
सुक्क सुँक्क गर्दै आँशु किन झार्छयौ "सानु"
भित्री मन हाँसे पनि बाहना किन पार्छ्यौ "सानु"
यथार्थ तिम्रै सामु आँचल भित्र पल्टिदा !!
सबुत खोज्दै सडक, गल्ली किन चाहर्छ्यौ "सानु"
बिति त हाल्यो बिगत बर्तमान् झनै तितो
ओखती खोज्दै अझै किन बिस्तार सार्छयौ "सानु"
भैगो !! गल्ती मेरै म नै पापी भैदिउँला
जिउँदो लाश बनाएर तिमी किन नुन बार्छयौ "सानु"
1 comment:
i like it
Post a Comment