डायरिको एउटा पन्ना बाट
आजभोलि निकै अल्छि लागि रहन्छ शायद कतारमा निकै गर्मी भएर पो हो कि वा कामै धेरै भएर पो हो कि । ब्लगमा लेख्न त मन लागिरहन्छ तर समयको परिपाटि नमिलेको मात्रै भनेर किन ढाट्नु र वास्तवमा मान्छे पो अल्छि भएर हो । आज बिहानै उठेर डायरि पल्टाउदै गए करिब ८, ९ महिना पहिला लेखेको कबिता मेरो आँखामा पर्यो अनी राम्रो र बिषयबस्तु नमिल्ला जस्तो लागे पनि लाज नमानेर ब्लगमा पोस्ट गरेको छु । कृपया प्रतिक्रीया चाँही .......है त !!!
हे !! भगवान
तिमीलाई सलाम मेरो मनको
तिमीलाई अभिबादन मेरो कलमको
के गर्ने लेख्ने त रहर थियो
खुशी साटेका अक्षरहरु जिबनका
हाँसिरहने सपनाहरु यि मनका
तर जुन छिर्न सकेन मेरो बस्तिमा
न त घामको शाहस नै भयो
केबल अन्धकार अनी सुन्यता ........
हे !! यसु !
मैले धेरै भोगिसकेकी छु जिबनमा
सयौ बर्षा काल कोठारिमा बिताए
तिसौ बर्षा बन्धकी मा बेचिए
कती लात खाए कती बात चपाए
आफु तिर्खाएर अरुको प्यास मेटाए
कतिले भोटको नुन ल्याउछु भने
कतिले ल्हासाको सुन ल्याउछु भने
भोकमा नुन ल्याउछु भन्ने पनि आए
दिनमा जुन उदाउछु भन्ने पनि आए
तर पनि ,
मनको ब्यथा उस्तै भयो
त्यतिबेला तिमीलाई पुकारेकी पनि थिए
तिमीले धैर्य गर भन्यौ , म रोकिए आँफैमा बगिरहन
मेरो शाहनसिलतालाई कमजोर ठानी
फेरी ब्वाँसाहरु नङ्ग्र तिखार्न थाले
स्यालहरु दाँत ङ्च्याउन थाले
बिरालो हरु बाघ बन्न थाले
अनी त
एका एक जाइ लागे म माथि
कसैले लतारे सकेजती
कसैले चिथोरे भेट्टाए जती
जती धेरै अघाए उती अरु भोकाइरहे
म भने जल्लादहरुको प्यासमा नाङ्गिरहे .......
साँच्चिकै म मरेर पनि बाँचे, फेरी बाँचेर पनि मरे
कहिले तलबारमा काटिए
कहिले दरबारमा मारिए
कहिले जंगलमा पड्किए
कहिले सदनमा कड्किए
यसरी मर्दै बाँच्दै गरेको पनि २०औ बर्षा बितेछ .......
र यतिबेला पनि
आगो बलेको छैन चिसो चुलोमा
चन्द्रमा उदाएको छैन कहाली लाग्दो रातमा
न त सेलाउन सकेको छ पिडाका ज्वलाहरु
अझै पनि ....
मलाई चिथोर्ने को पनि कमी छैन यहाँ
मलाई निचोर्ने को पनि कमी छैन यहाँ
कहिले धादिङमा रुवाँउछन
कहिले कोशीमा बगाउछन
कहिले धनकुटामा लडाउछन
कहिले चितवनमा पल्टाउछन
कसैले स्विजरल्याण्ड बनाउछन
कसैले पोइजन्ल्याण्ड बनाउछन
त्यसैले हे अल्लाह !!
अब म एउटा मैन जस्तै
सधैं आफु पग्लिएर आफु रित्तिएर
अरुलाई भरी बनाउन सक्दिन
थुनिएको छु पिडाका जन्जिरभित्र
मक्का मदिना पुग्ने सपना देख्दिन
तिमी बुझ या नबुझ
केही गर या नगर ...
शायद मेरो यो अन्तिम पत्र तिमीलाई
किनकी मेरो भोली
होला य नहोला !!!
==================
रचना काल अगस्ट २००९
No comments:
Post a Comment