Tuesday, September 20, 2011

छुट्दारैछन्






















गजल


कोहि मान्छे त्यस्ता रैछन स्वार्थ मात्रै लुट्न खोज्छन 
साईनो जोडेजस्तो गर्छन् अनायासै फेरि छुट्न खोज्छन 

सबै भन्दा जान्ने सुन्ने, उन्कै कुरा हाबी हुने रैछन
मान्दिन तिम्रो कुरा भने, रिसाएर अझै कुट्न खोज्छन

सम्झाउन खोज्यो बचन भन्छन्, फकाउदा ठुस्किन्छन
मकै जस्तो पट्टट पड्किन्छन, सिशा झै फुट्न खोज्छन 


उस्का ब्यंग सबक हुन्छन् म जिस्किदा हेपेको भन्छन्
सिउँदोभरी रंगिएको प्रेम निसानी सधैंलाई पुछ्न खोज्छन !!

No comments: