Tuesday, August 12, 2008

कर्म



हारेको कर्म रोएको मन बोकेर जानु कहाँ...?

आखाँ को आँशु बगेर आयो पोखेर जानु कहाँ ...?

सकिन भुल्न बिछोडको पीडा सम्झेर अतित

धेरै र थोरै मायाको तौल जोखेर जानु कहाँ .....?

छोडेर मलाई निस्ठुरी गयौ धनको पिछाडी

आफु त एक्लै भट्टीमा रक्सी धोकेर जानु कहाँ....?

पर्खाइं को पीडा कसरी सहनु गढ़दै बेस्सरी

बिग्रेको मनमा ताला चापि ठोकेर जानु कहाँ...???????????????????????????????

(छोड़ी जाने लाइ समर्पित )

No comments: