Wednesday, October 19, 2011

मेरी दिदिलाई - शुभकामना "तिहारको"



 फेरी तिहार आयो रे बरै ! रुँवाउन मेरी दिदिलाई
प्रदेसी भाईलाई सम्झेर आँशु चुहाउन मेरी दिदिलाई

दसैंमा मैले गरेथे बाँचा भेटौँला तिहार मा
थापाउला भनेथे दिदिको हातको सप्तरङी निधार मा
सोचेको जस्तो न रैछ् जिबन, के के भैरहन्छ्  
जती सम्झ्यो उती भक्कानिदै मन मेरो रोइरहन्छ

देउँसी र भैलो  गाउँछन रे बरै सुनाउन मेरी दिदिलाई
फेरी तिहार आयो रे बरै !! रुँवाउन मेरी दिदिलाई ....

सबैको दिदिभाइ देखेर दिदी नरुनु यसपाली
कर्मै भुमिमा लडाईं लड्दैछ भाई पसिना निकाली
आउनेछन पक्कै दिन पनि हाम्रा सँग सगै रमाउने
यसपाली जे भएनी दिदी अर्कोसाल हर्षले मनाउने 

सुनाइदेउ गित हे! देउशी टोली मन बुझाउन मेरी दिदिलाई
भनिदेउ पिर जतिनै भएनी मन्भित्रै लुकाउन मेरी दिदिलाई


=================================================================
" २०६८ सालको देपावाली तथा भाईटिकाको पावन अबसर मा देस बिदेसमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु मा मेरो हार्दिक शुभकामना छ् स्विकार्नुहोला ल यो सानो ब्लग मार्फत"
=================================================================






No comments: