Friday, September 16, 2011

म माग्ने मान्छे





















एक मान्छे एक हतियार
दिन दिनै बढ्दै गयो अपराध
न भयो नियन्त्रण न छ् राहत
नेपाली जनता मा पर्‍यो ठुलो आघात
त्यसैले
म माग्ने !!
तिम्रो दैलो मा आए
सक्छौ दिन के ??

खाने कुरा के रहयो र चोखो
जता पनि मिसावट भन्छन
तिम्रा ठुला कुरा भाषाण बन्छन
जनता सधैं भिखारी रहन्छन
हस्पिटलमा फोहोरको थुप्रो हेरेर फर्किन्छौ
क्वाटरमा आएसी मोहोरको थुप्रो तिर सर्किन्छौ
हुन त तिमीलाई के थाहा
यतिबेला मुस्ताङ र पजेरोको दोहोरी चलेको बेला
चार सय डस्ट्बिन चोरिएको
बिहान उठ्दा जनताको
सन्दुक फोरिएको
भन्न त भन्छौ नि तिम्ले पनि अरुले जस्तै
कुरा हैन काम गरेर देखाउछु भनेर
पदको लागि हैन जनताको लागि मरेर देखाउछु भनेर
तर पनि
मन्त्राणिको चुरिफिरी देख्दा
मलाई डर लागिरहेको छ्
कतै चिप्लिन्छौ कि सारी को फेरो नेर
हैन भने
तिमी नोट् गर
म माग्ने मान्छे
दुई पैसा मागेको छैन
न त तिमीले जस्तै भोट् नै मागेको छु
न त तिमी बस्ने कुर्ची नै ताकेको छु
मात्रा
स्रिफ
सान्ती मागेको छु
महोदय !!!
बढ्दो हत्या हिंसा देखेर
रातदिन रुँदै
म नेपाली जनताको लागि
म र म जस्तैका लागि
सान्ती मागेको छु
सान्ती !!!!
बिचार  गर सक्छौ दिन ???
किनकी म माग्ने मान्छे
आजा मागेको छु "शान्ती"
....................!!!!!
किनकी
सान्ती बिना यहाँ
के छ् र सम्भब ?????

3 comments:

Anonymous said...

Shanti magne kurahoina banaune kura ho ki jasto lagyo. but heart touchable article

Anonymous said...

Hi there! This article could not be written any better!
Looking at this post reminds me of my previous
roommate! He continually kept talking about this.

I'll send this information to him. Fairly certain he'll have a good read. Thanks for sharing!
Have a look at my web-site buy articles

Anonymous said...

My fаmily membеrs alωays say that I аm wasting my time here аt web, except I know Ӏ am getting know-hoω everydаy by reading thes nicе агtіclеs or reviews.
My website :: Terry Sawyer