Friday, April 23, 2010

अब सम्झना मा मात्रै मेरा "बडा बा!!"

"म यतिबेला भाबबिहल बनिरहेको छु उन को मृत्‍यु ले"

हुन त मृत्‍यु स्वाभाबिक छ सबैको लागि मात्र तरिका अनी ढिलो चाडो भन्ने कुरो मात्रै हो । कसैले कसैलाई अमिट छाप बसाएका हुन्छन् त कसैले कसैलाई नमिठो पनि तर मेरा मनमा अनी आखामा यतिबेला यी बडा "बा !!" नाँचिरहनु भएको छ । काल आएपछी उमेर त भन्दैन तर पनि मेरा यी बडा बा भने झन्डै ८ दसक यस धर्तिमा आफ्नो पाइला हरु टेकाउन पाए । उहाँ सँगको मेरो मित्रतता एउटा अमिट छाप बनेर बसेको छ त्यो त मर्ने बेला मा पनि उहाँले मेरो नाम लिनु भएको रहेछ तर म अभागि अन्तिम अबस्थामा पनि बडा "बा!!" भन्न पाइन के गर्नु मनुस्यको चोला नै यस्तै रहेछ ।
हिजो जस्तै लाग्छ बडा "बा !!" सँग भजन गाउन हिड्थे म । जहाँ जादा पनि म उहाँको कोट मा झुण्डिन छोड्दिनथे अनी उहाँले पनि मलाई निकै माया गर्नु हुन्थ्यो । मैले मादल बजाउन पनि उहाँ बाटै सिकेको थिए । बास्तबमा उहाँ एउटा राम्रो कलाकार पनि हुनुहुन्थ्यो राम्रो गाउनु पनि हुन्थ्यो शायद उहाँले चान्स पाएको भएको लोक कबि अली मिया भन्दा काम हुनुहुन्नथ्यो मात्र शिक्षा को कमीले गर्दा । म भने सानै देखि गीत संगीत हुरुक्क हुने मान्छे गाउमा बिहे हुँदा उनै बडा बा को कोटको फेरो समाउन पुग्थे अनी बडा "बा" ले मलाई बाजाताल मा नाच्न लगाउनुहुन्थ्यो । यसरी मैले बाल्यकाल अनी युबा अवस्था पनि गुजारे उहाँ सँग ।
म कापी कलम च्यापेर स्कुल जादा उहाँले भन्नुहुन्थ्यो "दिपे ! म तेरो उमेर मा १५ वटा गाई लिएर जङल जान्थे" यसो भन्दा उहाँको मनमा पढ्न पाएको भए कस्तो हुन्थ्यो होला भन्ने भाबहरु झल्केका हुन्थे । उहाँ को छोराको नाम पनि दिपे र मेरो नाम पनि दिपे शायद त्यहि भएर पनि मलाई सधैं छोरा लाई जस्तै माया गर्नु हुन्थ्यो । हामी भेट भयौ भने घन्टौ गफ गरिरहन्थ्यौ ।
२०५८ सालमा हामीले गाउँमा क्लब खोल्यौ त्यसपछी गाउँमा सांगेतिक कार्यक्रम हुन थाले अनी उहाँ उपस्थिती बिना हाम्रो कार्यक्रम सधैं खल्लो हुन्थ्यो र उहाँले पनि हामी युबा हरुलाइ सकेसममा साथ पनि दिनुहुन्थ्यो । मलाई याद छ २०६२ सालको तिजमा उहाँले गीत गाउदा कार्यक्रम स्थलमा धेरै जनाको आँखा बाट आँशु झारेका थिए । उहाँ निकै मर्म स्पर्सी गीत गाउनुहुन्थ्यो र शब्द हरु निकै अर्थ लाग्ने हुन्थे ।



२०६६ साल माघ २४ गते मेरो बडा "बा!!" पञ्चे बाजामा नाचेको भिडियो रेकर्ड






यस्पाली माघमा म छुट्टिमा नेपाल पुगेको थिए सन्जोग ले गाउमा एउटा भाई को बिबहा परेको रहेछ । बडा "बा !!" र म निकै ताल मिलाएर नाच्यौ । दु:ख सुख का कुरा पनि निकै गर्यौ हामीले । मैले गाउँ छोडेपछी एउटा साथी को कमी भएको महसुस मलाई सुनाए । यतिबेला आजै मात्र मैले उहाको मृत्‍यु को खबर पाएको छु । कता कता सपना जस्तै लाग्छ, ८६ बर्षाको उमेरमा पनि बडा "बा!!" निकै तगडा हुनुहुन्थ्यो तर के गर्नु दिन सकिए पछी हामी सबै एकदिन त जानै पर्छ यो धर्ती छोडेर तर पनि मनले यसो भनेर मान्दो पनि रहेन छ । आज म निकै मर्माहत भएको छु उहाँको मृत्‍यु को यो अकल्पनिय खबर ले अझ मेरो छाती भक्कानिएको छ किनकी उहाँ ले अन्तिम अब्स्था मा पनि मेरो नाम लिएर सोध्नु भएको रहेछ । मलाई माफ गर्नुहोला बडा"बा!!" मेरो हालत नै यस्तै भयो । मैले मेरो आदर्श भनु मेरा अग्रज गुमाउनु परेको छ शायद अब उहाँ सँग बिताएका हरपलहरु एउटा स्‍मृति मा मात्रै सिमित हुने छ । शायद मलाई अब माया गरेर "दिपे" भनेर बोलाउने कोही हुने छैन । आउने बेला मा अरको साल भेटौला है बडा "बा!!" भन्दा उहाँले म त डाडा माथिको घाम जतिबेला पनि अस्ताउन सक्छु बरु तिमीले आफ्नो राम्रो ख्याल राख्नु भन्नु भएको थियो तर आज साच्चै मेरो आकाश बाट अस्ताएर जानु भो मेरो बडा "बा!! "

आखिर सत्य लाई सबैले स्वीकार्नु नै पर्ने हुन्छ । म मेरो यो सानो ब्यक्तिगत ब्लग मार्फत उहाँको म्रित आत्मा को चिर शान्तिको कामना गर्दछु साथै सोक सन्तब्द परिवार जन मा हार्दिक सम्बेदन प्रकट गर्दछु ।

2 comments:

Basanta said...

दु:ख लाग्यो यो खबर पढ्दा! मेरो समवेदना र बडा बालाई श्रद्धाञ्जली स्विकार्नुहोला। उहाँको आत्माले चीरशान्ति पाओस्।

Google Nepal Directory said...

Submit your blogs or websites to http://www.googlenepal.co.cc/directory