छैन मेरो घरबारि जिन्दगीको गोरेटोमा
कस्ले देला छहारि जिन्दगीको गोरेटोमा
सँगै बाँच्ने, दु:ख साट्ने जिन्दगीको सहयात्रि
भेटिएनन नरनारी जिन्दगीको गोरेटोमा
पर्खिरहे लाली त्यो उदाउला कि भन्दै भन्दै
कहाँ जाउँ आशा मारी जिन्दगीको गोरेटोमा
जती सोच्यो उती बढ्ने दुखियाको दु:ख यहाँ
बाँचिरहेछु बोकेर भारी जिन्दगीको गोरेटोमा
गहनायो रे मेरो श्वास तिम्रो सुखी बस्तिभरी
लैजा दैब !! दह तारी जिन्दगीको गोरेटोमा
=====================
ं कहिलेकाँही लेखिन्छ हो गजलको नाम मा जे पायो तेही (कती सजिलो है ! रदिफ र कफिया मिलायो बस)
No comments:
Post a Comment