Tuesday, October 4, 2011

दसैं आयो !! आँसु खासायो























यता सुन्छु उता हेर्छु चारैतिर दसैं आयो
सम्झेर आज आफ्नो गाउँघर मेरो आँखा रसायो

गाउँका टोल टोलहरु लिङे पिंगमा नाँच्दैहोलान
कमेरो र रातो माटोले घरहरु साँज्दैहोलान
पर्खेथिन नि प्रियसिले प्रदेसी घर फर्किआउँला भनी
सोच्थिहोलिन दु:ख सुख दसैं सँगै मनाउँला भनी

यो साल पनि यस्तै भयो सार्है उदास बनायो
सम्झेर आज आफ्नो घर मेरो आँखा रसायो

बाबाले मलाई फोनमा भन्थे दसैंमा छोरालाई पक्कै भेट्छु भनी
आमा भन्थिन धेरै पछीको मनको न्यास्रो पक्कै मेट्छु भनी
गाउँले ले भन्थे यो दसैंमा लाहुरे पक्कै पनि आउछ होला
प्रदेसी फर्के गाउँघरमा त पक्कै रमाइलोले छाउँछ होला


सोचेको जस्तो नहुनी रैछ् आखिर खुशी नै हरायो
सम्झेर आज गाउँघर आफ्नो यि आँखा रसायो

म नाआएनी साथी र संगी दसैं मा रमाउनु
फोटो हेरेरै हे मेरी प्रिया यो दसैं मनाउनु
शुभकामना मेरो समुन्द्र पारीबाट स्विकार्नु सबैले
प्रदेसिले माया मार्यो भनी नसोच्नु कसैले

यता सुन्छु उता हेर्छु चारैतिर दसैं आयो
सम्झेर आज आफ्नो गाउँघर मेरो आँखा रसायो


















=================================================================
सम्पूर्ण मेरा आत्मिय साथीहरु, आफन्तहरु देस बिदेस मा रहनुहुने सम्पूर्ण नेपालीहरु तथा यो ब्लग लाई माया गरी सधैं पढिदिने पाठकहरु सबैमा २०६८ सालको बिजयदशमी को हार्दिक मंगल्माया शुभकामना !! यहाँरुको दसैं हर्ष उल्लासले बितोस !!
=================================================================


No comments: