Wednesday, October 5, 2011

सन्देश दशैंको परदेश बाट



















सन्देश दशैंको परदेश बाट
—————————-
     एक-दुइ दशैं बिराउँदैमा, माटै भुल्यो नभन,
     परदेशीले फर्की आउने, बाटै भुल्यो नभन

    दु:ख लाग्छ चाड-वाड, तिमी धेरै छौ पर
    प्यारो मेरो संस्कृतिको, पाटै भुल्यो नभन

   किसानै हुँ हलो-जुवा, देख्छु हर सपनि ,
   शरद याम तोरी फुल्ने, फाँटै भुल्यो नभन

  पाखुरीमा साँद लगाई, फर्की आउँला देश ,
  तिम्रालागी केही गर्ने, आँटै भुल्यो नभन

  दशैं-तिहारको बहाना, सम्झना त उनकै
  ‘हे आमा नेपाल..’ गाउने, छाँटै भुल्यो नभन

  उनी हाँस्दा लाउँला पिरती, जय होस् नेपालको,
  प्रिय गाउँ तिम्रो मेरो , काँटै भुल्यो नभन

  एक-दुइ दशैं बिराउँदैमा, माटै भुल्यो नभन |
  परदेशीले फर्की आउने, बाटै भुल्यो नभन ||
———————————————–
  सभार माइसनसार उमेसको ब्लगबाट 
--------------------------------------------

साथै,
सम्पूर्ण मेरा सपनाहरु  पाठकहरुलाई
दशैं-तिहारको शुभकामना !!!

-मनोज कार्की

No comments: