्छ प्रधानमन्त्री ज्यु । के तपाईंमा शाहश छ तपाईंका कार्यकर्ताले गल्ती गरेको बेला समाएर जनताको अगाडि कारबाही गर्ने नत्र खुल्ला मन्चमा जती कड्किए पनि नेपाली जनतालाई आँखामा छारो हाल्ने बाहेक अरु केही उपलब्धी नहोला तपाईंको भन्न सकिन्छ होला ? जहाँ सम्मा गाउ गाउँ मा प्रसुती केन्द्र, छुवाछुत सुचना केन्द्र को कुरा छ केही सकरात्मक भएपनी अन्तत प्रश्न त्यही गएर रोकिन्छ कार्यन्वयन गर्ने कसले ? मिडिया सम्बन्धी तपाईंको धारणा खुलेर नआएपनी तपाईंले भन्न खोजेको कुर स्पस्ट छ सकभर कलम हरु रोकिउन गल्ती गर्ने हरु को बारेमा लेख्न लाई किनकी खुलेर लेख्ने हरुको सुरक्षा सरकारले गर्न सक्दैन न त गल्ती गर्नेहरु लाई नै कानुनको दायरामा ल्याउन सक्छ अहिले को सरकारले । शायद त्यही भएर होला तपाईंले पनि सक्ती देखाएर सत्ता कब्जा गर्ने अभिलाषा राख्नु भएको होला । जे भए पनि आगामी सफलताको कामना यो प्रदिपको लाखौं बिदेसिएका युबाहरुको धड्कन हरु सँगै ।
Sunday, January 25, 2009
के प्यलेस्टैनी हरु आतंककारी नै हुन त ?
मैले अल जजिरा च्यानल हेरिरहेको थिए बमको धुँवाले ढपक्कै ढाक्यो मर्नेहरु सबै बालबच्चाहरु अनी बुढाबुढिहरु मात्रै देखिन्थे । मैले मनलाई सम्हाल्न सकिन अनी च्यानल बन्द गरेर मेरी एक प्यलेस्टैनी साथीलाई मेल गरे । उनको मेल पढेपछी मेरो मनमा प्रश्नहरु जेलिन थाले के मर्ने जती सबै आतंककारी हुन ? मर्ने अधिकांस बाल्बच्चा अनी बुढाबुढी हरु छन के यिनिहरुको गल्ती भनेकै प्यालेस्टैनी नागरीक हुनु हो ?
यहाँ मेरी साथीले उपलब्ध गराएका केही दर्दानक तस्बिर हरु हेर्नुहोस् तल । हेर्नुहोस् कसरी इज्राएलले आफ्नो रबाफ देखाएको छ प्यालेस्टैनमा आगो सल्काएर ? के यो नै इज्राएल्को बहादुरी हो ? के यो नै उसको असाहय माथिको बिजय हो ?यतिबेला कहाँ छ अन्तराष्ट्रिय कानुन अनी यू एन ?
कृपया मन लागेको प्रतिकृया पठाएर बहस गरु है त .....
Friday, January 23, 2009
माया
कस्को आँखा लागे कुन्नी निस्छल हाम्रो माया माथि
दुनियाँले कुरा काट्दा मुटु दुख्छ फुटेसरी
जती भुल्यो उती बढ्ने नशै रैछ माया पनि
माया मार्यौ बैगुनिले मन भयो खल्लो बरै !
Wednesday, January 21, 2009
तिमीलाई
राँख बनाउ बरु म जल्न
सकु सस्तो बनाइदेउ बरु म बिक्न सकु
तर,
बजारमा नै नबिक्ने
जल्न खोज्दा नजल्ने नबनाउ
गोली हानी मरिदेउ बरु
घाइते नबनाइदेउ .......
ह्वार बली डढोस्
बरु पानी नखनाइदेउ
तर,
बल्न खोज्दा नबल्ने
मर्न खोज्दा नमर्ने नबनाइदेउ
पिडाले मदहोस्
छटपटिले बेहोस् छु
पारी तर्नु छ मलाई
सक्छौ यदी तिमी सक्छौ नै भने
तारिदिने माध्यम बन
ताकी तरिदिने नाँउ उपनाम दिउं तिमीलाई ।
स्रिजना सिरु
काठमाडौं
Tuesday, January 20, 2009
मेरो म्याग्दी को महोत्सब
महोत्सब मा रामाउने हरु नेटवर्क मा आफ्नै जिल्लाको रमाइलो देख्दा उडेरा जाऊ झै
Sunday, January 18, 2009
खै ! कस्तो माया लायौ
आँखा बाट आशु झरे बिरहको कथा लेख्थे
पुरानो भो मेरो माया ठिकै छ नि नयाँ खोज्यौ
Saturday, January 17, 2009
Monday, January 12, 2009
किन मार्छन् मान्छे ले मान्छे हरु
Sunday, January 11, 2009
मेरी यशु तिमीलाई
यात्रा अनगिन्ती हुँदारहेछन मान्छेको जीवनमा। कतिपय क्षण हरु ओठमा लाली बोकेर सुखद अनुभुती दिने भने कयौ पलहरु सम्झनामा तरङिएर परेलिका डिलबाट चिप्लिरहने । हो ! यशु तिम्रो मेरो यात्राका अधुरा कथाहरु पनि अझै गन्तब्यबिहिन भएर हिडिरहेका छन । शायद तिमीलाई जिन्दगी जित्ने ठुलो रहरहरुले अझै अटल बनेर तिम्रो इच्छाहरुको गती तिब्र पारेको होला यता मलाई पनि तिमीसँग रमाउने सपनाहरुले द्रबिभुत बनाएको छ । कल्पिन्छु हरेक पल तिम्रा लागि आँखामा उनै अतितहरु बोकेरा जहाँ हाम्रो बाल्यकाल बित्यो अनी स्कुले जीवन अहिले भौतिक रूपमा टाढा भएपनी मेरो मन सधैं तिम्रो अघिपछी घुमिरहेको छ तर दु:खको कुरा तिमी न यसलाई मान्न तयार छ्यौ न मेरो प्रेमलाई नै स्विकार्ना । हुन त गल्ती मेरै हो यशु मनभित्र अंकुरिएका प्रेमका गुच्छाहरु कुनै दिन तिम्रो आचलमा पोख्न सकिन फेरी कोशीस नगरेको पनि हैन धेरैपल्ट तर डर लाग्थ्यो कतै तिमी म देखी धेरै टाढा हुन्छ्यौकी भन्ने । किनकी म तिमीलाई टाढा भएको देख्न सक्दिनथे यशु त्यसैले पनि मैले मेरा मनभित्रका इच्छाहरु बाधेर राखेको थिए अनी यिनै बाधेर राखेका सपनाहरु फुकाउनको लागि उचित समयको सधैं प्रतिक्षा गरे र गरिरहेको पनि छु...........
आखिर यो माया भनेको पनि अचम्मको हुदो रहेछ जती टाढा भयो उती यादहरु बढेर आउदोरहेछ यशु ! भन्छन नपाउने चिजको झन धेरै माया हुन्छ रे शायद त्यही भएर पो हो कि आज भोली त न रातमा निद आउछ खाली तिम्रै मात्र झझल्को आँखामा नाचिरहन्छ । मलाई याद छ त्यो दिन जूनदिन तिमी र म कमला फाँटमा बाख्रा चराउन गएका थियौ अनी तिमीले सोधेकी थियौ गणेश ! तिम्री गर्ल फ्रेन्ड कस्ती छे नि भनेर । त्यती बेला मैले तिमी जस्तै छे भनेर भनेको थिय अनी तिमीले हो र मात्रै भन्यौ । हाम्रा कुरा त्यती मै सिमित भए मैले धेरै चोटि कोशीस गरिरहे तर केही न केही । मैले भने तिमीलाई यो मनमन्दिरमा देवी बनाएर सजाउदै गए आखिर आज समयले हामीलाई टाढा बनाएको छ । सात्समुन्द्र वारी बसेर तिम्रो यादमा रमाउदै अनी तिम्रो सफलताको कामना गर्दै बस मेरा सपनाहरु बोकेर यही सपनाहरुमा डुल्दै छु मात्र तिम्रो प्रतिक्षा मा मेरी यशुधा ..............
उही तिम्रो जीबनमा आउन खोज्ने
गणेश भुशाल
कतार बाट
Saturday, January 10, 2009
बर्ष को ठुलो चन्द्रमा
Thursday, January 8, 2009
आमा
प्रत्येक साँझ जब खस्दछ धर्तीमा अन्धकार
मानौं म नाबालक शिशु
आमाको काख खोज्दछु
जब आउँदछ जीवनमा हुरी बतास
मानौं म बाटो हराएको बटुवा
आमाको हात खोज्दछु
जतिजति ढल्किदै जाँदो रहेछ उमेर
उतिउति छाउँदो रहेछ आमाको अभाव
उतिउति आउँदो रहेछ आमाको याद ।
सपनाहरूको विसंगत समीकरण बन्यो यो जिन्दगी
सबैभन्दा पहिले मैले देखें सपना आफ्नै लागि
देखें सपना त्यसपछि प्रियसी र नानीहरूका लागि
उपभोक्तावादको कोर्रा ठहरै पर्दै
मैले सपना देखें
‘क्यारियर’ र ‘फ्युचर’का लागि ।
दौडेर लामो दौड जब थाक्छु म
र पहिरोजस्तो आफ्नै जिन्दगीलाई हेर्छु पश्चातापको आगोमा ह्वारह्वारती जल्छ मेरो मन
कि मैले मेरी आमाको मुहार हँसाउने सपना
देख्न सकेनछु समयमा
जुन सपना हुनुपथ्र्यो
मेरा सपनाहरूको अग्रपंक्तिमा
छुटाएछु मैले त्यही सपना
बाँकी सबै सपनाहरूले बनाएका छन् चक्रव्युह
जसभित्र कैदी छु म
किनभने मैले देखिनँ
आमाको मुहार हँसाउने सपना ।
जब पानी पर्छ र रुझ्छु म झरीले
वा जब पोल्छ मलाई मरुभूमिमा घामले
म आमाको पछ्यौरी सम्झन्छु
जब लाग्छ मलाई भोक
वा हुन्छु थकाईले लखतरान
म आमाको काख सम्झन्छु
जब जमराको आशिष र सयपत्रीको सुगन्ध लिएर
बहन्छ हावा यो पापी ठाउँमा पनि
म आमाको मुहार सम्झन्छु
अहिले टाढा भएर आमाबाट
जब सोच्छु जिन्दगीको ‘फिजिक्स’
स्वर्ग भन्नु आमाको काख रहेछ
यो अनुभूति नै जीवनमा लाख रहेछ ।
सम्हाल्दा सम्हाल्दै
महासागरमा दिशा हराइरहेको जहाजजस्तो यो जिन्दगी
पाइला पाइला विलखबन्दमा परिरहेछु
जतिजति ढल्दै गइरहेछ उमेर
उतिउति म आमालाई ‘मिस’ गरिरहेछु ।
जतिजति बूढो रुखजस्तो हुँदै गइरहेछ यो जिन्दगी
उतिउति म आफ्ना आँखाअघि देखिरहेछु
डाँडामाथिको घामजस्ती आमालाई,
डा“डामा अस्ताउँदै गरेको घाम
र डाँडासम्मै देखिने गोरेटो हेर्दै
आँगनको डिलमा उभिइरहेकी अटल,
आँखामा मातृत्वको महासागर लिएर
पलप्रतिपल
टलपल टलपल ।
साभार ऑनलाइन नेपाली साहित्य
Tuesday, January 6, 2009
जिंदगी
Friday, January 2, 2009
शुभकामना तिमीलाई
मिती २०६५ - ४ -१३
कहाँ बाट सुरु गरु अनी सम्बोधन नै के गरु र कसलाई सुनाउ मेरो मन्को बह किनकी सुनिदिने यहाँ कोही छैन झन बुझिदिने को त कुरै नगरौ । म भित्र को म पनि किन हो आजभोलि म बाट टाढा भए जस्तो लाग्छ । सक्तिन पहिलाको जस्तो दु:ख सुख बाड्न अनी लाग्छ के यही हो त माया ?अज जिबनले कोल्टे फेरेको छ मतलब मेरो माया टाढिएको छ । हिजोको मेरो शुख र आज तिमीले दिएको पिडा सम्झदा नै अचम्म लाग्छ , त्यसैले होल आजभोलि कोही सँग बोल्न , हास्न र हिडडुल गर्न मन लाग्दैन , र आफ्नो दु:ख सुख यही आफ्नो चार दिवारभित्र बाड्छु । दु:ख पोख्ने एउटा बाटो पाएको छू त्यो हो यो खाली पन्ना तर कसरी लेखु मन्को बह यो छोटो कागजमा त्यै पनि कोशीस गर्दै जान्छु ।
नयाँ मान्छे सँगको परिचय आज झनै नौलो लाग्छ र भएको सँग बोल्न पनि नपरे हुन्थ्यो हुन्छ ,किनकी जीवनभर साया बनेर म तिम्रो साथ दिन्छु भन्नेको साचो माया आज देख्दै छू । आज जीबन्ले जता डोरयाउछ त्यतै तिर जादैछु, चाहे त्यो सुख होस् या त दु:ख नै किन नहोस् । भन्छन सबै कती ब्यस्त छौ है तिमी ? खाली काम काम के भयो तिमीलाई ? किन भन्दैनौ ? के हामी तिम्रो साथी होइनौ र ? यसरी प्रश्न माथि प्रश्न थप्पिरहन्छ म माथि तर म निउत्तर छू किनकी मेरो वास्तविकता त्यो मलाई मात्र थाहा छ बस मलाई मात्रा .........
कहिले काही त त्यो तिम्रो प्रर्तेक तस्बिरलाई खोजु जस्तो लाग्छ तर म असमर्थ हुन्छु कोही नयाँ दुनियाँको नयाँ रङमा खुशी भएको देख्छु त कोही सबै कुर पाएर पनि चुपलागेर बसेको देख्छु अनी त्यो देख्दा त केही नपाएर पनि पाएको जस्तो म नै खुशी छू जस्तो लाग्छ ।
आखिर मायाको वास्तविकता नै एही रहेछ कती सम्बन्ध जोडीनु भन्दा पहिला नै टुटेर जान्छ त कती जोडीएर पनि अनायासै टाढा हुन्छ । भाग्यमा के लेखेको हुन्छ त्यो कसैलाई पनि थाहा हुँदैन त्यसैले तिमी मान या नमान आजको यो एक्काइसौ सतब्दिमा पनि म आफ्नो भाग्यमा विश्वाश गर्छु । भन्थ्यौ तिमी साचो माया एकदम प्यारो हुन्छ तर आजा के यो साचो कुरा हो ? भनी तिमीलाई नै प्रश्न गर्न मन लाग्छ ।
तिमी आएर सोधिदिए हुन्थ्यो जस्तो लाग्छ के भयो तिमीलाई भनी तर पाउन सक्तिन । ब्यस्तताले भनु या नचाहेको त्यो पनि म एकिनका साथ भन्न सक्तिन किनकी माया लगाउन एक पल पनि कमी हुँदैन त्यो मलाई थाहा छ तर म जहा भयपनी मसँग तिम्रो सम्झना रहिरहनेछ र तिमीलाई हिजोको जती नै आज पनि माया गरेकी छु र भोली पनि गरिरहने छु तर यि सबै कुर भनु कि नभनु हुन्छ किनकी सुन्नको लागि यो दुनियाँ नै अगाडि पर्छन तर मनको बह मन मा नै झन गडेर बसिदिन्छ किनकी चित्त बुझाउने एउटै बाटो मेरो साथमा छ त्यो हो तिम्रो सम्झना ।
तिमी सँग भेटेर लग्थ्यो मैले हराएको बहुमुल्य चिज पाएको छु त्यसैले हिजो तिमीलाई पाएर मन खुशी थियो भने आज नपाउदा पनि । अब केही आशा राख्दिन तिमी सँग बस एक साथ रमाइलो जीवन बिताउ भन्छु के तिमी मन्जुर छौ ???
हुन त परिवर्तन तिम्रो मनलाई कसरी भनु मेरो मनको कुरा किनकी तिमी बुझेर र पनि अबुझ बनिदिन्छौ तर आज पनि त्यतिनै माया गर्छु तिमीलाई जसरी माछाले पानीलाई अनी पुतलिले दीपशिखलाई । जती जती सोच्छु त्यती नै तिम्रो माया ले सताउछ र अतितका यादहरुलाई फर्केर हेर्दा दुक्छ यो मन किनकी मेरो जीवनको कल्पना पनि गर्न सक्दिन तिमी बिना त यती माया गर्छु तिमीलाई यती कि उफ ! कसरी भनु तिमीलाई , मार्फत ..........लाग्थ्यो तिमी मेरो लागि नै यो संसारमा आएको हौ तर सकिन तिमीलाई आफ्नो बनाउन । बोलाउन सकिन त्यो तिम्रो खुशी देखी किनकी डर लाग्यो कतै तिम्रो खुशी दु:खमा पो परिवर्तन हुने हो कि ? म भुल्न सक्दिन किनकी मैले त रात दिन हाम्रो सपना साकार पार्न लागि परेकी थिए त्यसैले आज पनि ताजा नै छन तिमिसँग बिताएका पल्हरु के तिमीले भुल्यौ र ?
अतित नै मिठो लाग्छ मलाई किनहो किन त्यसैले होला तिम्रो अनुपास्थितिमा पनि जिउन सक्छु किनकी मलाई क्षणइक रमाझम चहिदैन । तिम्रो माया ले यो रङ देख्ला र मेरो माया खोलको दुई किनारा बन्ला कल्पना पनि गरेको थीना , खैर छाडिदेउ यस्ता मेरा गुनाशा गल्ती मेरो नै हो तिमी जस्तो निस्ठुरि लाई आफ्नो भन्नु र बनाउनु , त्यसैले अब तिमीलाई कुनै रोक तोक छैन जिउ जिन्दगी रमेर यो संसार तिम्रै हो ।
तिमीलाई मैले चाहे मनदेखी किनकी म अन्जान थिय के यही मेरो गक्ती हो त ? आज तिम्रो सम्झना कहिल्यै नटुट्ने गरी बसेको छ मेरो मनमा, तर पिर नगर मेर यि आशु र टुटेका मनले सधैं तिम्रो भलो चाहिरहेको हुनेछ त्यसैले सक्छौ भने आफ्नो माया लाई स्मृतिका पन्नामा सजाइराख होइन भने एउटा मिठो सपना देखे जसरी भुलिदेउ । केही लगेकी छैन तिम्रो बस तिमीले दिएको आशुको उपहार लिएर जादैछु तिमी बाट टाढा ......................
अन्त्यमा , मैले भन्दा बढी माया गर्ने मान्छेको साथ पाउन सफल होउ र मेरो लागि कहिल्यै नबदलिदियोस तिम्रो मन किनकी मेरो जस्तो मन अरुको नहोला । तिम्रो जिबनमा सधैंभरी बसन्त को बहार छाओस , ग्रिस्मा को कथाङ्ग्रिदो तुसारपात सहन् नपरोस यही छ तिमीलाई शुभकामना.............
उही तिम्रो भलो चाहने
स्रिजना श्रेष्ठ
काठमांडू नेपाल