Tuesday, June 16, 2009

प्रियसिलाई असारे सम्झना





















गीत

असारे
हिलो छुपु मा छुपु धान रोप्दै हौली है !!

सम्झेर मलाई आँशु पो झर्दा मुख छोप्दै हौली है !!


खोला र नाला सुस्ताए होलान बर्षाको भेलले
सँगै पो हुन दिएन खै ! पापी यो समयको खेलले
कुहिरोले ढक्यो डाँडा र पाखा सिरु नि फुल्यो कि ...
नसोचे मनमा प्रदेशी ज्यानले गाँउघरै बिर्स्यो कि ...


खनि र जोती भट्ट र मास बिउँ रोप्दै हौली है !!
सम्झेर मलाई आँशु पो झर्दा मुख छोप्दै हौली है !!


बन्धकी राखी आएको खेत जोत्दै होलानी शाहुँले
छोरोले पैसा पठाएन भनी पिर मानेकी बाउँले
छोरोको माया आँचलमा पोख्दै रोयौकी आमाले
कठै ! छोरो मर्ने पो हो कि कतारको घामले


प्रदेशिको माया धेरै र थोरै मन जोख्दै हौली है !!
सम्झेर मलाई रिसले कतै मुख छोप्दै हौली है !!
असारे हिलो छुपु मा छुपु धान रोप्दै हौली है !!

3 comments:

डीआर न्यौपाने'सूर्य' said...

प्रदीप जी नाआत्तिनु मिलनको मिठो घडि अवस्य आउनेछ ।
असारमा हिलो खेल्दै रमाइलो गरेको याद पो दिलाउनु भयो आज त । राम्रो भावना ।

Yumesh Pulami said...

ओह कस्तो मिठो समझना - त्यो पनी उन लाइ ...
अनि प्रदीप जी को बद्लीदो ब्लग फर्मेट पहिला भन्दा राम्रो देखिएको रहेछ ..... शुभ कामना छ प्रगति गर्दै जानुस |

wordflows said...

राम्रो गजल।