Tuesday, September 16, 2014

कथा : अन्तिम पत्र

ओई ! काले आईज यता बाट जाम (जाउँ )

उस्ले अरुले नसुन्ने गरी मलाई बोलाई । हामी सँग अरु दौतरी हरु पनि थिए संगै घाँस दाउरा गर्न गएका, कोही आफ्ना बाख्रा चराउन मात्रै गएका थिए । हामी सबै मिलेर धुले ओढार मुनी राज्य खेल्दथ्यौ, कोही गट्टा खेल्थे, कसैले गीत गाउदै घासको भारी मिलाउथे । खुबै रमाइलो हुन्थ्यो हाम्रो त्यो शनिबार को दिन । हामी सथी सङीहरु सबैले शनिबार कता जाने भनेर शुक्रबार नै सरसल्लाह गर्दथ्यौ तर प्रया हामी त्यही धुले ओढार को जङल तिरै जान्थ्यौ । सारीला, बन्दना, ललिसा, सोमा हाम्रो ग्रुपमा निकै मिल्ने केटीहरु थिए तर किन हो कुन्नी मलाई सोमा निकै मन पर्थी । उस्ले मलाई सधैं काले भनेर बोलाउथी म भने उस्लाई थेप्चे भनिदिन्थे , यसरी थेप्चे भनेको शायद उस्लाई मन पर्दैनथ्यो क्यारे म सँग धेरै बेर बोल्दिनथी अनी मैले नै कान समाएर माफि माग्नु पर्दथ्यो । मैले माफि मागेको देखेर ऊ थेप्चे नाक फुलाउदै खुशी हुन्थी अनी फेरी काले भन्दै फिस्स हास्थी ।

सोमा मगरकी छोरी, उस्को घर हाम्रो गाउदेखी २ दिन हिंडेसी मात्रै पुगिन्छ रे यहाँ भने उस्को मामाको घर । हाम्रो गाउमा एउटै मात्रा मगरको घर सोमाको मामा लाई सबैले हुलाकी दाई भनेर बोलाउथे किनकी उन्ले त्यतिबेला हुलाक मा चिट्ठी पत्र बोकेर घर घर पुराउने काम गर्थे । यही काम गर्न हाम्रो गाउको हुलाक मा आएका हुलाकी दाइले पछी परिवार यतै ल्याएर घर बनाएर बसेका रहेछन । सोमाको गाउमा स्कुल टाढा छ रे उनको घर देखी २ घण्टा हिंडेसी बल्ल हाइस्कुल पुगिन्छ रे त्यसैले उन्ले मामा गाउको स्कुलमा पढ्न बसेकी । हरेक शनिबार हामी दाउरा घांस गर्न यसरी नै साथी भाई मिलेर जङल जाने गर्दथ्यौ ।

त्यसरी साथी भाई छोडेर जाम भनेर कहिले नि भन्दैनथी उस्ले तर आज के भएछ यो मगर्नी लाई भन्दै म उस्को पछी पछी लागे । तिमी हरु हिडिसकेका हौ र, अल्ली माथि घाँस काट्दै गरेकी सारीला ले हामी लाई देखेर सोधिन । तिमीहरु आउँदै गर है आज मलाई चाडो जान छ भनेर सोमाले नै जबाफ दीई । हामी दुई घाँसको भारी बोकेर हिड्यौ । ऊ अघी अघी थीई म पछी पछी हिड्दै थिए, अरुबेला त्यती धेरै कुरा गर्ने यस्लाई के भएछ कुन्नी आज नबोली नबोली हिंडेकी छे । एक छीन म पनि चुपचाप् हिंडे तर मनले सुकै दिएन आखिर के भएछ यस्लाई । थेप्चे किन नबोलेकी मैले यती मात्रै के भनेको थिए उस्ले बोकेको भारी फ्यात्त फ्यालेर उभीई मेरो भने सातो नै गयो । हैन आज के भएछ यस्लाई मैले पनि बोकेको भारी राखेर उस्को नजिकै पुगे ।
 ए !! थेप्चे के भो तलाई
काले अहिले पिर परेको बेला जिस्काउछस उस्ले ठुस्किदै बोली ।
हैन भन न के भयो तलाई नभनी कन तेरो मनमा पिर परेको छ भनेर थाहा पाउने म अन्तरयामी हैन क्यारे । मैले यती भनेपछी बल्ल उस्ले भन्न् थाली
हेर न काले !! मामाले अब पढ्न पर्दैन बिहे गर तिम्रो घर बाट खबर आएको छ छिट्टै पठाइदिनु केटो पल्टन बाट छुट्टी आएको छ रे भनेर भन्छन ।
अनी गर न त बिहे आखिर एकदिन गर्न परीहाल्छ क्यारे मैले झन जिस्काइदिन्छु सोमा ठुस्केर मुन्टो बटार्छे । के भन्ने के नभन्ने मलाई त्यती हेक्का नै भएन तर किन हो किन मेरो मनमा पनि कस्तो न कस्तो भयो । मैले नै कुरा निकाले फेरी अनी के गर्नी बिचार छ त तेरो ।
मेरो त अझै पढ्ने बिचार  थियो तर के गर्नी घरकाले यस्तो भन्छन मलाई त मर्नु जस्तै भएको छ काले ऊ मेरो नजिकै आएर थचक्क बस्छे ।

    सोमा पढाई मा निकै जेहेन्दार बिद्यार्थी थीई । नौ कक्षामा सेकेन्ड नम्बर थियो उस्को अनी स्कुल ले पनि आसा गरेको विद्यार्थी मा पर्दथीई । उनको पढाई राम्रो भएकोले हुलाकी दाई निकै खुशी हुन्थे अनी सबै सँग भन्थे मेरो भान्जिले मेरो नाक राख्छ । यो बाहुन का छोराछोरी लाई जितेर ल्यायो । भान्जिको पढाई देखेर त्यस्तो खुशी हुने मामाले किन एक्कासी बिहेको कुरा निकालेछन म पनि छक्क पर्दै सोच्दै थिए सोमा त रुन पो थाली । किन रोएकी त अब रोएर हुने हो त मैले उस्लाई सम्झाउन खोज्छु । म के गरौ त काले भन न मलाई पटक्कै बिहे गर्ने मन नै छैन । म सँग पनि कुनै जबाफ थिएन न त बुझ्न नै सक्थे उस्को पिर । म पनि कक्षा १० मा पढ्ने विद्यार्थी न थिए । त्यही पनि केही सोच्दै नसोची म छु नि थेप्चे तेरो लागि त चिन्ता नगर भनेर  भने शायद उस्को मनले के सोची कुन्नी आसु पुछ्दै काले भन्दै फिस्स हाँसी ।

एकछिन पछी हामी दुबै जना कुरा गर्दै गर्दै घर आईयो । मेरो मन मा भने एक किसिमको सहिनसक्नु को पिडा बोध भयो । आमाले मोही र रोटी दिनु भयो तर किन हो कुन्नी मलाई खानै मन लागेन । एक त सोमा मेरी मिल्ने साथी हो , उ र म मिलेको देखेर गाउमा कुरा काट्ने हरु पनि भित्र भित्र नभएका हैनन । फेरी मैले किन म छु भनेर भने उस्लाई अहँ केह सोच्नै सकिन । मेरो मन मा उश प्रती माया नभएको हैन तर त्यो हाम्रो माया र अरुले कुरा काट्ने माया मा धेरै फरक थियो फेरी पनि मेरो मन मा तरङ फैलिन छोडेन । जसरी तलाउमा सानो ढुङ्गाले हान्दा तरङ फैलिएर किनारा सम्मा पुग्थ्यो त्यसै गरी मेरा मनभित्र कुरा हरु खेल्न थाले । रिम रिम साँझ परेको थियो, आकाश मा बादल टम्मै देखिएको थियो यसो सोचे बादल ले आकाश ढाकेको त सबैले देख्छन बिचरीको मनमा लागेको बादल त मैले मात्रै देखेको छु हैन केही त गर्नै पर्छ । म सरासर भबिन्द्र मामाको घर तिर लागे उहाँ गाउमा एक अकर्सक ब्यक्तित्व हुनुहुन्थ्यो, हामी उमेर ले तीन चार साल का फरक भए पनि साथी जसरी नै मिल्ने गर्दथ्यौ । उहाले धेरैलाई राम्रा राम्रा कुरा हरु मात्रै सिकाउनु हुन्थ्यो एक किसिमको प्रेरणा जगाउनुहुन्थ्यो हामीलाई अनी मैले केही सुझाब सहयोग लिना पर्‍यो कि उहा सँग गैहाल्थे ।
मामा घर मै हुनुहुदो रहेछ मैले फटाफट कुराको बोलिबिस्तार लगाए । उहा पनि छक्क पर्नु भो के गर्नी त भानिज हामिले अब उन्को परिवारले त्यस्तो आटेको छ भने त्यही पनि जाउन हुलकी दाइकोमा गएसी कुरो बुझिएला भबिन्द्र मामाले जुरुक्क उठ्दै भन्नु भयो अनी म पनि मामा संगै हिंडे । साँझ झ्याम्मा परिसकेको थियो गाउमा सबैको घर मा बत्ती बलिसकेको थियो, कुकुर हरु भुकिरहेका थिए ।

हुलाकी दाई घरमै हुनुहुदोरहेछ हामी पुग्दा । जाँडको बटुको तान्दै भैंसीको लागि दाम्लो बाटिरहनु भएको थियो हामीलाई देखेर ति दुबै चिजलाई साइड लगाइ कुरा गर्न थालनु भो । सोमा धारा मा पानी लिना गएकी रहिछे एकछिन मा गाग्री बोकेर आई। भबिन्द्र मामाले कुरा झिक्नु भयो उता हुलाकी दाइले झन ठुलो कुरो को चुरो खोल्नु भयो । के गर्नी भाई यि भान्जी लाई पढाउने मेरो पनि धोका हो तर हामी मगर को जातै यस्तै छोरीलाई पहिला नै टिका लगएर दिने चलन । अब सोमा का बाबाले पनि यिनी आठ बर्षा हुँदैमा आफ्नो दिदिको छोरालाई टिका लगाएर दिएका थिए अहिले भन्जा पल्टन बाट छुट्टी आएका छन बिहे नगरि हुँदैन भन्छन रे ! बिहे गरेर पल्टन तिरै लाने कुरा चलेको छ मैले अर्काको छोरीलाई दिन्न भनेर भैन यती भन्दा उनको अनुहार मा पनि एककिसिमको बेखुसी देखिएको थियो । म झन अबाक बने कुनै शब्द थिएन बोल्न को लागि बिस्तारै सोमा तिर नजर लगाए उस्ले पनि म तिर हेर्दै रहिछे हाम्रा आँखा चार भए । बढे रुख को छाया परे जस्तो चमक हराइरहेको थियो उस्को अनुहार मा, मैले धेरै बेर नजर जुधाउन सकिन अनी भुई तिर हेरे । भबिन्द्र मामाले केही भन्दै हुनुहुन्थ्यो हुलाकी दाइलाई तर ति बिचरा दाइलाई भन्नुको कुनै अर्थ नै थिएन किनकी उनी स्वयम चाहदैनथे सोमाको बिहे होस् भनेर तर के गर्नु संस्कारको अगाडि उनको रहर पनि झुकिसकेको थियो ।

मलाई राती निन्द्रा नै परेन । आँखा मा अनेक झझल्काहरु खेल्न थाले । किन म यसरी छटपटिएको छु आखिर सोमा र म मात्रा एउटा साथी न हौ एक मन ले भन्थ्यो भने अर्को मनले बिचरी आफ्ना काइना पलाएका रहरहरु चुडिन पुग्दा कती बिक्षप्त बनेकी होलिन भनेर सोच्दथ्यो । आखिर सोच्न बाहेक मैले गर्न सक्ने अरु केही पनी त थिएन । रात कसरी कट्यो थाहै भएन बिहान उठेर घरको काम गरे । सधैं हामी संगै स्कुल जान्थ्यौ तर त्यो दिनमा सोमा निर्धरित समय सम्मा नआएपछी म अरु दिदिहरु सँग स्कुल गए उस्को र मेरो क्लास भिन्दै भएकोले हाफ टाइम मा चौर तिर खोजे तर भेटिन । बेलुका घर नजिकै को धारामा पुगेको सोमा पनि अघी देखी त्यही बसिरहेकी रहिछे ।

थेप्चे कहाँ मरेकी होस् र आज स्कुल मा देखिन त ? मैले नै बोलाए उस्लाई ।
आफु त अब मरे जस्तै हो नि काले के गर्नु मन ले चाहेर नहुनी सोमाले मलिनो स्वर मा बोली । यसरी चिन्ता गरेर हुन्छ त घर मा गएर सम्झाइ बाबा आमालाई अनी त्यो केटोले नि बुझ्ला नि आखिर पल्टने लाहुरे परेछ । मैले यती भन्दै थिए ऊ जुरुक्क उठेर मेरो हात समाइ अनी रुन थाली ।
हेर काले किन हो किन मलाई तेरो नजिक आईरहन मन लाग्छ , तलाई भेटे भने मेरो जिबन मा जुन उदाएको जस्तो अनुभुती हुन्छ । म कसरी जाँउ त्यो बिरानो ठाउमा किनकी त्यहाँ तेरो नाम हुँदैन, कसैले मलाई थेप्चे भनेर बोलाउने छैन । सोमा सुँक्क सुँक्क गर्न थाली यता म स्खलित भए आँफैभित्र । कस्तो अपेक्षा पालेर बसेकी रहिछे सोमा । हो हामी धेरै मिल्थ्यौ मलाई पनि उसले  दिन सक्ने न्यानोपनको आभास नभएको हैन तर त्यतिबेला म सँग कुनै हिम्मत थिएन । के भनौ के नभनौ भएर चुपचाप् उभिरहेको थिए उसै सँग । 

काले किन बोल्दैनौ तिमी ? के मैले तिम्रो सामिप्यता खोज्नु गल्ती हो ? फेरी बोली सोमा । के तिमी मलाई अपनाउन सक्छौ ? मेरो रक्षा गर्न  तिमी मा कुनै आँट छ ? 

उसका प्रश्नहरुले एकै चोटि प्रहार गर्छन् मलाई । हुन त मैले सोमालाई नचाहेको हैन तर पनि मेरा आफ्नै बाध्यता थिए, परिवार थियो जस्ले म माथि एउटा सपना पालेको थियो बर्षौ देखी जुन सपना साकार पार्न मैले चाहेर पनि कुनै निर्णय गर्न सक्ने अवस्थामा थिईन म । 

सबै कुरा हामीले चाहेको कहाँ हुन्छ र हेर यती बेला म चाहेर पनि तलाई साथ दिन सक्दिन किनकी जिबनको यो खुट्किलो मा अझै केही इटाहरु थप्नु छ बलियो बनाउन अनी मात्रै यो कुरा निर्णय गर्न सक्नेछु । मैले यती के भन्दै थिए उस्ले मेरो हात छोडेर रुदै हिडि । म उभिएर हेरे मात्र । हात खुट्टा गलेर आए के गर्नु कता जाउँ केही सोच्नै सकिन । कस्तो उम्मेद बोकेर आएकी रहिछे मरो सामु बिचरी, कस्तो माया पालेर राखेकी रहिछे मेरो लागि उस्को त्यो निस्चल मनमा तर म स्वार्थी आफ्नो भबिस्य र आफ्नो परिवारको बारेमा मात्रै सोच्न पुगे । माया चोखो हुन्छ भन्छन तर कहाँ हुदो रहेछन र  पवित्र मन ? मायामा त झन आफ्नो स्वार्थ मात्रै खोजिदो रहेछ जस्तो मैले सोमाले दिन खोजेको पवित्र मनलाई मेरा २ थोपा स्वार्थ मिसाएर धमिलो बनाइदिए । नजिकै बासको झ्याङमा चराहरु चिर्बिर चिरबिर गर्दै आफ्नो बास बनाउन थालेका  थिए ।डाँडा माथि  आधा काटिएको जुन उदाइरहेको थियो,म पनि आज आधै काटिएको जुन जस्तै नतमस्तक थिए पुरा हुनको लागि । 

घरमा आएर स्कुलको को होमवर्क गर्न बसे तर अहँ मन पटक्कै लागेन । कानमा सोमाले सुँक्क सुँक्क गरेको आबाज गुन्जिरहयो । एक मनले आ जे त होला हिम्मत गर भन्यो फेरी अर्को मन ले काइना पलाउन खोज्ने मनलाई भाँचिदियो । न होमवर्क गरे न कुनै निर्णय गरे, बिचरीका रोदन सम्झेर पल्टिरहे अनी कतिबेला निदाएछु पत्तै पाईन । बिहान कोठामा घाम छिरेसी मात्रै मेरो निन्द्रा खुल्यो । जुरुक्क उठेर झ्याल बाट हुलाकी दाइको आँगन तिर नजर डुलाए तर देखिन सोमाको आक्रिती । उनको घर भन्दा माथि पट्टी एउटा ठुलो ढुङ्गा थियो त्यही ढुङ्गा भन्दा गह्रौ भयो मेरो मन । त्यो दिन स्कुलमा पनि खोजे मैले सोमालाई तर देखिन बेलुका गाउमा आएर पनि नजर लगाए अहँ भेटिन । निकै बेर पधेरोमा कुरेर बसे कतै पानी भर्न आउछेकी भनेर तर रात पर्ने बेला सम्मा कुर्दा पनि आईने सोमा शायद म सँग रिसाएर पो हो कि । यसै गरी तड्पिएर बिते मेरा दुई रात अनी भोलिपल्ट म कुखुरा खोज्ने निहुँ पार्दै गए हुलाकी दाइको घरमा । दाई थिएनन घरमा न त सोमा नै देखीई अनी मैले भाउजुलाई नै सोधे दाई कहाँ जानु भो र ? हुलाकी दाई त सोमालाई लिएर हिजै सोमाको गाउतिर गएका रहेछन । भाउजुको कुरा सुनेर मेरा कान सुन्य भए जिउ थरथरी काप्यो, फर्केर धारमा पुगी टाउको मा चिसो पानी खन्याए । के भयो मलाई यस्तो आखिर ? खुट्याउनै सकिन, सोमालाई निरास बनाउने मेरो मन आज आँफै बहुलाउन खोजिरहेको थियो । आँखा वरीपरी त्यही थेप्चे नाक घुमिरहेको छ अनी सोमाले भनेको आँट छ भन्ने शब्द कान मा गुन्जिरहेको छ । फर्केर आइज न थेप्चे तलाई देखाउछु मेरो आँट आफ्नै मन ले आँफैलाई ढाट्न खोज्छ । 

छ सात दिन बितेर गए थेप्चे फर्केर आईने म भने चुरोट्को ठुट्टा झै जल्दै गए । एकदिन स्कुलबाट फर्किदै थिए अचानक लाखुरीबोट नेर हुलाकी दाई सँग जम्काभेट भो । म भित्र भित्रै खुशी भए पकै पनि सोमा फार्केर आएकी होली । मलाई देखेसी के सम्झे जस्तो गरेर हुलाकी दाइले गोजिमा हात हाले अनी सानो कागजको खोस्टा निकालेर मलाई दिदै भने । भान्जिले बाबु लाई दिन भन्थिन मैले त झन्डै बिर्सेंको । दाई सँग छुटे पछी हतार हतार कगजको खोस्टो निकाले सोमाले लेखेकी थीईन । 

प्रिय काले 
हुन त प्रिय शब्द लेख्नु नै मेरो पहिलो गल्ती बुझौला तिमीले तर त्यो भन्दा पहिला नै मैले तिमीलाई दिलमा सँजाएर गल्ती गरिसकेकी छु मिल्छ भने माफ गर काले । जिन्दगी भनेकै सोचेको चिज को अप्राप्ती रहेछ तर पनि मेरो नजिकमा तिमीलाई देख्न नपाउदा सार्है गर्हौ भईरहेको छ मेरो मनमा । यसमा न तिम्रो गल्ती थियो न मेरो, गल्ती त भगवान ले गर्‍यो हामीलाई मिलाउन नसकेर तर दोष हामी जस्तै मनुस्यलाई मिल्ने गर्छ । मेरो भबिस्य के हुनेछ वा म कहाँ जानेछु आँफैलाई थाहा छैन तर जहाँ गएपनी जस्तो अवस्थामा भए पनि तिम्रो चित्र यो दिलमै हुनेछ काले, तिमी मुस्कुराउने छौ मेरो दिल भित्र । तिम्रो जोबन तिमीले सोचे जसरी नै फुलोस, फुल बनेर सबैलाई सुगन्ध दिन सक्नु यही छ मेरो शुभकामना । 

उही तिम्रो हुन नसकेकी थेप्चे । 

मेरा आँखा पानी पानी भए । नजिकै उभिएको लाखुरिको बोट भन्दा पनि अग्लिन थाले मनमा पिडाहरु । हुने हार दैब नटार, मैले आँसु चुहाउन बाहेक केही गर्न सकिन । त्यसपछी सोमा गाउमा आईने, न त कुनै खबर पाए न त मैले आफ्नो खबर पठाउन सके । मेरो पढाई खासै राम्रो हुन सकेन अनी दुई बर्षा पछी म खाडी छिरे । 

आज झन्डै १० बर्षा भएछ म खाडी छिरेको पनि । अझै पनि थेप्चे को अनुहार भुल्न सकेको छैन । अरबको घाम मा खजुरको बोट मुनी बसेर पढिरहेको छु सोमाको अन्तिम पत्र 

तर  अझै पढ्न सकिरहेको  छैन आफ्नै जिन्दगीलाई...... । 


2 comments:

Nirajan Thapa said...

कथाको उठानभन्दा यसको मध्यभागतिर पुगेर यो कथा अत्यन्तै पठनीय बनेको मैले महशुस गरेँ । कथा लेख्दैगर्दा कथालार्इ छिट्टै टुङ्ग्यार्इहालौ‌ भन्ने मनशायले यहाँले कथा लेखिरहेको भान भयो । शैलीमा अझै धेरै मिठासता ल्याउन सकिने मैले देखेँ । जस्तो यहाँ उद्दृत दुर्इवाक्यहरूमा प्रयुक्त विम्बहरूको प्रयोग अलि कम भो कि भन्ने लाग्यो ।
*मेरा आँखा पानी पानी भए । नजिकै उभिएको लाखुरिको बोट भन्दा पनि अग्लिन थाले मनमा पिडाहरु ।
**अरबको घाम मा खजुरको बोट मुनी बसेर पढिरहेको छु सोमाको अन्तिम पत्र तर अझै पढ्न सकिरहेको छैन आफ्नै जिन्दगीलाई...... ।
समग्रमा कथा पठनीय छ गुरू । लेखनी चलिराखोस् ।
पढ्दै गर्दा, कथामा प्रयुक्त पात्रहरूको नाम हेर्दा कतै गुरूकै जीवनमा घटेको घटनाबाट प्रेरित कथा त होर्इन? भन्ने मनमा लागिरहेछ । :)

Unknown said...

धन्यवाद गुरु, हजुर को सुझाब अनी समय को लागि । साँच्चिनै मैले हतार गरेकै हो भन्ने अनुभुती त भएको थियो, म पूर्ण कोशीस गर्नेछु सुधार को लागि । धेरै धेरै धनयबाद गुरु अझै यहाँको सुझाबहरु पाउनेनै छु भन्ने आशा पनि गरिरहन्छु ।