Saturday, September 27, 2014

कथा: यसपाली म दशै मनाउछु

हाम्लो घर मा खसी कहिले ल्याउने बाबा ?

५ बर्षे छोराको प्रश्न ले म झसँग भए । पल्लो घरका भरत काकाले आँगन मा बाँधेको खसी देखेर पो सोधेको रहेछ । दसैं नजिकिदै थियो, गाँउमा प्रदेसी हरु फर्किरहेका थिए । मुस्ताङ तिर बाट एक हुल भेडा च्यङ्रगा हरु गाउमा छिराइसकेका थिए ब्यापारिहरुले । आमा पिढिमा चामल केलाउदै हुनुहुदो रहेछ छोराको प्रश्न सुनेर म तिर पुल्लुक्क हेर्नु भयो । आमा का अनुहार भरी प्रश्न थिए जस्लाई मैले बुझेर पनि बुझ पचाइदिए वा मैले आफ्नो लाज छोप्नलाई नबुझेको जस्तो गरेको छु । एकछिनको लागि मानौ म ढुङ्गा हुँ न मन्दिर मा राख्न मिल्ने न बगर मा फ्याल्न मिल्ने । आमा कती महान हुन्छन भन्ने कुरा मैले मेरी आमा बाटै जानेको छु जसरी मेरी आमाले मलाई जानेकी छिन् त्यसैले पनि मुटुमा भक्कनो पारेर भए पनि मेरी आमाले मलाई कहिले पनि प्रश्न गर्दिनन।

भोली पर्सी ल्याउने ल खसी मैले छोरोको चित्त बुझाउनलाई त्यतिकै ढाटिदिन्छु । मेरो बुडिले सल्लघारी बाट ल्याएको सिप्ठानो लाई डोरिले बाँधेर खसी बनाईदिएकी रहिछिन छोरोको खेलाउना । त्यसैलाइ लतार्दै म्या म्या भन्दै छोरो गयो घर पछाडि तिर खेल्न । यता मेरो मन मा सियोले कोपे जस्तै भयो । मेरो बिगतको जिन्दगी आँखामा नाच्न थाल्यो । 

दसैं नमानेको पनि झन्डै १० बर्षा जती भएछ । २०६० सालतिर भूमिगत भए पछी मलाई धर्म पर्ती नै विश्वाश लागेन या भनौ हामी कम्निस्टहरुले दसैं मनाउनु हुन्न वा कथित धर्म कर्मा मा विश्वाश राख्न हुन्न भनेर सिकियो पार्टिमा । गरीब का लागि लड्न हिंडेका हामी सिपाही, मुक्तिका लागि बन्दुक बोकेर हिंडे पछी जात, बर्ग, धर्म र बर्ण जस्ता कुरा मा अल्झेर पनि भएन । हामी त बर्ग संघर्शका गीत हरु सुसेल्दै, भिर पहाड छिचोल्दै प्रतिगामी हरु लाई ढलाउन अघी बढीरहेका थियौ । परिवर्तन कै लागि हजारौ साथीहरुले जिबनको आहुती दिनु भयो, दुस्मन का छातीमा गोली बर्षाएर गरीब का दिनहरु ल्याउन हिंडेका हामीहरु नाथे दुई चार गेडा चामल निधार मा टाँसेर दसैं मनाउनुको कुनै अर्थ थिएन । त्यसैले पनि घर परिवार को सम्झना आए पनि मलाई यो दसैं तिहार को सम्झना कहिले पनि आएन बरु यि दिनमा हामीले कहिले रोल्पाको लिवाङ मा "जिन्दबाद जिन्दाबाद प्रचन्डपथ जिन्दबाद" भन्दै गीत घन्काएर नाच्यौ त कहिले सल्यान तिर "गाउबस्तीमा चल्दै छ जनशासन" भन्दै गीत गाउदै रमायौ । हाम्रो लडाईंको उदेस्य भनेकै देसमा समान हक अघिकार ल्याउनु वा धनी गरीब को बिचमा समानता ल्याउनु मैले त्यही बुझेर नै घरमा बुढा बाबा आमालाई छोडेर बन्दुक बोकेर हिंडेको थिए जनयुद्द तिर । म भूमिगत भए पछी घर मा भएका बाउ आमाले पुलिसको कुटाइ खाएका थिए, एउटा भाई थियो त्यो पनि डर ले गर्दा कहिले पनि घर मा बस्न पाएन । हाम्रो परान पनि दुस्मन को कुन गोलिमा अडिएको छ हामीलाई नै थाहा हुँदैनथ्यो तर पनि जनताको लागि भनेर दिन रात नभनी भोक प्यास नठानी हामी हिड्दै गयौ प्रचण्ड पथमा । लड्दै गयौ जङल मा । 

देसमा १२ बुँदे सान्ती सम्झौता भयो । हाम्रो पार्टिले पनि जनयुद्दलाई रोकेर देस र जनताको लागि, सान्ती अमन चयन् को निमित्त उक्त सम्झौता पत्र मा हस्तक्षार गरेको थियो अझ भनौ हाम्रो लडाईं लाई बिसर्जन गरेको थियो । हामी लाडाकु हरु लाई त्यो दिन आफ्नो पार्टी नेत्रित्व ले दुस्मन को अगाडि घुँडा टेक्यो कि भने सन्का उब्जिए पनि देस र जनता को खातिर हामीले पार्टी हाइकमान्ड को आदेस बमोजिम चुपचाप बख्तरबन्द का सामान हरु मिलाउन थालयौ । हाम्रा लाल सेना हरु छाती फुलाउदै बिजयको रँग छर्दै जङल बाट गाउ त गाँउ गाँउ हुँदै क्यान्टेमेन्ट तिर हिंड्न थाले । हाम्रो बटालियन् पनि मार्च पास गर्दै चितवन को सक्तिखोर मा आयो । हाम्रा दिनचार्या फेरिदै गए कहिले काही यस्तो लाग्दथ्यो हामी लडाकु हरु क्रेन का स्पेयर पार्ट्स जसरी स्टोर मा थन्काईेएका छौ तर पनि सहीद् का सपना पुरा हुनेमा अझ गरीब का दिनहरु फर्किने मा हामी ढुक्क थियौ । बेला बेला मा क्यान्टेण्मेण्टमा हुने सिर्श नेताका भाषाण र प्रशिक्षणहरुले पनि हामिलाई आसातित बनाउथे । बेला बेला मा कमान्डरहरु बिच पनि उथुल् पुथुल् हुने गर्दथ्यो, कोही कमरेड हरु पार्टि नेत्रित्वले लाइन बिर्सियो भन्नु हुन्थ्यो, कसै कसैले हैन !! देस र जनताकै लागि यो कदम अपरिहार्य भएको भनेर बुझाउनुहुन्थ्यो आखिर जे भए पनि हामी हेड्क्वाटर माथि भरोसा राखेर पार्टी प्रोटोकलमै चलिरहेका थियौ । जारी सान्ती प्रकृयाको समर्थनमा मार्च पास गरिरहेका थियौ । 
  सक्तिखोर का जङलहरुमा पनि कोइली ले गीत गाउँन थाले । बसन्त को आगमन सँगै सिरिसहरु फुल्न थाले तर हामीलाई थाहा थिएन हाम्रो जिन्दगी फुल्दथ्यो वा कोपिला मै झर्दथ्यो अझ भनौ हामीलाई हाम्रो जिन्दगी को मतलब नै थिएन । हामी त परिवर्तनका लागि हिंडेका क्रान्तिकारी  थियौ, हामीले आफ्नो भन्दा पनि देस र जनताको परिवर्तनको सपना बुनिरहेका थियौ । अनमिनको लाडाकु प्रमाणिक प्रकृया पनि सुरु भयो हाम्रो क्यान्टेण्मेण्टमा । मान्छे ले जे नहोस् भन्यो त्यही हुन्छ रे भन्थे हो रहेछ आखिर नचाहेकै कुरो भयो म पनि अयोग्य भए । म सँगै कमरेड  सिरिष, कमरेड गंगा, कमरेड आहुती अनी अरु थुप्रै कमरेड हरु अयोग्य  हुनु भयो । हामी संगै लडाईं सुरु गरेका केही कमरेड हरु भने योग्य हुनु भएको थियो । पानीको एउटै कुवा मा दुई रङ देखिएको थियो हुन त सङ्लो पानीलाई भ्यागुताले धमिलाईदिए पछी नहोस् पनि कसरी । केही कमरेड हरु हात मिलाउदै जितको गर्ब गर्नु भएको थियो भने हामी बिना प्रतियोगिताको लडाईं लढेर हारेका थियौ । एक निसाना नचुकेको मेरो फायरिङ्ग, एउटा भुते खुकुरिको भरमा दुस्मन माथि धाबा बोल्ने हाम्रो साहस, लगातार ३६ घण्टा युद्द लडेको छाती माथि आज अयोग्य को छाप लागेको थियो । यो अयोग्य भनेको के हो आँफ्नै मन्ले आँफैलाई सोधिरहयो ??  
यो एउटा सान्ती प्रकृया हो हामीले हाइकमाण्ड लाई सहयोग गर्नु पर्छ । फेरी तपाईंहरुलाई पार्टिले अयोग्य ठानेको त छैन नि ! पार्टिले तपाईंहरुको योगदान लाई सधैं उच्च मुल्याङ्कन गर्ने छ बिदाइ गर्न जम्मा भएका सिनियर कमरेड हरु ले हामीलाई सम्झाउदै हुनुहुन्थ्यो । यत्रो बर्षा सँगै काम गरेका सँगै बसेका साथी भाईहरु सँग छुट्टीदा भने मन सार्है दुख्दो रहेछ । कमरेड साहना, कमरेड झरना, कमरेड बबिता का आँसु हरु थामिन सकेका थिएनन उहाँहरु सुँक्क सुँक्क गर्दै हुनुहुन्थ्यो । मैले सक्तिखोरको  सिबिर लाई एक फन्को मारे, सहिद्का सालीकहरुमा माल्यर्पण गरे अनी सबै प्रकृया पुरा गरेर अनमिन ले दिएको बाटो खर्च थापेर बस चढे । कमरेड हरुले हात हल्लाउनु भयो, फेरी भेट होला नि भन्दै मैले पनी हात हल्लाउदै हिंडे । मन अमिलो भयो, एउटा जिन्दगी नै हारेको अनुभुती भयो ।  बसले जती गती लिन्थ्यो मेरा आँखामा पनि त्यही स्पिडमा बिगतका घट्ना नाँचिरहे ।

जती जे भए पनि जानु त घरै थियो । मलाई देखेर मेरा घर परिवार खुशी भए पनि गाउका मान्छे हरु कुरा काट्दथे । गाउले को नजर मा म एक अयोग्य लडाकु  देखिएको थिए भने प्रतिगामी तत्वहरु ले औंला  उठाउने प्रयास गर्दै थिए । कती बेला त लाग्थ्यो सँगै लड्दा सहादत् प्राप्त गरेका कमरेडहरु सँगै म पनि किन मरिन । पार्टिले हामीलाई फेरी बालाजु सेल्टर मा बोलायो । धेरै कमरेड हरु हतोत्साही हुनु भएको थियो, युद्दमा देखिएका जोस, कला सबै सिथिल भएका थिए । हामी केही महिना पार्टिले दिएको बालाजु सेल्टरमै बस्यौ । कतिपय साथीहरु अनमिन ले दिएको घडी मोबाइल बनाउने तालिम लिदै थिए मलाई भने कुनै दिल चस्पी थिएन त्यो । म आफ्नो जिबिको पर्जनको खोजिमा लडाकु बनेको थिइन न त घडी र मोबाइल मर्मत तालिम कै लागि बन्दुक बोकेको थिए । मैले सपना देखेको थिए मुक्तिको, समानताको, शान्तिको अनी बिकासको तर यती बेला ति सपनाका टुसाहारु कहाँ चुँडिदै थिए म स्वयमलाई थाहा थिएन । पार्टिमा पनि धेरै खेमाहरु देखिन थालेका थिए । 0६२ / 0६३ पछी पार्टिमा प्रबेस गरेका हरुको हालिमुहाली चल्दै गरेको देखिन्थ्यो, हाइकमान्ड का नजीक पनि उनिहरुको नै आवतजावत बढी थियो । पछी मिडियामा चेक् प्रकरण सुनियो, हुँदा हुँदा पार्टी नै बिभाजित भयो । कोही साथी कता लागे कोही कता मलाई भने अत्मग्लानी हुन थाल्यो । सपनामा पनि युद्दमा मारिएका कमरेड हरुको रुन्चे अनुहारहरु देख्न थाले । मेरो आत्मले मानेन त्यहा भात खाएर बस्न, मैले भनिहाले नि कम्तिमा पनि म आफ्नो ज्यान पाल्न पार्टिमा हिंडेको थीईन ।   न त अकुत सम्पत्ति कमाउन मैले बन्दुक बोकेको थिए । म पार्टी छोडेर हिंडे ।
जहाँ गए पनि फर्किनु त आखिर घरमै थियो । युद्दमा हुँदै मैले पिता जि लाई गुमाइसकेको थिए । रुढिबादी चलन भनेर मैले बाबुको किरिया क्रम पनि गरिन त्यसैले पनि भाईहरुले मलाई त्यती गतिलो मान्दैनथे न अरु आफन्तले । केही महिना पछी मैले बिहे गरे अनी एकजना आफन्तको सहयोग मा साउदी अरब छिरेको थिए ।  आज पुरा पुरा ५ बर्षा पछी म आफ्नो घर फर्केको थिए । छातीमा जनयुद्दले लागेको दाग र सम्झना बाहेक अरु साईनो बाँकी थिएन म सँग । आफु भन्दा धेरै पछी पार्टी मा लागेका साथीहरु आजकाल शहर तिर गाडी चढेर हिंड्ने रहेछन उनिहरुले चिन्ने कुरै भएन न त पेरिस डांडा तिर छिरेर आफुलाई रिन्यु गराउनु नै मन थियो । मलाई साउदी अरब छिरेको मा कुनै पस्चाताप किन लागेन भने कमसेकम मेरो पसिनाको कमाइले मेरो परिवार मा त खुशी छन । म आँगन को डिलमा बसेर यस्तै सोचिरहेको थिए ।

दाई !! दाई !! कसैले घर मुन्तिर बाट बोलायो । तल्लघरे गोबिन्दे भाई रहेछ । आउनुहोस् खसी काट्न जाउ दाई भरत काकाको मा उस्ले हातमा समाएको खुकुरी देखाउदै मलाई बोलायो । तिमी हरु जादै गर म आउछु । अघी मेरो छोराले देखेको खसी म्या म्या कराइरहेको थियो काकाको घरमा । म दुबिधा मा परे ! रुढिबादी चलन भनेर मैले आफ्नै धर्मलाई चुनौती दिए, आफ्नै बाउ को किरिया गरिन, धेरै  दसैंमा टिका लगाइन अब म के गरु ? मन भित्र भित्र पोल्न थाल्यो । एकातिर घर मा धेरै बर्षा पछी दसैं जस्तो पर्ब मा छोरा घरमा भएको हुँदा आमा निकै खुशी हुनु भएको थियो भने श्रीमती ले निकै जोरजाम गर्न थालेकि छे म कसरी यिनिहरु लाई भनु कि म कम्न्युस्ट हुँ टिका लाउदिन भनेर ? तिमीहरुको रुढिबादी दशै मान्दिन भनेर ?? उफ्फ मेरो मथिङल घुम्न थाल्यो फेरी पार्टी परिबेसमै फर्किए । हामीलाई कम्निस्टहरुले रुढिबादी चलन मान्नुहुन्न भनेर सिकाउने हाइकमाण्ड हरु आफ्ना बाउआमा बोकेर मनकामना मन्दिर को दर्शन मा जान्छन, आफ्ना सपरिवारसाथ मानसरोबरको तिर्थ यात्रामा निस्किन थाले भने म जुन धर्म र सस्क्र्तिमा जन्मिए, हुर्किए अनी त्यही धर्म लाई टेकेर कसरी रुढिबादी भनेर हिडु अब पनि । एकाएक मेरा आँखा मा बाल्यकाल देखी प्रौढ हुँदा सम्मका क्षणहरु नाँच्न थाले । सानोमा बाबाको हात समाउदै मामा घर गएको अनी टिका थाप्दा बटुलेको पैसा, साथी भाई मिलेर खेल्ने लिङे पिङ, दसैं मेला, आमाले खान दिने कुराउनी, दिदिले घरबाट माइत आउँदा ल्याएको अंम्बा झोला बाट चोरेर खाएको अनी निधारभरी को टिका र कानमा सिउरेको जमरा सम्झेर मेरा आँखा रसाए । आफुले आफुलाई धेरै केलाए अनी निर्णय लिए हो मैले अब दसैं मनाउछु ।

छोरो फेरी म्या म्या भन्दै त्यही सिप्ठानाको खसी समाएर मेरो सामु आयो । मैले च्याप्प उस्का हात समाए अनी फटाफट लागे पल्लोघरे भरत काकाको घरतिर । केटाहरुले खसी ढ्लाइसकेछन, रौं खुर्किदै थिए । भरत काका भने कम्सेकम २५ किलो छ यो खसी भन्दै हुनुहुन्थ्यो । म चुपचाप भाईहरु सँगै खसी को रौँ खुर्किन थाले ।
=================== समाप्त =============================

ज्यामरुककोट म्याग्दी 
हाल: दुबई युएई 






Monday, September 22, 2014

गजल



ऊ आउछे मेरो सामु अनी खै ! किन लजाउछे 
मलाई नहेरेरै हातको चुरा खै ! किन बजाउछे 

मलाई मन पर्दैन त्यो बगैचा जहाँ भँवरा भुन्भुनिन्छन 
जानेर पनि उस्ले चुल्ठोमा फुल खै ! किन सजाउछे 

म हिंड्ने बाटै अप्ठ्यारो, गीत सुनेर कहाँ हुन्छ र 
मलाई देख्यो कि उस्ले चिच्याएर खै ! किन कराउछे 

म पत्थर बनेको छु , बगरतिरै फ्याँकिदिए हुनी बरु 
जौ तिल चढाएर उस्ले दुँनिया खै !! किन हसाउछे  



















ज्यामरुककोट म्याग्दी 
हाल : दुबई यु ए ई 

Tuesday, September 16, 2014

कथा : अन्तिम पत्र

ओई ! काले आईज यता बाट जाम (जाउँ )

उस्ले अरुले नसुन्ने गरी मलाई बोलाई । हामी सँग अरु दौतरी हरु पनि थिए संगै घाँस दाउरा गर्न गएका, कोही आफ्ना बाख्रा चराउन मात्रै गएका थिए । हामी सबै मिलेर धुले ओढार मुनी राज्य खेल्दथ्यौ, कोही गट्टा खेल्थे, कसैले गीत गाउदै घासको भारी मिलाउथे । खुबै रमाइलो हुन्थ्यो हाम्रो त्यो शनिबार को दिन । हामी सथी सङीहरु सबैले शनिबार कता जाने भनेर शुक्रबार नै सरसल्लाह गर्दथ्यौ तर प्रया हामी त्यही धुले ओढार को जङल तिरै जान्थ्यौ । सारीला, बन्दना, ललिसा, सोमा हाम्रो ग्रुपमा निकै मिल्ने केटीहरु थिए तर किन हो कुन्नी मलाई सोमा निकै मन पर्थी । उस्ले मलाई सधैं काले भनेर बोलाउथी म भने उस्लाई थेप्चे भनिदिन्थे , यसरी थेप्चे भनेको शायद उस्लाई मन पर्दैनथ्यो क्यारे म सँग धेरै बेर बोल्दिनथी अनी मैले नै कान समाएर माफि माग्नु पर्दथ्यो । मैले माफि मागेको देखेर ऊ थेप्चे नाक फुलाउदै खुशी हुन्थी अनी फेरी काले भन्दै फिस्स हास्थी ।

सोमा मगरकी छोरी, उस्को घर हाम्रो गाउदेखी २ दिन हिंडेसी मात्रै पुगिन्छ रे यहाँ भने उस्को मामाको घर । हाम्रो गाउमा एउटै मात्रा मगरको घर सोमाको मामा लाई सबैले हुलाकी दाई भनेर बोलाउथे किनकी उन्ले त्यतिबेला हुलाक मा चिट्ठी पत्र बोकेर घर घर पुराउने काम गर्थे । यही काम गर्न हाम्रो गाउको हुलाक मा आएका हुलाकी दाइले पछी परिवार यतै ल्याएर घर बनाएर बसेका रहेछन । सोमाको गाउमा स्कुल टाढा छ रे उनको घर देखी २ घण्टा हिंडेसी बल्ल हाइस्कुल पुगिन्छ रे त्यसैले उन्ले मामा गाउको स्कुलमा पढ्न बसेकी । हरेक शनिबार हामी दाउरा घांस गर्न यसरी नै साथी भाई मिलेर जङल जाने गर्दथ्यौ ।

त्यसरी साथी भाई छोडेर जाम भनेर कहिले नि भन्दैनथी उस्ले तर आज के भएछ यो मगर्नी लाई भन्दै म उस्को पछी पछी लागे । तिमी हरु हिडिसकेका हौ र, अल्ली माथि घाँस काट्दै गरेकी सारीला ले हामी लाई देखेर सोधिन । तिमीहरु आउँदै गर है आज मलाई चाडो जान छ भनेर सोमाले नै जबाफ दीई । हामी दुई घाँसको भारी बोकेर हिड्यौ । ऊ अघी अघी थीई म पछी पछी हिड्दै थिए, अरुबेला त्यती धेरै कुरा गर्ने यस्लाई के भएछ कुन्नी आज नबोली नबोली हिंडेकी छे । एक छीन म पनि चुपचाप् हिंडे तर मनले सुकै दिएन आखिर के भएछ यस्लाई । थेप्चे किन नबोलेकी मैले यती मात्रै के भनेको थिए उस्ले बोकेको भारी फ्यात्त फ्यालेर उभीई मेरो भने सातो नै गयो । हैन आज के भएछ यस्लाई मैले पनि बोकेको भारी राखेर उस्को नजिकै पुगे ।
 ए !! थेप्चे के भो तलाई
काले अहिले पिर परेको बेला जिस्काउछस उस्ले ठुस्किदै बोली ।
हैन भन न के भयो तलाई नभनी कन तेरो मनमा पिर परेको छ भनेर थाहा पाउने म अन्तरयामी हैन क्यारे । मैले यती भनेपछी बल्ल उस्ले भन्न् थाली
हेर न काले !! मामाले अब पढ्न पर्दैन बिहे गर तिम्रो घर बाट खबर आएको छ छिट्टै पठाइदिनु केटो पल्टन बाट छुट्टी आएको छ रे भनेर भन्छन ।
अनी गर न त बिहे आखिर एकदिन गर्न परीहाल्छ क्यारे मैले झन जिस्काइदिन्छु सोमा ठुस्केर मुन्टो बटार्छे । के भन्ने के नभन्ने मलाई त्यती हेक्का नै भएन तर किन हो किन मेरो मनमा पनि कस्तो न कस्तो भयो । मैले नै कुरा निकाले फेरी अनी के गर्नी बिचार छ त तेरो ।
मेरो त अझै पढ्ने बिचार  थियो तर के गर्नी घरकाले यस्तो भन्छन मलाई त मर्नु जस्तै भएको छ काले ऊ मेरो नजिकै आएर थचक्क बस्छे ।

    सोमा पढाई मा निकै जेहेन्दार बिद्यार्थी थीई । नौ कक्षामा सेकेन्ड नम्बर थियो उस्को अनी स्कुल ले पनि आसा गरेको विद्यार्थी मा पर्दथीई । उनको पढाई राम्रो भएकोले हुलाकी दाई निकै खुशी हुन्थे अनी सबै सँग भन्थे मेरो भान्जिले मेरो नाक राख्छ । यो बाहुन का छोराछोरी लाई जितेर ल्यायो । भान्जिको पढाई देखेर त्यस्तो खुशी हुने मामाले किन एक्कासी बिहेको कुरा निकालेछन म पनि छक्क पर्दै सोच्दै थिए सोमा त रुन पो थाली । किन रोएकी त अब रोएर हुने हो त मैले उस्लाई सम्झाउन खोज्छु । म के गरौ त काले भन न मलाई पटक्कै बिहे गर्ने मन नै छैन । म सँग पनि कुनै जबाफ थिएन न त बुझ्न नै सक्थे उस्को पिर । म पनि कक्षा १० मा पढ्ने विद्यार्थी न थिए । त्यही पनि केही सोच्दै नसोची म छु नि थेप्चे तेरो लागि त चिन्ता नगर भनेर  भने शायद उस्को मनले के सोची कुन्नी आसु पुछ्दै काले भन्दै फिस्स हाँसी ।

एकछिन पछी हामी दुबै जना कुरा गर्दै गर्दै घर आईयो । मेरो मन मा भने एक किसिमको सहिनसक्नु को पिडा बोध भयो । आमाले मोही र रोटी दिनु भयो तर किन हो कुन्नी मलाई खानै मन लागेन । एक त सोमा मेरी मिल्ने साथी हो , उ र म मिलेको देखेर गाउमा कुरा काट्ने हरु पनि भित्र भित्र नभएका हैनन । फेरी मैले किन म छु भनेर भने उस्लाई अहँ केह सोच्नै सकिन । मेरो मन मा उश प्रती माया नभएको हैन तर त्यो हाम्रो माया र अरुले कुरा काट्ने माया मा धेरै फरक थियो फेरी पनि मेरो मन मा तरङ फैलिन छोडेन । जसरी तलाउमा सानो ढुङ्गाले हान्दा तरङ फैलिएर किनारा सम्मा पुग्थ्यो त्यसै गरी मेरा मनभित्र कुरा हरु खेल्न थाले । रिम रिम साँझ परेको थियो, आकाश मा बादल टम्मै देखिएको थियो यसो सोचे बादल ले आकाश ढाकेको त सबैले देख्छन बिचरीको मनमा लागेको बादल त मैले मात्रै देखेको छु हैन केही त गर्नै पर्छ । म सरासर भबिन्द्र मामाको घर तिर लागे उहाँ गाउमा एक अकर्सक ब्यक्तित्व हुनुहुन्थ्यो, हामी उमेर ले तीन चार साल का फरक भए पनि साथी जसरी नै मिल्ने गर्दथ्यौ । उहाले धेरैलाई राम्रा राम्रा कुरा हरु मात्रै सिकाउनु हुन्थ्यो एक किसिमको प्रेरणा जगाउनुहुन्थ्यो हामीलाई अनी मैले केही सुझाब सहयोग लिना पर्‍यो कि उहा सँग गैहाल्थे ।
मामा घर मै हुनुहुदो रहेछ मैले फटाफट कुराको बोलिबिस्तार लगाए । उहा पनि छक्क पर्नु भो के गर्नी त भानिज हामिले अब उन्को परिवारले त्यस्तो आटेको छ भने त्यही पनि जाउन हुलकी दाइकोमा गएसी कुरो बुझिएला भबिन्द्र मामाले जुरुक्क उठ्दै भन्नु भयो अनी म पनि मामा संगै हिंडे । साँझ झ्याम्मा परिसकेको थियो गाउमा सबैको घर मा बत्ती बलिसकेको थियो, कुकुर हरु भुकिरहेका थिए ।

हुलाकी दाई घरमै हुनुहुदोरहेछ हामी पुग्दा । जाँडको बटुको तान्दै भैंसीको लागि दाम्लो बाटिरहनु भएको थियो हामीलाई देखेर ति दुबै चिजलाई साइड लगाइ कुरा गर्न थालनु भो । सोमा धारा मा पानी लिना गएकी रहिछे एकछिन मा गाग्री बोकेर आई। भबिन्द्र मामाले कुरा झिक्नु भयो उता हुलाकी दाइले झन ठुलो कुरो को चुरो खोल्नु भयो । के गर्नी भाई यि भान्जी लाई पढाउने मेरो पनि धोका हो तर हामी मगर को जातै यस्तै छोरीलाई पहिला नै टिका लगएर दिने चलन । अब सोमा का बाबाले पनि यिनी आठ बर्षा हुँदैमा आफ्नो दिदिको छोरालाई टिका लगाएर दिएका थिए अहिले भन्जा पल्टन बाट छुट्टी आएका छन बिहे नगरि हुँदैन भन्छन रे ! बिहे गरेर पल्टन तिरै लाने कुरा चलेको छ मैले अर्काको छोरीलाई दिन्न भनेर भैन यती भन्दा उनको अनुहार मा पनि एककिसिमको बेखुसी देखिएको थियो । म झन अबाक बने कुनै शब्द थिएन बोल्न को लागि बिस्तारै सोमा तिर नजर लगाए उस्ले पनि म तिर हेर्दै रहिछे हाम्रा आँखा चार भए । बढे रुख को छाया परे जस्तो चमक हराइरहेको थियो उस्को अनुहार मा, मैले धेरै बेर नजर जुधाउन सकिन अनी भुई तिर हेरे । भबिन्द्र मामाले केही भन्दै हुनुहुन्थ्यो हुलाकी दाइलाई तर ति बिचरा दाइलाई भन्नुको कुनै अर्थ नै थिएन किनकी उनी स्वयम चाहदैनथे सोमाको बिहे होस् भनेर तर के गर्नु संस्कारको अगाडि उनको रहर पनि झुकिसकेको थियो ।

मलाई राती निन्द्रा नै परेन । आँखा मा अनेक झझल्काहरु खेल्न थाले । किन म यसरी छटपटिएको छु आखिर सोमा र म मात्रा एउटा साथी न हौ एक मन ले भन्थ्यो भने अर्को मनले बिचरी आफ्ना काइना पलाएका रहरहरु चुडिन पुग्दा कती बिक्षप्त बनेकी होलिन भनेर सोच्दथ्यो । आखिर सोच्न बाहेक मैले गर्न सक्ने अरु केही पनी त थिएन । रात कसरी कट्यो थाहै भएन बिहान उठेर घरको काम गरे । सधैं हामी संगै स्कुल जान्थ्यौ तर त्यो दिनमा सोमा निर्धरित समय सम्मा नआएपछी म अरु दिदिहरु सँग स्कुल गए उस्को र मेरो क्लास भिन्दै भएकोले हाफ टाइम मा चौर तिर खोजे तर भेटिन । बेलुका घर नजिकै को धारामा पुगेको सोमा पनि अघी देखी त्यही बसिरहेकी रहिछे ।

थेप्चे कहाँ मरेकी होस् र आज स्कुल मा देखिन त ? मैले नै बोलाए उस्लाई ।
आफु त अब मरे जस्तै हो नि काले के गर्नु मन ले चाहेर नहुनी सोमाले मलिनो स्वर मा बोली । यसरी चिन्ता गरेर हुन्छ त घर मा गएर सम्झाइ बाबा आमालाई अनी त्यो केटोले नि बुझ्ला नि आखिर पल्टने लाहुरे परेछ । मैले यती भन्दै थिए ऊ जुरुक्क उठेर मेरो हात समाइ अनी रुन थाली ।
हेर काले किन हो किन मलाई तेरो नजिक आईरहन मन लाग्छ , तलाई भेटे भने मेरो जिबन मा जुन उदाएको जस्तो अनुभुती हुन्छ । म कसरी जाँउ त्यो बिरानो ठाउमा किनकी त्यहाँ तेरो नाम हुँदैन, कसैले मलाई थेप्चे भनेर बोलाउने छैन । सोमा सुँक्क सुँक्क गर्न थाली यता म स्खलित भए आँफैभित्र । कस्तो अपेक्षा पालेर बसेकी रहिछे सोमा । हो हामी धेरै मिल्थ्यौ मलाई पनि उसले  दिन सक्ने न्यानोपनको आभास नभएको हैन तर त्यतिबेला म सँग कुनै हिम्मत थिएन । के भनौ के नभनौ भएर चुपचाप् उभिरहेको थिए उसै सँग । 

काले किन बोल्दैनौ तिमी ? के मैले तिम्रो सामिप्यता खोज्नु गल्ती हो ? फेरी बोली सोमा । के तिमी मलाई अपनाउन सक्छौ ? मेरो रक्षा गर्न  तिमी मा कुनै आँट छ ? 

उसका प्रश्नहरुले एकै चोटि प्रहार गर्छन् मलाई । हुन त मैले सोमालाई नचाहेको हैन तर पनि मेरा आफ्नै बाध्यता थिए, परिवार थियो जस्ले म माथि एउटा सपना पालेको थियो बर्षौ देखी जुन सपना साकार पार्न मैले चाहेर पनि कुनै निर्णय गर्न सक्ने अवस्थामा थिईन म । 

सबै कुरा हामीले चाहेको कहाँ हुन्छ र हेर यती बेला म चाहेर पनि तलाई साथ दिन सक्दिन किनकी जिबनको यो खुट्किलो मा अझै केही इटाहरु थप्नु छ बलियो बनाउन अनी मात्रै यो कुरा निर्णय गर्न सक्नेछु । मैले यती के भन्दै थिए उस्ले मेरो हात छोडेर रुदै हिडि । म उभिएर हेरे मात्र । हात खुट्टा गलेर आए के गर्नु कता जाउँ केही सोच्नै सकिन । कस्तो उम्मेद बोकेर आएकी रहिछे मरो सामु बिचरी, कस्तो माया पालेर राखेकी रहिछे मेरो लागि उस्को त्यो निस्चल मनमा तर म स्वार्थी आफ्नो भबिस्य र आफ्नो परिवारको बारेमा मात्रै सोच्न पुगे । माया चोखो हुन्छ भन्छन तर कहाँ हुदो रहेछन र  पवित्र मन ? मायामा त झन आफ्नो स्वार्थ मात्रै खोजिदो रहेछ जस्तो मैले सोमाले दिन खोजेको पवित्र मनलाई मेरा २ थोपा स्वार्थ मिसाएर धमिलो बनाइदिए । नजिकै बासको झ्याङमा चराहरु चिर्बिर चिरबिर गर्दै आफ्नो बास बनाउन थालेका  थिए ।डाँडा माथि  आधा काटिएको जुन उदाइरहेको थियो,म पनि आज आधै काटिएको जुन जस्तै नतमस्तक थिए पुरा हुनको लागि । 

घरमा आएर स्कुलको को होमवर्क गर्न बसे तर अहँ मन पटक्कै लागेन । कानमा सोमाले सुँक्क सुँक्क गरेको आबाज गुन्जिरहयो । एक मनले आ जे त होला हिम्मत गर भन्यो फेरी अर्को मन ले काइना पलाउन खोज्ने मनलाई भाँचिदियो । न होमवर्क गरे न कुनै निर्णय गरे, बिचरीका रोदन सम्झेर पल्टिरहे अनी कतिबेला निदाएछु पत्तै पाईन । बिहान कोठामा घाम छिरेसी मात्रै मेरो निन्द्रा खुल्यो । जुरुक्क उठेर झ्याल बाट हुलाकी दाइको आँगन तिर नजर डुलाए तर देखिन सोमाको आक्रिती । उनको घर भन्दा माथि पट्टी एउटा ठुलो ढुङ्गा थियो त्यही ढुङ्गा भन्दा गह्रौ भयो मेरो मन । त्यो दिन स्कुलमा पनि खोजे मैले सोमालाई तर देखिन बेलुका गाउमा आएर पनि नजर लगाए अहँ भेटिन । निकै बेर पधेरोमा कुरेर बसे कतै पानी भर्न आउछेकी भनेर तर रात पर्ने बेला सम्मा कुर्दा पनि आईने सोमा शायद म सँग रिसाएर पो हो कि । यसै गरी तड्पिएर बिते मेरा दुई रात अनी भोलिपल्ट म कुखुरा खोज्ने निहुँ पार्दै गए हुलाकी दाइको घरमा । दाई थिएनन घरमा न त सोमा नै देखीई अनी मैले भाउजुलाई नै सोधे दाई कहाँ जानु भो र ? हुलाकी दाई त सोमालाई लिएर हिजै सोमाको गाउतिर गएका रहेछन । भाउजुको कुरा सुनेर मेरा कान सुन्य भए जिउ थरथरी काप्यो, फर्केर धारमा पुगी टाउको मा चिसो पानी खन्याए । के भयो मलाई यस्तो आखिर ? खुट्याउनै सकिन, सोमालाई निरास बनाउने मेरो मन आज आँफै बहुलाउन खोजिरहेको थियो । आँखा वरीपरी त्यही थेप्चे नाक घुमिरहेको छ अनी सोमाले भनेको आँट छ भन्ने शब्द कान मा गुन्जिरहेको छ । फर्केर आइज न थेप्चे तलाई देखाउछु मेरो आँट आफ्नै मन ले आँफैलाई ढाट्न खोज्छ । 

छ सात दिन बितेर गए थेप्चे फर्केर आईने म भने चुरोट्को ठुट्टा झै जल्दै गए । एकदिन स्कुलबाट फर्किदै थिए अचानक लाखुरीबोट नेर हुलाकी दाई सँग जम्काभेट भो । म भित्र भित्रै खुशी भए पकै पनि सोमा फार्केर आएकी होली । मलाई देखेसी के सम्झे जस्तो गरेर हुलाकी दाइले गोजिमा हात हाले अनी सानो कागजको खोस्टा निकालेर मलाई दिदै भने । भान्जिले बाबु लाई दिन भन्थिन मैले त झन्डै बिर्सेंको । दाई सँग छुटे पछी हतार हतार कगजको खोस्टो निकाले सोमाले लेखेकी थीईन । 

प्रिय काले 
हुन त प्रिय शब्द लेख्नु नै मेरो पहिलो गल्ती बुझौला तिमीले तर त्यो भन्दा पहिला नै मैले तिमीलाई दिलमा सँजाएर गल्ती गरिसकेकी छु मिल्छ भने माफ गर काले । जिन्दगी भनेकै सोचेको चिज को अप्राप्ती रहेछ तर पनि मेरो नजिकमा तिमीलाई देख्न नपाउदा सार्है गर्हौ भईरहेको छ मेरो मनमा । यसमा न तिम्रो गल्ती थियो न मेरो, गल्ती त भगवान ले गर्‍यो हामीलाई मिलाउन नसकेर तर दोष हामी जस्तै मनुस्यलाई मिल्ने गर्छ । मेरो भबिस्य के हुनेछ वा म कहाँ जानेछु आँफैलाई थाहा छैन तर जहाँ गएपनी जस्तो अवस्थामा भए पनि तिम्रो चित्र यो दिलमै हुनेछ काले, तिमी मुस्कुराउने छौ मेरो दिल भित्र । तिम्रो जोबन तिमीले सोचे जसरी नै फुलोस, फुल बनेर सबैलाई सुगन्ध दिन सक्नु यही छ मेरो शुभकामना । 

उही तिम्रो हुन नसकेकी थेप्चे । 

मेरा आँखा पानी पानी भए । नजिकै उभिएको लाखुरिको बोट भन्दा पनि अग्लिन थाले मनमा पिडाहरु । हुने हार दैब नटार, मैले आँसु चुहाउन बाहेक केही गर्न सकिन । त्यसपछी सोमा गाउमा आईने, न त कुनै खबर पाए न त मैले आफ्नो खबर पठाउन सके । मेरो पढाई खासै राम्रो हुन सकेन अनी दुई बर्षा पछी म खाडी छिरे । 

आज झन्डै १० बर्षा भएछ म खाडी छिरेको पनि । अझै पनि थेप्चे को अनुहार भुल्न सकेको छैन । अरबको घाम मा खजुरको बोट मुनी बसेर पढिरहेको छु सोमाको अन्तिम पत्र 

तर  अझै पढ्न सकिरहेको  छैन आफ्नै जिन्दगीलाई...... । 


Sunday, June 22, 2014

जिन्दगी कप २०१४

जिन्दगीले भकुण्डो झै 
लात्तै लात्तले हानेर 
कहिले यो कुना मा कहिले त्यो कुना मा पुर्याएको छ 
म
त्यही पनि गोल हुन्छु कि भनेर 
छक्किन्छु, झुक्किन्छु, ठोक्किन्छु 
फेरी
कतै अफसाइड हुन्छ 
कतै आउट साइड हुन्छ 
कसैले कर्नर बाट हान्छन 
कसैले बिचै बिच लान्छन 
म बबुरो भकुन्डो 
ईशारा इसारैमा बेचिन्छु 
लात्तै लात्तामा ठोकिन्छु 
अन्त त 
जस्ले बढी छक्काउन सक्छ मलाई 
जस्ले बढी झुक्काउन सक्छ मलाई 
जस्ले बढी बजाउन सक्छ मलाई 
उसैले नाक को फोरा फुलाउदै 
उचाल्छ एउटा जित 
म भकुण्डो 
दुखेको जिउ बोकेर हेरिरहन्छु 
एउटा कुना बाट 
अर्ना भैंसी झै बुर्कुसी मारिरहेका मनुस्यहरु  ....!!