Tuesday, June 2, 2009

कहिलेकाँही जिन्दगी लाई फर्केर हेर्दा

भबिस्य काल्पनिक भए पनि बिगत त सधैं आँखामा अल्झिने कतै तिता त कतै रमाइला क्षणहरु बोकेर भए पनि बर्तामानका पलहरु काट्न लाई निकै आनन्द हुने । अहिले जिन्दगी को जती चिन्ता हुन्छ त्यती बेला एक रती पनि डर हुँदैनथ्यो र त गतिलो सँग पढ्न सकिएन पनि । सधैं अल्लारे भयो हिड्यो फेरी त्यती बेलाको लहर पनि तेस्तै साथीभाइ हरु पनि त्यस्तै अनी त के चाहियो र ? हामी हरु भलिबल खेल्न निकै टाढा टाढा जान्थ्यौ सधैं साथमा मादल हुन्थ्यो अनी कोही साथीहरु बाँसुरी निकै राम्रो बजाउथे आफु त निकै कोशीस गर्दा पनि संख फुकेजस्तै हुन्थ्यो अनी साथी हरु गाली पनि गर्थे तर मादल बजाउन भने जहाँ गए पनि आफर आउथ्यो त्यो पनि मेरा काका ले सिकाउनु भएको । गोठालो जाँदाका क्षणहरु त झन साम्झिदा पनि फेरी बच्चा भएर जन्मा लिउं जस्तो हुन्छ मनमा । साथी सुदन , गोविन्दा , झुपे , ईश्वर , ठुले , काइली , गोरी , शोभा , जुना , छायाछरी, सुशिला, बन्दना , कल्पना यि सबै साथीहरु लाई सम्झिदा साच्चै ति दिनहरु अब जिबन्देखी ओझेल परिसकेका छन । शायद सबै आ-आफ्नो कनिकुथरिमै जिन्दगीका पलहरु काटिरहेका होलान । पोहोर साल संयोगले भनौ जुना सँग भेट भयको थियो उनको त ताथे ताथे गर्ने छोरो पनि भाईसकेको रहेछ उनी भन्दै थिन "प्रदिप दाई जिन्दगी भनेकै यस्तै रहेछ " तर मैले चाँही बुझिन कस्तो हो कस्तो हो जिन्दगी आफुलाई त जिन्दगी पानी सुकेको को खोलाको बगर जस्तो अनुभव भाईरहेको छ ।
हाम्रो गाउमा त्यती बेला झाप्रे (अहिलेको बिकसित दिहोरी को पुरानो रुप ) गाउने निकै चलन थियो । कसैको बिहे हुँदा कतै मेला लगाउदा अनी कतै दाउरा घाँस गर्दा ठिट्टा ठिट्टी हरु मिलेर निकै गाउथे । मेरा एक जना दाई हुनुहुन्थ्यो उहा निकै गीत गाउँहुन्थ्यो (यामे दाई ) म सधैं उहाँको पछी लागेर हिड्थे । एक पटक दाई सँग गीत गाउँन पल्लो गाउ अर्जम भन्ने ठाउमा गइयो ओह !! बाबा गीत त यस्तो जमेको कि म भने ताली मात्रै लागाउथे अनी भोलिपल्ट त हात नै फुलेको अनी बाबा ले तलाई बैश आएको गधा भनेर त्यही हातमा लठ्ठी ले हान्दा को पिडा उफ !! अहिले यो लेखिरहँदा पनि हाँसिरहेको छु एक्लै ।

"तालमा माछ्छी पौडेर पर्खि बसे हे ! मायालु डांडौको देउरालीमा म आउछु दौडेर " अनी बम बहादुरको " डाँडैको देबी देउराली माया हो पात बजाउदै झरे है ओराली मै आउछु सम्झी झल्झली " यिनै भाका हरु मेरा ओठमा झुण्डिन्थे सधैं । म काम मा अल्छि अनी खाना चाँही धेरै चाहिने त्यसैले दिदिहरुले बढी माया गरेर मेरो नाम घैटे राखेका थिय अनी जतिबेला पनि त्यही नामले पुकारेर बोलाँउदा आफ्नो त कान्छाडी तातेर आउने गर्थ्यो । यही नमको तालमेल मा मेरो साइली दिदी र म झन्डै २ हप्ता बोलचाल भएन तर एक दिन मेरो स्कुलमा कप्रदी खेल्दा खुट्टो मर्किएर हिंड्न नसक्ने भए अब घर त फर्किनु थियो । दिदी पनि एउटै कलासमा पढ्ने त्यती बेला त बोलचाल नभए पनि नबोलेरै दिदिको बुइ चढेर घरसम्मा आएको थिय आखिर माया त लाग्दो रहेछ नि दिदिलाई पनि उहाँले पनि नबोलेरै मलाई बोकेर घरसम्मा ल्याउनु भयो अहिले मैले जब दिदिलाई फोन गर्दा त्यो कुराको याद दिलाउछु " नकरा घैटे" भन्दै निकै हाँस्नु हुन्छ ।

के गर्नु अहिले पहिलाको जस्तो बातावरण पनि छैन गाउघरतिर सबै नयाँ नेपाल भन्छन सबै लाई नेताजी हरुका खोक्रा भाषाणहरुले छोएको छ सबैलाई अधिकार चाहियोरे अब सबैलाई अधिकार मात्रै चाहियो रे त दिने कसले ? आफ्नो काम गरेर त खान नसकिने स्तिथी भाईरहेको बेला जनताको सर्बोच्चताको कुरा गरेर जनतालाई आगो सल्काएर त्यही आगो को न्यानो छोपेर कुर्ची जोगाउने खेलमा लागेका नेताहरु बाट अझै नेपाली युबाहरुले के आशा गरेका छन कुन्नी र त सडकमै टायर् बालेर एक अर्काको टाउको फुटाएर आँफैलाई असुरक्षित बनाइरहेका छन ।

आफु त बिदेशमा बसेर ततो हाबा मा जिन्दगीका पलहरु खर्च गर्दै भोलिका कोरा कल्पना मात्र गर्नु परीरहेछ । बस कहिले तिनै पुराना जिन्दगीका क्षण हरु त कहिले भोलिका कल्पनाहरु यिनै सपनाहरु बोकेर मात्रा यिनै सपनाहरुमा मित्र हरु पढिदिन र कमेन्ट गरिदिन कन्जुसाइ नगरिदिनु होला है ! अहिले लाई यत्ती नै "जदौ "!!

No comments: