Monday, April 12, 2010

"प्रिया २०६७"


















तिम्रा किरण का ताप हरु
अलापेर कुरेका पलहरु
शायद
तिम्रो आगमन ले
फक्रिन्छन की !! कतै कोरोलिएका सपनाहरु
दर्किन्छन की जीवन मा ती रङगिन बर्षा हरु
सिर्फ तिम्रो आगमन ले ।
हुन त
देखेका सपना पूरा हुन्छन् नै भन्नु छैन
न त लेखेका कथा नै सत्य हुन्छन्
तिर्खाइको प्यास पानी को ठाउँमा
रेडलेबल ले नमेटे जस्तै
मेरो अध्याँरो रातलाई
चिरा चिरा पार्ने जुन सधैं नऊँदाए पनि
फेरी तिम्रो आगमनले
कतै
तोडिदिने छ की जन्जिर हरु
बनाइदिने छ की आस्थका मन्दिर हरु ।।।।
जहाँ
तिम्रो अगमनले
म शान्ति पाउने छु
म माया पाउने छु
अन्त त
एउटा सम्भाबित मृत्यु अंगाल्ने छु
सायद !! तिम्रो आगमनले !
"प्रिया २०६७"














2 comments:

Rasmin Nepal said...

नयाँ बर्ष २०६७
Anyway,अरु जे भए पनि तपाईं,तपाइका स-परिवारमा र सम्पूर्ण नेपाली बर्गहरुमा सुख,शान्ती अनी उत्तरोतोर प्रगती को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु, यही ब्लग को माध्यम बाट। अनी प्रदिप जि, बगीरहोस् तपाईंका अर्तिकल्स हरु सदाबहार यसरीनै पढ्न,हेर्न पाइरहोस् ।


रस्मिन नेपाल

डीआर न्यौपाने'सूर्य' said...

नयाँ बर्षको मंगलमय शुभकामना ! यसरि नै भावनाका नमेटिने छालहरु प्रस्फुटित भैराखून यो बर्ष संगै, शुभेच्छा छ