Thursday, June 18, 2009

आफ्नै पिडा

गीत


तिमीलाई भुल्न नसक्ने दर्पण छाँया अतित पो रैछ
दुँनियालाई नभएको पिडा हुने कुरो मसित पो रैछ


तिमीलाई सधैं तारा सधैं जुन आँखा माथि
आफ्नो भने मुटु पनि कोपिएछ काँडा माथि
कस्तो मोडमा गाँस्यौ माया चट्टै छिन्यो धागोपनी
खडेरी यो जिन्दगीमा लगाइ छाड्यौ आगो पनि

नेपालीमा नयाँ भन्छौ अरबिमा जदिद पो रैछ
दुँनियालाई नभएको पिडा हुने कुरो मसित पो रैछ



के गर्दैछ्यौ कस्तो ठाउँमा पराइसँग हाँस्दै हौली
मर्यो होला प्रदिप भनी शंख फुक्दै नाँच्दै हौली
कती गाउँनु निस्ठुरिको गुणगानका गीत मैले
तिमीले पायौ न्यानो काख पाउन सकिन प्रित मैले


घरि घरि झस्काइ दिने रुँवाइदिने नि अतित पो रैछ
तिम्रो ज्यान अरुसँग तस्बिर मात्रै मसित पो रैछ
तिमीलाई भुल्न नसक्ने दर्पण छाँया अतित पो रैछ

1 comment:

wordflows said...

tragedy song but seems like expressing your hidden anger