Sunday, September 25, 2011

मेरी आमा {Miss you mom}





























आमा !!!
मलाई थाहा छैन, तिमीले कुन दु:खले हुर्कायौ
तिमीले मलाई बढाउन कती पसिना बगायौ
मैले भन्थे, तोते बोली बोल्दा
म थुलो भएला तिमीलाई खुती दिन्थु भनेर
मेरी आमा !!
तिम्रो मुहारको रँग फेरिन्थ्यो त्यो बेला
शायद
दिल भित्र खुशीको छालले तरङ फैलाउथ्यो होला ??
पक्कै छोरो पाउनु पनि एउटा भाग्य हो सम्झेर
तर
आज जतिबेला
तिमीलाई मेरो साहराको खाचो छ्
त्यतिबेला म क्षितिज पारी
जिन्दगीको चाहरा खोज्दै छु
जसरी
तिमीले 
मलाई बचाउन खोजेकी थियौ
तर, म आँफैलाई थाहा छैन
मैले खोजेको चाहराले
के तिम्रो
भोक भरिएला, के सोक रोकिएला
न त औषधी हुने छ्
न त मनतातो पानी
तर
पनि सधैं भन्ने गर्छ्यौ
बाबु !! सञ्चै छस
आमा !! मेरी आमा
सञ्चै छु
पल पल तिम्रो काख को यादा मा तड्पेर
पल पल तिम्रो न्यानो माया सम्झेर
मलाई थाहा छैन
यो भन्दा बढी के नै हुन सक्छ र
म सँग तिमीलाई दिने ...............???
=============================
Note: Just Missing you Mom, little bit unwell, sitting at my office Desk & writing this to my mom....

2 comments:

Sanu PM said...

मुटु नै छुने सारै मिठो कबिता ...

Unknown said...

धन्यवाद सानु जि यहाँले पढेर प्रतिकृया दिनु भएकोमा आशा छ् यसगरी सधैं साथ दिनुहुनेछ