Saturday, June 6, 2009

मैले चोरेको १ रुपैया







पैसा भने पछी त जो पनि हुरुक्कै हुन्छ नै त्यो पनि बाल्यकालमा । सानो हुँदा कसैले मिठाइ खान दियो भने पनि त्यो मान्छे सधैं को प्यारो हुन्थ्यो अनी कतै बाट १ २ पैसा आयो भने पनि नजिकै पसल्तिर गएर मिठाइ खाइहलिन्थ्यो । त्यती बेला अहिलेका बच्चाहरुले जस्तो कागतको नोट् बिरलै मात्रा मिल्दथ्यो । एक सुकी एक मोहोर खल्तिमा भए पछी निकै पैसा भएको भान हुन्थ्यो । स्कुले केटा केटी त परियो आखिर ..

कुरो तेस्तै ४५ ४६ साल तिरको हो म क्लास ३ मा पढ्थे । केटा केटी उमेर भएर हो कि के हो म निकै चक चके थिय केही देख्नु पनि नहुने । घरमा मलाई एउटा काम दिएको थियो गोरु लगाउने जङलमा अनी बेलुका लिना जाने । साथीहरु पनि थुप्रै थिय हामी बिहान गोरु गाई जङल लगाउथ्यौ अनी फेरी बेलुका लिना जान्थ्यौ पनि । जङल्मा बाघ लाउने डर पनि निकै हुन्थ्यो त्यसैले साथिहरुको पनि निकै ठुलो जमात हुन्थ्यो । अनेक खेल पनि खेलिन्थ्यो तेतिबेला अझै बिरेन्द्र सिल प्रतियोगिता हुन्थ्यो अनी स्कुलमा पनि निकै चल्थ्यो होडबाजी पनि । अब कुरो १ रुपियाको गरौ । एक दिन साथीहरु सँग निकै फ्वा पर्‍यो । यो फ्वा भनेको पैसा लाई फुक्दै पैसा माथि चढाउने अनी जसले चढाउन सक्छ उसैले जित्ने त्यो पैसा । स्कुलबाट भागेर एउटा भिरपानी भन्ने जङ्गल थियो त्यहा गएर यही फ्वा खेल्न थालियो । पैसा गोजिमा हुने कुरा त थिएन तर लाई खेलिन्थ्यो (लाई भनेको यती र उती को हिसाब गर्ने - उधारो भनु जुन पछी तिर्छु भनेर कबुल गरिन्छ )दिन भरी खेलियो तर आफुले लाउन सकिएन तर साथीहरुले भने लगाए अहिले त हिसाब पनि भुले ।

बेलुका घर त जानु पर्‍यो ४ बजे स्कुल छुट्टी हुन्थ्यो अनी स्कुल बाट निस्केका हरुको हुलमा मिसिएर घर गैइयो पनि । धन्न त्यो दिन दिदी पनि स्कुल नगएको दिन पर्‍यो नत्र बाबा को राम धुलाई पाइहालिन्थ्यो । वरपर का साथीहरुले भन्ने आँट त गर्ने कुरै भएन किनकी जसले घरमा कुरा लागाइदिन्थे तिनिहरुले त पिटाइ खाइहाल्थे ।

अनी बेलुका उही त हो नि फेरी जङगल गएर गाइगोरु ल्याउनु पर्ने त्यो त दैनिकी नै थियो । साथीहरु मिलेर गैईयो जङगल मा खेल्दै खेल्दै ..

बेलुका खाना खाएर होमवोर्क गर्नु पर्ने दिदिले मलाई दिउसो को स्कुलमा पढेको पाठको बारेमा सोध्नुभयो अब भने कसरी भन्ने बाबा पनि प्रया अगाडि बसेर हामी ले पढेको हेर्नु हुन्थ्यो शायद त्यसलाई गाइड् गरेको भन्छन क्यारे ! अनी मैले दिदिलाई नभएको पनि धेरै धेरै पाठको होमवोर्क छ भनेर देखाइदिए अहिले सम्झिन्छु मैले त्यो दिन दिदी राती १२ बजेसम्मा लेखेर बस्नु भएको थियो । त्यती बेला जाडोको मौसौम थियो अनी बाबाले मलाई उहाको कोट ल्याउन लगाउनु भयो । जब बाबाको कोट मेरो नजरमा आयो हातहरु लुसुक्क खल्तिमा पसिहाले । त्यतिबेला बाबाले भर्खरै पेन्सन बुझेको १ /२ दिन भएको थियो पैसा रहेछ तर मैले लान सक्ने भनेको त जम्मा १ रुपैयाँ मात्रै थियो । हातहरु त निकै कामे तर पनि दिउँसो फ्वा खेलेको रिन को पनि सम्झना आयो अनी डरै डरमा निकाले १ रुपैयाँ । निकाल्न त निकाले तर राख्ने कहाँ निकै डर पो लाग्यो किनकी खल्तिमा राख्यो भने दिदी ले हेर्यो त कुरा लाइदी हाल्छ । बाबालाई कोट दिएपछी पैसा लाई किताब को माझमा हाले अनी रातभरी पैसा सम्झेर सुते त्यती बेला बच्चा नै भएपनी कती बेला उज्यालो होला र भागुला जस्तो भएको थियो ।

बिहान आमालाई भोक लाग्यो भनेर छिट्टो खाना मागे अनी झोला बोकेरै गोरु लगाउन गए । किताब पल्टाएर हेरेको त पैसा नै छैन सबै किताब पल्ताए अहँ छैन । परेन फसाद आफ्नो कर्तुत पक्कै घरमा थाहा पाए जस्तो लाग्यो अब के गर्ने ?
म स्कुल नै नगएर मामा घर तिर सोझिए । बीहानै जादा त मामा घर तिर पनि थाहा पाउलान स्कुल नगएको भनेर फेरी केही साथीहरु हरु संगै दिनभरी भिर पानी को जङल्मा त्यतिबेला काफाल पाक्ने समय थियो चरी ले झै दिनै भरी काफल खाइयो अनी बेलुका मामा घर । मामा घर गएको रमाइलो त हुने नै भयो तर मनमा भने त्यो १ रुपैयाँ को झल्को र बाबा को पिटाइ खाने डर ...
यता घरमा निकै खोजेछन शायद अहिले जस्तो फोन को सुबिधा हुन्थ्यो भने त सास्ती हुने थियना तर घरमा त निकै होहल्ला चलेछ । जहाँ गएपनी भनेर जाने एक्कासी हराउदा अनेक सन्का पनि उब्जिएछ पनि । आमा रुन थालनु भएछ सबै गाउले हरु मिलेर जङल्मा खुज्नु भएछ अनी गाउदेखी तल ठुलो खोला छ हामी सधैं पौडी खेल्न जान्थ्यौ शायद त्यतै पानीमा त डुबेन भनेर सबै खोला सम्मा पुगेछन । आफु भने मामा घर हजुर आमा को माया भुलेछु सबै । रातै भरी घरमा कोही पनि सुतेनन अनी बीहानै तयही पनि मामाको मा गएछ कि भनेर बाबा पुगिहाल्नु भयो मेरो त सातो नै गयो ला ! बुढाले अब नछोड्ने भए । म बाबा लाई देखेर फेरी झोला बोकेर कसैले थाहा नपाउने गरी निस्किए । दिन भरी स्कुलमा गैयो उता अघिल्लो दिन भागेको सजाए पनि पाइयो । स्कुल छुटेर कहाँ जाने भन्ने मनमा ठुलो पिर पर्‍यो अब घर जाउ त पक्कै बाबा को पिटाइ त भेटिहालिन्छ उफ फसादै फसाद ....

घरै सँग जोडीएको काकाको घर थियो त्यतै छिरे । हजुर आमाले त्यहा पनि निकै माया गर्ने गर्नुहुन्थ्यो मलाई खाने कुरा दिनुभयो म त भोकाएको निकै खाए पनि । हजुर आमा ले मलाई सम्झौदै हुनुहुन्थ्यो आमा नै लिना आउनु भयो । यसलाई केही पनि नगर है जेठि भनेर हजुर आमाले मेरो आमा लाई भन्नु भयो अनी अलिकती सपोर्ट पनि पाए । आमा ले घरमा लगेर धेरै सम्झाउनु भयो शायद केटा केटी भएर पो हो माफि पनि पाए । मलाई त डर त्यो पैसा चोरेको मा पो लागेको थियो त्यस्को त कुरै आउँदैना । म अचम्म मा परे बेलुका चोरेर लुकाएको पैसा भोली बिहान छैन आखिर कहाँ गयो त त्यो १ रुपैयाँ को नोठ । मैले मेरो सबै झोला हेरे सबै किताब हेरे अहँ भेटिएन पनि । तर त्यो पैसाको त घरमा कुरै उठेन मेरो भने सातो मात्रै गएको रहेछ त्यो सातोले सारा परिवार ले दु:ख पाए पनि । पछी मैले दिदी लाई पनि सोधेको थिय तर उहाले पनि नदेखेको कुरा गर्नु भयो । म जब १ रुपैयाँ को नोठ देख्छु आज पनि त्यही बाल्यकाल्को सम्झना आउछ अनी फेरी सोच्छु सम्झन्छु आखिर कहाँ गयो त त्यो जादुमयी १ रुपैयाँ ....


जिबन भनेकै यस्तै घटना ले समेटिएको हुदो रहेछ बाल्यकाल का क्षण हरु जती रमाइला र हास्यस्पद भए पनि जिबन्को मध्यस्थ मा भएका गतिबिधिले भने बाँकी जिबनका दिनहरु पिडा मयी बनाउदा रहेछन । म तुलाना गर्न नै नमिल्ने यि कुराहरु बस यिनै सपनाहरुमा राखेर जिन्दगीका भावी दिनहरुलाई स्मरण गराउन चाहन्छु मेरा मित्र हरु पढिदिनुहोला है ........

6 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

लौन लेख्नुस न त - आफ्नो काहानी , कस्तो रहेछ

एकलकाटे said...

पैसा त आफुले पनि खुब चोरीयो केटा केटी हुँदा.. कस्को चोरिएन होला बौ, आमा, काका, हजुर आमा, दिदिहरु, पैसा चोरेर भजा खानु, सिनेमा हेर्नु त्यै त एक मात्र मनोरन्जन हुन्थ्यो हाम्रो स्कुल जीवन मा.. आफ्नो बौ चाँही एक नो को कन्जुस खुब पिटाइ खाइयो एक्पल्ट त बाउको.. पछी पो हजुरामा ले भन्नु भो... हाम्रा बौ पनि खुब पैसा चोर्थे अरे आमा को..कम्ती रिस उठेन मलाई पछी बाउ सँग .. आफुनै चोर् भये पछी छोरा लाई कुट्न पाईन्छ र भन्या ?

chudamani said...

मलाई त थाह छैन | भर्खर सुन्दैछु | कतै राखेर भुल्नुभयो होला |
जे होस् मलाई पनि स्कुले जीवनको याद आयो | म पनि दुई घण्टा लामो बाटो सल्ला घारी भएर स्कूल जान्थें |
अरू लेख्नुहोस न है ! चाख लग्यो |

Dilip Acharya said...

सायद वाल्यकालमा सबैको सोच करिव करिव त्यस्तै नै हुन्छ अनी एउटा सानो गल्ति लुकाउन त्यो भन्दा ठुलो गल्ति गरीन्छ ।

तर तपाईको १ रुपैयांको नोट चाहि साँच्चै कता हरायो त भन्या ??
निक्कै रमाईलो लाग्यो तपाईको बाल्यकालको सम्झना ।

Milan said...

सारै रमाईलो प्रसंग सम्झिनु भएछ | मेरो कुरा गर्दा चाराना आठाना सम्म चाहिं मैले नि चोरें... तर त्यत्रो एक रुपियाँ चोर्ने आँट मलाई कहिले पनि आएन

एकल यात्री said...

good experience