Monday, June 29, 2009
असारे १५ को साह्रै याद आयो मलाई
बिहानै उठेर माइ संसार खोले असारे फोटो हरु देखे । मलाई पनि निकै याद आयो बिगत बर्षाको असार अनी घर तिर फोन गरेको त पानी नै नपरेको ले आज त्यती रोपाइ नै चलेको रहेनछ । त्यै पनि दही र चिउरा भने खाएर अनी खोला छेउछाउका खेत हरुमा सानोतिनो रोपाइ गरेर असारे १५ मनाइदै रहेछन ..
आफु भने यो खाडीमा उही बिगत सम्झेर अर्को बर्षा त असार मा घर गाइन्छ भन्दै कल्पना गर्दै हेरिरहेको छु साथीहरु हजुर हरुका के कस्ता छन भन्न गाह्रो नमनाउ ल ....
फोटो सभार :मेरो संसार बाट
Thursday, June 18, 2009
आफ्नै पिडा
गीत
तिमीलाई भुल्न नसक्ने दर्पण छाँया अतित पो रैछ
दुँनियालाई नभएको पिडा हुने कुरो मसित पो रैछ
तिमीलाई त सधैं तारा सधैं जुन आँखा माथि
आफ्नो भने त मुटु पनि कोपिएछ काँडा माथि
कस्तो मोडमा गाँस्यौ माया चट्टै छिन्यो धागोपनी
खडेरी यो जिन्दगीमा लगाइ छाड्यौ आगो पनि
नेपालीमा नयाँ भन्छौ अरबिमा त जदिद पो रैछ
दुँनियालाई नभएको पिडा हुने कुरो मसित पो रैछ
के गर्दैछ्यौ कस्तो ठाउँमा पराइसँग हाँस्दै हौली
मर्यो होला प्रदिप भनी शंख फुक्दै नाँच्दै हौली
कती गाउँनु निस्ठुरिको गुणगानका गीत मैले
तिमीले पायौ न्यानो काख पाउन सकिन प्रित मैले
घरि घरि झस्काइ दिने रुँवाइदिने नि अतित पो रैछ
तिम्रो ज्यान अरुसँग तस्बिर मात्रै त मसित पो रैछ

Tuesday, June 16, 2009
प्रियसिलाई असारे सम्झना
गीत
असारे हिलो छुपु मा छुपु धान रोप्दै हौली है !!
सम्झेर मलाई आँशु पो झर्दा मुख छोप्दै हौली है !!
खोला र नाला सुस्ताए होलान बर्षाको भेलले
सँगै पो हुन दिएन खै ! पापी यो समयको खेलले
कुहिरोले ढक्यो डाँडा र पाखा सिरु नि फुल्यो कि ...
नसोचे मनमा प्रदेशी ज्यानले गाँउघरै बिर्स्यो कि ...
खनि र जोती भट्ट र मास बिउँ रोप्दै हौली है !!
सम्झेर मलाई आँशु पो झर्दा मुख छोप्दै हौली है !!
बन्धकी राखी आएको खेत जोत्दै होलानी शाहुँले
छोरोले पैसा पठाएन भनी पिर मानेकी बाउँले
छोरोको माया आँचलमा पोख्दै रोयौकी आमाले
कठै ! छोरो मर्ने पो हो कि कतारको घामले
प्रदेशिको माया धेरै र थोरै मन जोख्दै हौली है !!
सम्झेर मलाई रिसले कतै मुख छोप्दै हौली है !!
असारे हिलो छुपु मा छुपु धान रोप्दै हौली है !!
Monday, June 15, 2009
एउटा पत्र !!
डायरिको एउटा पन्ना बाट
आजभोलि निकै अल्छि लागि रहन्छ शायद कतारमा निकै गर्मी भएर पो हो कि वा कामै धेरै भएर पो हो कि । ब्लगमा लेख्न त मन लागिरहन्छ तर समयको परिपाटि नमिलेको मात्रै भनेर किन ढाट्नु र वास्तवमा मान्छे पो अल्छि भएर हो । आज बिहानै उठेर डायरि पल्टाउदै गए करिब ८, ९ महिना पहिला लेखेको कबिता मेरो आँखामा पर्यो अनी राम्रो र बिषयबस्तु नमिल्ला जस्तो लागे पनि लाज नमानेर ब्लगमा पोस्ट गरेको छु । कृपया प्रतिक्रीया चाँही .......है त !!!
हे !! भगवान
तिमीलाई सलाम मेरो मनको
तिमीलाई अभिबादन मेरो कलमको
के गर्ने लेख्ने त रहर थियो
खुशी साटेका अक्षरहरु जिबनका
हाँसिरहने सपनाहरु यि मनका
तर जुन छिर्न सकेन मेरो बस्तिमा
न त घामको शाहस नै भयो
केबल अन्धकार अनी सुन्यता ........
हे !! यसु !
मैले धेरै भोगिसकेकी छु जिबनमा
सयौ बर्षा काल कोठारिमा बिताए
तिसौ बर्षा बन्धकी मा बेचिए
कती लात खाए कती बात चपाए
आफु तिर्खाएर अरुको प्यास मेटाए
कतिले भोटको नुन ल्याउछु भने
कतिले ल्हासाको सुन ल्याउछु भने
भोकमा नुन ल्याउछु भन्ने पनि आए
दिनमा जुन उदाउछु भन्ने पनि आए
तर पनि ,
मनको ब्यथा उस्तै भयो
त्यतिबेला तिमीलाई पुकारेकी पनि थिए
तिमीले धैर्य गर भन्यौ , म रोकिए आँफैमा बगिरहन
मेरो शाहनसिलतालाई कमजोर ठानी
फेरी ब्वाँसाहरु नङ्ग्र तिखार्न थाले
स्यालहरु दाँत ङ्च्याउन थाले
बिरालो हरु बाघ बन्न थाले
अनी त
एका एक जाइ लागे म माथि
कसैले लतारे सकेजती
कसैले चिथोरे भेट्टाए जती
जती धेरै अघाए उती अरु भोकाइरहे
म भने जल्लादहरुको प्यासमा नाङ्गिरहे .......
साँच्चिकै म मरेर पनि बाँचे, फेरी बाँचेर पनि मरे
कहिले तलबारमा काटिए
कहिले दरबारमा मारिए
कहिले जंगलमा पड्किए
कहिले सदनमा कड्किए
यसरी मर्दै बाँच्दै गरेको पनि २०औ बर्षा बितेछ .......
र यतिबेला पनि
आगो बलेको छैन चिसो चुलोमा
चन्द्रमा उदाएको छैन कहाली लाग्दो रातमा
न त सेलाउन सकेको छ पिडाका ज्वलाहरु
अझै पनि ....
मलाई चिथोर्ने को पनि कमी छैन यहाँ
मलाई निचोर्ने को पनि कमी छैन यहाँ
कहिले धादिङमा रुवाँउछन
कहिले कोशीमा बगाउछन
कहिले धनकुटामा लडाउछन
कहिले चितवनमा पल्टाउछन
कसैले स्विजरल्याण्ड बनाउछन
कसैले पोइजन्ल्याण्ड बनाउछन
त्यसैले हे अल्लाह !!
अब म एउटा मैन जस्तै
सधैं आफु पग्लिएर आफु रित्तिएर
अरुलाई भरी बनाउन सक्दिन
थुनिएको छु पिडाका जन्जिरभित्र
मक्का मदिना पुग्ने सपना देख्दिन
तिमी बुझ या नबुझ
केही गर या नगर ...
शायद मेरो यो अन्तिम पत्र तिमीलाई
किनकी मेरो भोली
होला य नहोला !!!
==================
रचना काल अगस्ट २००९

Wednesday, June 10, 2009
नाम त कती हो कती ???
आजभोलि किन किन बिगत मात्रै सम्झिन मन लाग्छ शायद जिबनमा नयाँ सुरुवात नै नभएर पो हो कि या त नयाँ नेपालको नारा जस्तै मेरो जिबनको नयाँ नारा पनि संबिधान जतै लेखिदै त छैन कतै .....
हो हुन त बर्तमान भन्दा त जिबनको सुरुवात तिर अझ सजिलो गरी भन्दा स्कुले जिबनका कुराले मन भुल्दो रहेछ । अफिस जानु भन्दा प्रया २ /३ घण्टा नै पहिला उठ्छु साथीहरु घुरिरहेका हुन्छन अनी के गरु गरु लेख्न बस्यो नयाँ कुरा केही पनि आउँदैन अनी फेरी बीतेका पलहरु सम्झियो रमाइलो मान्यो , एक्लै हाँस्यो बस चलिरहेछ जिन्दगी ......
कुरो त स्कुले दिनहरुकै बढी सम्झना आउछ । निकै चक चक गर्नु पर्ने अनी जिस्किनु पर्ने बानी अनी उस्तै साथी हरु पनि । एक पटक स्कुलमा नाम फेर्ने चलन निकै चल्यो हाम्रोमा । बिसेश सम्झिन्छु यस्तै ८ / ९ कलास तिरको कुरा हो केटी हरु पनि निकै नाम फेर्थे । नामै नाम मा एकले अर्कालाई जिस्काउने नाम पनि निकै झुन्डिन्थ्यो मुखमा । जसलाई रिस उठ्यो उसले ढुङ्गा हरुमा नाम कोरेर नै हैरान । यो नामहरु को दौरानमा निकै सास्थी पनि खेप्नु पर्यो मैले ।
एक दिन एउटा बिष्णु भन्ने साथीले क्लासमा मलाई खुर्सानी भनेर बोलायो उफ सबैले मलाई खुर्सानी पो भन्न थाले । घर मा गयो घैटे रे अनी घर बाहिर गयो खुर्सानी रे पर्नु पिर पर्यो मलाई त । मैले पनि अरुलाई नाम काट्न त नसकेको होइन नि तर पनि चित्त नबुझ्ने । एक दिन एउटा केटी ले मलाई भेन्टा भनेर बोलायो पहिला त बुझिन तर त्यस्ले त खुर्सानी को भेन्टा पो भनेकी रहिछे । मैले पनि मुशी भनेर भनिदिए अनी त उसको नाम पनि मुशी नै रहयो । सम्झिदा पनि हाँसो लाग्छ ख्याल ख्याल मा राखेका नाम ले त निकै छाप पो पार्दा रहेछन । नाम पनि कस्ता कस्ता कसैको थेप्पारे , कैला , पिडालु , कसैको फौसे , बौने , टुप्पी , निउरे उफ केटी का त झन दारे , दाउरी , मोटी , चम्चा य्स्ता धेरै नाम थिय हाम्रा स्कुलमा । झन्डै २/ ३ बर्षा सम्मा निकै पिर पारे यिनै नामले । म त झन निकै पीडित बनेको थिय यि नामहरुले किनकी सबै भन्दा अली लुरो कमजोर खालको थिय म मेरा स्कुले साथीहरुमा अनी त अलिकती चर्को स्वर गरे त पिटाइ खाइएला भने डर । फेरी एरुले जतिबेला पनि भेन्टे , खुर्शानी , घैटे , लम्बु , उफ नाम हरु सम्झिदा पनि ......
जे होस् एस् ल् सि सकिए पछी भने कसैले त्यो नाम बाट बोलाउने आँट पनि गरेनन हुन त समयको परिवर्तन संगै सबै कुरा हरु फेरिन थाले । अहिले सबै साथीहरु का नाम सम्झिदा कहिले हाँसो लाग्छ कहिले त निकै मिस पनि गर्ने गर्छु । साथीहरु हजुरहरुका पनि होलान है यस्तै नाम हरु कृपया कोमेन्ट गर्न कन्जुसाइ नगरनु होला है .......

Saturday, June 6, 2009
मैले चोरेको १ रुपैया
पैसा भने पछी त जो पनि हुरुक्कै हुन्छ नै त्यो पनि बाल्यकालमा । सानो हुँदा कसैले मिठाइ खान दियो भने पनि त्यो मान्छे सधैं को प्यारो हुन्थ्यो अनी कतै बाट १ २ पैसा आयो भने पनि नजिकै पसल्तिर गएर मिठाइ खाइहलिन्थ्यो । त्यती बेला अहिलेका बच्चाहरुले जस्तो कागतको नोट् बिरलै मात्रा मिल्दथ्यो । एक सुकी एक मोहोर खल्तिमा भए पछी निकै पैसा भएको भान हुन्थ्यो । स्कुले केटा केटी त परियो आखिर ..
कुरो तेस्तै ४५ ४६ साल तिरको हो म क्लास ३ मा पढ्थे । केटा केटी उमेर भएर हो कि के हो म निकै चक चके थिय केही देख्नु पनि नहुने । घरमा मलाई एउटा काम दिएको थियो गोरु लगाउने जङलमा अनी बेलुका लिना जाने । साथीहरु पनि थुप्रै थिय हामी बिहान गोरु गाई जङल लगाउथ्यौ अनी फेरी बेलुका लिना जान्थ्यौ पनि । जङल्मा बाघ लाउने डर पनि निकै हुन्थ्यो त्यसैले साथिहरुको पनि निकै ठुलो जमात हुन्थ्यो । अनेक खेल पनि खेलिन्थ्यो तेतिबेला अझै बिरेन्द्र सिल प्रतियोगिता हुन्थ्यो अनी स्कुलमा पनि निकै चल्थ्यो होडबाजी पनि । अब कुरो १ रुपियाको गरौ । एक दिन साथीहरु सँग निकै फ्वा पर्यो । यो फ्वा भनेको पैसा लाई फुक्दै पैसा माथि चढाउने अनी जसले चढाउन सक्छ उसैले जित्ने त्यो पैसा । स्कुलबाट भागेर एउटा भिरपानी भन्ने जङ्गल थियो त्यहा गएर यही फ्वा खेल्न थालियो । पैसा गोजिमा हुने कुरा त थिएन तर लाई खेलिन्थ्यो (लाई भनेको यती र उती को हिसाब गर्ने - उधारो भनु जुन पछी तिर्छु भनेर कबुल गरिन्छ )दिन भरी खेलियो तर आफुले लाउन सकिएन तर साथीहरुले भने लगाए अहिले त हिसाब पनि भुले ।
बेलुका घर त जानु पर्यो ४ बजे स्कुल छुट्टी हुन्थ्यो अनी स्कुल बाट निस्केका हरुको हुलमा मिसिएर घर गैइयो पनि । धन्न त्यो दिन दिदी पनि स्कुल नगएको दिन पर्यो नत्र बाबा को राम धुलाई पाइहालिन्थ्यो । वरपर का साथीहरुले भन्ने आँट त गर्ने कुरै भएन किनकी जसले घरमा कुरा लागाइदिन्थे तिनिहरुले त पिटाइ खाइहाल्थे ।
अनी बेलुका उही त हो नि फेरी जङगल गएर गाइगोरु ल्याउनु पर्ने त्यो त दैनिकी नै थियो । साथीहरु मिलेर गैईयो जङगल मा खेल्दै खेल्दै ..
बेलुका खाना खाएर होमवोर्क गर्नु पर्ने दिदिले मलाई दिउसो को स्कुलमा पढेको पाठको बारेमा सोध्नुभयो अब भने कसरी भन्ने बाबा पनि प्रया अगाडि बसेर हामी ले पढेको हेर्नु हुन्थ्यो शायद त्यसलाई गाइड् गरेको भन्छन क्यारे ! अनी मैले दिदिलाई नभएको पनि धेरै धेरै पाठको होमवोर्क छ भनेर देखाइदिए अहिले सम्झिन्छु मैले त्यो दिन दिदी राती १२ बजेसम्मा लेखेर बस्नु भएको थियो । त्यती बेला जाडोको मौसौम थियो अनी बाबाले मलाई उहाको कोट ल्याउन लगाउनु भयो । जब बाबाको कोट मेरो नजरमा आयो हातहरु लुसुक्क खल्तिमा पसिहाले । त्यतिबेला बाबाले भर्खरै पेन्सन बुझेको १ /२ दिन भएको थियो पैसा रहेछ तर मैले लान सक्ने भनेको त जम्मा १ रुपैयाँ मात्रै थियो । हातहरु त निकै कामे तर पनि दिउँसो फ्वा खेलेको रिन को पनि सम्झना आयो अनी डरै डरमा निकाले १ रुपैयाँ । निकाल्न त निकाले तर राख्ने कहाँ निकै डर पो लाग्यो किनकी खल्तिमा राख्यो भने दिदी ले हेर्यो त कुरा लाइदी हाल्छ । बाबालाई कोट दिएपछी पैसा लाई किताब को माझमा हाले अनी रातभरी पैसा सम्झेर सुते त्यती बेला बच्चा नै भएपनी कती बेला उज्यालो होला र भागुला जस्तो भएको थियो ।
बिहान आमालाई भोक लाग्यो भनेर छिट्टो खाना मागे अनी झोला बोकेरै गोरु लगाउन गए । किताब पल्टाएर हेरेको त पैसा नै छैन सबै किताब पल्ताए अहँ छैन । परेन फसाद आफ्नो कर्तुत पक्कै घरमा थाहा पाए जस्तो लाग्यो अब के गर्ने ?
म स्कुल नै नगएर मामा घर तिर सोझिए । बीहानै जादा त मामा घर तिर पनि थाहा पाउलान स्कुल नगएको भनेर फेरी केही साथीहरु हरु संगै दिनभरी भिर पानी को जङल्मा त्यतिबेला काफाल पाक्ने समय थियो चरी ले झै दिनै भरी काफल खाइयो अनी बेलुका मामा घर । मामा घर गएको रमाइलो त हुने नै भयो तर मनमा भने त्यो १ रुपैयाँ को झल्को र बाबा को पिटाइ खाने डर ...
यता घरमा निकै खोजेछन शायद अहिले जस्तो फोन को सुबिधा हुन्थ्यो भने त सास्ती हुने थियना तर घरमा त निकै होहल्ला चलेछ । जहाँ गएपनी भनेर जाने एक्कासी हराउदा अनेक सन्का पनि उब्जिएछ पनि । आमा रुन थालनु भएछ सबै गाउले हरु मिलेर जङल्मा खुज्नु भएछ अनी गाउदेखी तल ठुलो खोला छ हामी सधैं पौडी खेल्न जान्थ्यौ शायद त्यतै पानीमा त डुबेन भनेर सबै खोला सम्मा पुगेछन । आफु भने मामा घर हजुर आमा को माया भुलेछु सबै । रातै भरी घरमा कोही पनि सुतेनन अनी बीहानै तयही पनि मामाको मा गएछ कि भनेर बाबा पुगिहाल्नु भयो मेरो त सातो नै गयो ला ! बुढाले अब नछोड्ने भए । म बाबा लाई देखेर फेरी झोला बोकेर कसैले थाहा नपाउने गरी निस्किए । दिन भरी स्कुलमा गैयो उता अघिल्लो दिन भागेको सजाए पनि पाइयो । स्कुल छुटेर कहाँ जाने भन्ने मनमा ठुलो पिर पर्यो अब घर जाउ त पक्कै बाबा को पिटाइ त भेटिहालिन्छ उफ फसादै फसाद ....
घरै सँग जोडीएको काकाको घर थियो त्यतै छिरे । हजुर आमाले त्यहा पनि निकै माया गर्ने गर्नुहुन्थ्यो मलाई खाने कुरा दिनुभयो म त भोकाएको निकै खाए पनि । हजुर आमा ले मलाई सम्झौदै हुनुहुन्थ्यो आमा नै लिना आउनु भयो । यसलाई केही पनि नगर है जेठि भनेर हजुर आमाले मेरो आमा लाई भन्नु भयो अनी अलिकती सपोर्ट पनि पाए । आमा ले घरमा लगेर धेरै सम्झाउनु भयो शायद केटा केटी भएर पो हो माफि पनि पाए । मलाई त डर त्यो पैसा चोरेको मा पो लागेको थियो त्यस्को त कुरै आउँदैना । म अचम्म मा परे बेलुका चोरेर लुकाएको पैसा भोली बिहान छैन आखिर कहाँ गयो त त्यो १ रुपैयाँ को नोठ । मैले मेरो सबै झोला हेरे सबै किताब हेरे अहँ भेटिएन पनि । तर त्यो पैसाको त घरमा कुरै उठेन मेरो भने सातो मात्रै गएको रहेछ त्यो सातोले सारा परिवार ले दु:ख पाए पनि । पछी मैले दिदी लाई पनि सोधेको थिय तर उहाले पनि नदेखेको कुरा गर्नु भयो । म जब १ रुपैयाँ को नोठ देख्छु आज पनि त्यही बाल्यकाल्को सम्झना आउछ अनी फेरी सोच्छु सम्झन्छु आखिर कहाँ गयो त त्यो जादुमयी १ रुपैयाँ ....
जिबन भनेकै यस्तै घटना ले समेटिएको हुदो रहेछ बाल्यकाल का क्षण हरु जती रमाइला र हास्यस्पद भए पनि जिबन्को मध्यस्थ मा भएका गतिबिधिले भने बाँकी जिबनका दिनहरु पिडा मयी बनाउदा रहेछन । म तुलाना गर्न नै नमिल्ने यि कुराहरु बस यिनै सपनाहरुमा राखेर जिन्दगीका भावी दिनहरुलाई स्मरण गराउन चाहन्छु मेरा मित्र हरु पढिदिनुहोला है ........
Tuesday, June 2, 2009
कहिलेकाँही जिन्दगी लाई फर्केर हेर्दा
भबिस्य काल्पनिक भए पनि बिगत त सधैं आँखामा अल्झिने कतै तिता त कतै रमाइला क्षणहरु बोकेर भए पनि बर्तामानका पलहरु काट्न लाई निकै आनन्द हुने । अहिले जिन्दगी को जती चिन्ता हुन्छ त्यती बेला एक रती पनि डर हुँदैनथ्यो र त गतिलो सँग पढ्न सकिएन पनि । सधैं अल्लारे भयो हिड्यो फेरी त्यती बेलाको लहर पनि तेस्तै साथीभाइ हरु पनि त्यस्तै अनी त के चाहियो र ? हामी हरु भलिबल खेल्न निकै टाढा टाढा जान्थ्यौ सधैं साथमा मादल हुन्थ्यो अनी कोही साथीहरु बाँसुरी निकै राम्रो बजाउथे आफु त निकै कोशीस गर्दा पनि संख फुकेजस्तै हुन्थ्यो अनी साथी हरु गाली पनि गर्थे तर मादल बजाउन भने जहाँ गए पनि आफर आउथ्यो त्यो पनि मेरा काका ले सिकाउनु भएको । गोठालो जाँदाका क्षणहरु त झन साम्झिदा पनि फेरी बच्चा भएर जन्मा लिउं जस्तो हुन्छ मनमा । साथी सुदन , गोविन्दा , झुपे , ईश्वर , ठुले , काइली , गोरी , शोभा , जुना , छायाछरी, सुशिला, बन्दना , कल्पना यि सबै साथीहरु लाई सम्झिदा साच्चै ति दिनहरु अब जिबन्देखी ओझेल परिसकेका छन । शायद सबै आ-आफ्नो कनिकुथरिमै जिन्दगीका पलहरु काटिरहेका होलान । पोहोर साल संयोगले भनौ जुना सँग भेट भयको थियो उनको त ताथे ताथे गर्ने छोरो पनि भाईसकेको रहेछ उनी भन्दै थिन "प्रदिप दाई जिन्दगी भनेकै यस्तै रहेछ " तर मैले चाँही बुझिन कस्तो हो कस्तो हो जिन्दगी आफुलाई त जिन्दगी पानी सुकेको को खोलाको बगर जस्तो अनुभव भाईरहेको छ ।
हाम्रो गाउमा त्यती बेला झाप्रे (अहिलेको बिकसित दिहोरी को पुरानो रुप ) गाउने निकै चलन थियो । कसैको बिहे हुँदा कतै मेला लगाउदा अनी कतै दाउरा घाँस गर्दा ठिट्टा ठिट्टी हरु मिलेर निकै गाउथे । मेरा एक जना दाई हुनुहुन्थ्यो उहा निकै गीत गाउँहुन्थ्यो (यामे दाई ) म सधैं उहाँको पछी लागेर हिड्थे । एक पटक दाई सँग गीत गाउँन पल्लो गाउ अर्जम भन्ने ठाउमा गइयो ओह !! बाबा गीत त यस्तो जमेको कि म भने ताली मात्रै लागाउथे अनी भोलिपल्ट त हात नै फुलेको अनी बाबा ले तलाई बैश आएको गधा भनेर त्यही हातमा लठ्ठी ले हान्दा को पिडा उफ !! अहिले यो लेखिरहँदा पनि हाँसिरहेको छु एक्लै ।
"तालमा माछ्छी पौडेर पर्खि बसे हे ! मायालु डांडौको देउरालीमा म आउछु दौडेर " अनी बम बहादुरको " डाँडैको देबी देउराली माया हो पात बजाउदै झरे है ओराली मै आउछु सम्झी झल्झली " यिनै भाका हरु मेरा ओठमा झुण्डिन्थे सधैं । म काम मा अल्छि अनी खाना चाँही धेरै चाहिने त्यसैले दिदिहरुले बढी माया गरेर मेरो नाम घैटे राखेका थिय अनी जतिबेला पनि त्यही नामले पुकारेर बोलाँउदा आफ्नो त कान्छाडी तातेर आउने गर्थ्यो । यही नमको तालमेल मा मेरो साइली दिदी र म झन्डै २ हप्ता बोलचाल भएन तर एक दिन मेरो स्कुलमा कप्रदी खेल्दा खुट्टो मर्किएर हिंड्न नसक्ने भए अब घर त फर्किनु थियो । दिदी पनि एउटै कलासमा पढ्ने त्यती बेला त बोलचाल नभए पनि नबोलेरै दिदिको बुइ चढेर घरसम्मा आएको थिय आखिर माया त लाग्दो रहेछ नि दिदिलाई पनि उहाँले पनि नबोलेरै मलाई बोकेर घरसम्मा ल्याउनु भयो अहिले मैले जब दिदिलाई फोन गर्दा त्यो कुराको याद दिलाउछु " नकरा घैटे" भन्दै निकै हाँस्नु हुन्छ ।
के गर्नु अहिले पहिलाको जस्तो बातावरण पनि छैन गाउघरतिर सबै नयाँ नेपाल भन्छन सबै लाई नेताजी हरुका खोक्रा भाषाणहरुले छोएको छ सबैलाई अधिकार चाहियोरे अब सबैलाई अधिकार मात्रै चाहियो रे त दिने कसले ? आफ्नो काम गरेर त खान नसकिने स्तिथी भाईरहेको बेला जनताको सर्बोच्चताको कुरा गरेर जनतालाई आगो सल्काएर त्यही आगो को न्यानो छोपेर कुर्ची जोगाउने खेलमा लागेका नेताहरु बाट अझै नेपाली युबाहरुले के आशा गरेका छन कुन्नी र त सडकमै टायर् बालेर एक अर्काको टाउको फुटाएर आँफैलाई असुरक्षित बनाइरहेका छन ।
आफु त बिदेशमा बसेर ततो हाबा मा जिन्दगीका पलहरु खर्च गर्दै भोलिका कोरा कल्पना मात्र गर्नु परीरहेछ । बस कहिले तिनै पुराना जिन्दगीका क्षण हरु त कहिले भोलिका कल्पनाहरु यिनै सपनाहरु बोकेर मात्रा यिनै सपनाहरुमा मित्र हरु पढिदिन र कमेन्ट गरिदिन कन्जुसाइ नगरिदिनु होला है ! अहिले लाई यत्ती नै "जदौ "!!

Monday, June 1, 2009
सभासदको आत्मकथा
ग्रिस श्रिस मगर
वनमा लुकेर लास बस्थ्यो
र आतंक बनेर हर रात
घर घरमा पस्ने गथ्र्यो
सुन्तलाका बोटबाट
रगतका धारासँग लास खस्थ्यो
नदीमा बग्थ्यो लास
बाटोमा हिड्थ्यो लास
र छेकेर बाटो मसान हातहरूले
मानवता र स्वतन्त्रतालाई खोस्थ्यो लास
म तिनै लासहरूको घेराबाट मुक्त भएपछि
पसेको हुँ काठमान्डू ।
म मेरो गाउँलाई लासमुक्त बनाउन चाहन्थेँ
म मेरो देशलाई लासमुक्त बनाउन चाहन्थेँ
म चाहन्थेँ सारा विश्वलाई
लासमुक्त बनाउन,
त्यही कामको प्रारम्भ गर्न चाहन्थेँ म
काठमान्डूबाट ।
दुनियाँलाई लासमुक्त बनाउन
म किताबमा लिपीवद्ध गर्न चाहन्थेँ
जनताको कानुनलाई
टिपेर सहिद इच्छाहरू लयबद्ध गर्न चाहन्थेँ
सुख, समृद्धि र शान्तिको धुनलाई
म बाँड्न चाहन्थेँ काठमान्डूबाट
अबोध अनाथ नानीहरूलाई सुन्दर भविष्य
असहाय असक्त वृद्धहरूलाई सुरक्षित वर्तमान
सक्रिय तन्नेरीहरूलाई थप सक्रियता र सृजना
काठमान्डूबाट म त्यस्तो व्यवस्था गर्न चाहन्थेँ
कि स्वास्नीहरूको सिउँदोमा अनायास
लोग्नेहरूको अस्थि-खरानी खस्न नपाओस्
कहीँ कतै सुदूर दुर्गम गाउँसम्म पनि
अनिकाल र दुःख पस्न नपाओस्
हर साँझबिहान सबका हात हातमा होस्
कमसेकम एक एक थाल
जसमा होस् कमसेकम दाल र भात
सबको शिरमा होस् कमसेकम असार ओत्ने एउटा घर
जहा” पस्न नपाओस् लासको उन्माद ।
काठमान्डू त झन् लासहरूको खाल्डो रहेछ
फूलहरूका बलात्कृत कुमारी आकांक्षा
काकाकुलहरूका अतृप्त प्यास
समयका कृष्णभीर भत्केका सपना
सबका सब अनुदित भएका छन् लासमा
काठमान्डू मानौँ
लासहरूको संग्राहलय भएको छ
टाँगिएको छ जहाँ लासहरूकै सामूहिक चित्र
होचिदैं गएका अग्ला अग्ला प्रशासनिक भवन
र न्यायलयजस्ता देखिने जीर्ण घरभित्र
लासहरूले नै चलाइरहेछन्
विश्वास हराउँदै गएका शक्ति तथा सुरक्षा केन्द्र
र खूद संविधानसभा
जहाँ बसिरहेको छु म किंकर्तव्यविमूढ
निन्द्रा निम्त्याउन समर्थ आरामदायक कुर्चीमा ।
यी सब कुरा
काठमान्डू पसेपछि थाहा भयो मलाई
तर थाहा भएन बिलकुल
कि कतिखेर मरे
मेरा सारा संवेदना र सिद्धान्तहरू
मेरा सारा इच्छा र संभावनाहरू
लासविरुद्धको मेरो अभियान
र त्यसप्रतिको अटल विश्वास,
थाहा भएन कि काठमान्डू पसेपछि
कुन विन्दुमा भएँ म स्वयं लास ?
एक सभासद्को जिउँदो लास ।

Subscribe to:
Posts (Atom)