Saturday, August 9, 2008

तिमी

मस्किन्छेयौ ठस्किन्छेउ तिम्रो बातै ठुलो
चिप्लियरा फुत्किहाल्ने निस्ठुरीको जातै ठुलो

जिस्किना त मन थियो सामिप्यमा लठ्ठीयर
बोल्दा बाहिर उछिट्टीने तिम्रो त्यों दाँतै ठुलो

धर्तीको फूल दिदापनि आकाशको जून माग्ने
जति दियो उती थाप्ने मायालूको हातै ठुलो

नदेखेसी के के हुने देखे पनि केहि नहुने
झ्याँम्मा लाग्ने कस्तो मायाजाल को यो मातै ठुलो

No comments: