Saturday, July 9, 2011

फेसबुक च्याट

कथा


म फेसबुक खोलिन भने शायद निदाउन नि सक्दिन, कुनै दिन अफिसमा कामको चापले  राती सम्मा बस्नु पर्‍यो भने नि रुममा पुग्न बित्तीकै पहिला फेसबुक खोलेर नै अनी अरु नित्य कर्मा तिर लाग्छु, कहिले काही त फेसबुक संगै धेरै रातहरु काटेको छु धेरै दिनहरु साटेको छु ।

म प्रया तस्बिर हेरर नै फ्रेन्ड्स रिकेस्ट गर्छु अनी फोटो हेरेर नै रिक्वेस्ट हरु एसेप्ट गर्छु । एकपल्ट कसैलाई एड गर्न हजार पल्ट् सोच्नेगर्छु त्यसैले नि होला मेरो नेट्वर्क मा बल्ल ६४८ जना साथीहरु हुनुहुन्छ शायद यसैमा पनि ६५% महिला साथीहरु हुनुहुन्छ जसमा पनि १५% सँग निकै नै भाबनात्मक साईनो जमिरहेको छ् ।

एकदिन मेरो वाल को दाँया साइट मा एड टु फ्रेन्ड भन्दै एउटा तस्बिर मुस्कुराइरहेको थियो । तस्बिर हेर्न बित्तिकै म एकछिन त के गरु नगरु दोधार मा परे । हात ले माउसको बाटन थिच्न थिच्न खोजिरहेका थिए तर सकिन फेरी उनको वाल मा गएर केही जानकारी लिन मन लाग्यो अनी वाल हेरे तर साथी नभएको लाई अनुमती नरहेछ । आ भो गर्दिन भन्दै सुत्ने तर्खर गरे किनकी रात छिप्पिदै थियो फेरी भोली त बिहान घाम ननिस्कदै काम मा जानुथियो । कम्पुटर बन्द गरेर सुत्न त खोजे तर अहँ निन्द्रा नै लागेन ,,, आँखा चिम्लेर कोशीस गरे दिमाख् मा उही तस्बिर कुदिरहेको थियो । खै !! कतिबेला निन्द्रा परेछ् थाहै भएन ...............

भोलिपल्ट बिहानै उठेर कम्पुटर खोलेर फेसबुक मै लगअन गरे आखिर यो मेरो दैनिकी नै हो । फेरी पनि मेरो आँखा त्यही तस्बिर मा गएर टक्क रोकियो । यसपाली मैले केही सोच्नु भन्दा पहिला नै मेरा औलाले एड टु फ्रेन्ड क्लिक गरिसकेका थिए । हाम्रो स्टाफ बसले हर्न बजायो म हतार हतार अफिस मै आए । दिन भरी म के उनिले मलाई एड गरिहोलिन त आदी इत्यादी सोच्दै काम गरेको थिए । मेरो अफिस मा फेसबुकको सरभर काटेका थिए सायद यो राम्रो पनि हो किनकी फेसबुक मा मान्छे अल्झियो भने ठुलो ब्यथा बल्झिने रैछ् शायद म जस्ता धेरै नै यसको सिकार भएका नै हुनुपर्छ बिशेष युबा अब्स्था भन्दा नि प्रौढ हरु यसमा झुमेको नै पाए मैले त ।

पिलिक्क रातो नम्बर १ देखियो । मैले हत्तपत्त क्लिक गरे उनिले नै मेरो रिक्वेस्ट लाई  Approved गरिछिन । म उनिको वाल पेज हेर्न तिर लागे बडा मिठा मिठा शब्दजालले रंगिएको थियो ।

"हिजो पनि सपनिमा देखे तिमीलाई नै
आज बर्बराउदै यिनै शब्द लेखे तिमीलाई नै "

Garima is online ल्यपटपको राइट साइड मा नोटिफिकेसन आयो । म भने बल्ल साइत जुर्यो भनेर कुरा गर्न थाले । 
"कस्लाई देख्नु भो त सपनिमा ?" बिना  औपचारिकता  मैले जिस्काउन थाले यो मेरो आदत नै हो नयाँ नयाँ साथीहरु सँग बोल्ने ।
उनी झुक्किन क्यारे यसरी बोलाँउदा या कस्तो खालको मान्छे रैछ् पहिलोचोटि नै यसरी बोलाउने सोचिन कि । एकछिन कुनै उत्तर आएन । म आफ्नै वाल मा कनिकुथी गर्न थाले ।

हि ही हि !!!! क्लिक्क मेरो च्याट बक्समा देखियो ।

कहाँ बाट होला गरिमा जि मैले जान्न चाहे तैपनी ।
मसान घाट बाट हो प्रदिप जि ! उनको पहिलो जबाफ नै तर्साउने आयो ।
भुत बनेर मान्छे हरुलाई सताउने पेशा हो कि के हो हजुर को ! मैले जबाफ यसरी नै फर्काए ।
म किच्कन्या बनेर कसैको फ्लो गरिरहेकी छु प्रदिप जि !
तर मलाई तर्साउन पाइदैन नि !! हा हा मैले हाँसेजस्तो थपिदिन्छु
हि ! हि ! हि !
कुरा जम्दै थियो उनी अनायासै अफ देखिईन । हैन उनिले मलाई कहाँ बाट भनेर नि सोधिनन अनी उत्तर पनि कस्तो कडा हो । रात छिप्पिदै गएको थियो म सुते

भोली पल्ट पनि हाम्रो कुरा यसरी नै सुरु भयो अनी अन्त्य पनि कुनै औपचारिकता बिना । म् भने उनी को होलिन के गर्दै होलिन किन आफ्नो परिचय लुकाइरहेकी छन भनेर जान्न चाहन्थे । हुन त म् विबाहित मान्छे कुनै पनि स्त्रिलिङ बारे जानकारी लिनु कुनै उचित त थिएन नै अझ त्यसमाथि म कसैको ब्यक्तिगत कुरा हरु को पछी लागेको थिए किन यो सब गरिरहेको छु आँफैलाई थाहा थिएन । कहिले  काही उनी अन लाइनमा नदेखिदा फेसबुक नै सुन्य लाग्थ्यो । आफ्नो मनले आँफैलाई सोध्थ्यो , हैन ! प्रदिपे तैले यो के गरिरहेको छस ? त एक बिबाहित् पुरुष त्यसमाथि तेरी प्यारि श्रीमती ले थाहा पाए तेरो के हबिगत होला ? बेलैमा सोच है बेलै मा । फेरी अर्को मनले भन्थ्यो यार इट इज जस्ट टाइम पास यार नोथिङ । प्रदिप जस्ता हजार जनाले फेसबुक मै समय बिताइरहेकाछन जस्ट  टेक इन्टर्टेन्टमेन्ट ।


समय आफ्नै रफ्तार मा थियो यही रफ्तार संगै मान्छेहरु फेसबुकमा गती लिएका थिए र गरिमा अनी म पनि हाम्रा यात्रामै बगेका थियौ दुई किनराहरु  छिचोल्दै । यतीसम्मको यात्रामा केही हाम्रा पर्सनल् कुरा हरु पनि साटासाट गरिसकेका थियौ सिरिफ म् बिबाहित् हुँ भन्ने कुरा बाहेक ।

उनी काटमान्डौकी स्थानिय, प्रोजेक्ट को गतिलो जागिर, स्कुटरको यात्रा अनी फेसबुकमा च्याटिंग । जिन्दगी निकै रमाइलो गरेर बितिरहेको छ् भन्थिन । हुन त जिबन मा जब कुनै सम्स्या हरु आउँदैनन तब सम्मा मान्छेको जिबन सुखी नै देखिन्छ । हामीहरु कस्ले आज के खायो कता गयो यहाँ सम्मा कि राती निन्द्रा लाग्यो कि लागेन सम्मा का कुराहरु साटासाट गर्दथ्यौ ।

एकदिन अचानक कुरै कुरा मा उनिले सोधिन "प्रदिप ! हामी कहिले बिहे गर्ने ?" 
मैले नि ठट्टै ठट्टा मा शायद आउने बैशाखमा भनिदिए
हि ही ही ही उनी हासिन मैले नि हा हा हा हासेरै जबाफ दिए

केही बेर को मौनता पछी उनिले फेरी सोधिन "साँच्चै तिमीले बिहे गर्छौ नि मलाई" । यसपाली भने म थोरै हिच्किचाए जबाफ दिनलाई । हैन कतै गरिमा ले साँच्चै ठानेकी त छैनन ।

के भनु नभनु सोच्दा सोच्दै मेरा औलाहरुले टाइप गरिसकेका थिए "के संका लाग्छ र कुनै ?" अनी इन्टर थिचिदिए ।
"खै ! हुन त कस्को मनमा को पसेको नै हुन्छ र तर संसार विश्वाश मै अढेको छ् ... थाहा छैन किन म पनि तपाइमाथि हराइरहेकि छु " उनी त सेन्टिमेन्टल कुरा गर्न पो थालिन् ।
"गरिमा ! जिबन भनेकै अनेक रंग तरँगहरुले भरिएको हुन्छ तिमीले मलाई भन्दा नि आँफैलाई विश्वाश गर शायद तिम्रो आशाहरु एकदिन भरोसा बनेर जिबन लाई साथ दिने छन " मैले नचाहेर पनि जबाफ दिनै पर्ने भो ।

रात छिप्पिदै गैरहेको थियो । नेपाल मा त रातको एक बजिसकेको थियो, यतिबेला सम्मा पनि हामी च्याटिङ मै रमाइरहेका थियौ ।

"गरिमा ! अब त सुत भो तिमी किनकी भोली त अफिस जानु छ् तिमीलाई यती राती सम्मा बस्नु स्वास्थ्य को लागि पनि नराम्रो हो " मैले लम्बिरहेको हाम्रो कुरो लाई छोट्याउने प्रयास गर्छु ।

"सुतेर पनि त कहाँ सान्ती छ् र मलाई ! सपना मा पनि तिमी सताउन आइरहन्छौ " गरिमाको जबाफ आजा निकै मलिन जस्तो लागिरहेको छ् ।

एकछिन केही कुरा गरेर उनी अफलाइन भैइन् , यता मेरो दिमाख् घुम्न थालयो ८० किमी को गतिमा मा । ब्रेक त लगाउनु पर्छ नै मैले यो गतिलाई तर मैले ब्रेक लगाउदा कसैको ब्रेन फेल हुने त हैन म एक्लै डराउछु । हैन ! आज गरिमा ले किन यसरी कुरा गरिन ? के उनी साँच्चैको माया गर्छिन त मलाई ? मैले आफ्नो मनलाई दिने कुनै उत्तर पाउन सकिन । मेरो निन्द्रा आज उडिरहेछ जसरी चराले आकाशमा कावा खाइरहेको हुन्छ । कोल्टे फेर्दै हजार कुरा हरु सोचिरहेको छु । शायद मेरो यो ठुलो गल्ती भयो इमान्दारिता का साथ मैले भन्नु नै पर्ने थियो गरिमा लाई कि म बिबाहित् हुँ भनेर । अब कसरी भन्ने होला "सरी गरिमा ! म तिमी सँग झुटो बोले कि म अविवाहित हुँ भनेर" शायद गरिमाको दिलमा कती चोट लाग्ने होला यो कुरा सुने पछी, कतै गरिमाले सबै पुरुष लाई नै घिर्ण गर्ने त होइनन ? यस्तै उस्तै सोच्दा सोच्दै कती बेला निदाए थाहै पाइन बिहान उठ्दा बस चढ्ने बेला भाईसकेको थियो , हतार हतार अफिस तिर लागे ।


"ए ! प्रदिप ! मेरो घर मा बिहे को कुरो चल्यो तिमी छिट्टो नेपाल आउन पिलिज" गरिमाको पहिलो संबाद  थियो आज ।
म झस्किए अब कसरी भनु कि म बिबाहित् हुँ भनेर ! मेरो मुटुले ढ्याङ्रो ठोकिरहेको थियो तर कती नै शाहस गरे पनि मेरा औलाले ति शब्द हरु टाइप गर्न सकेनन। बरु अब धेरै छैन नि गरिमा अर्को महिना मा त आइहाल्छु नि मैले तेही कुरा दोहोराए जुन कुरा गरिमा लाई पहिला नै थाहा थियो
 म २०६८ सालको नयाँ बर्षा मनाउन भनेर जादै थिए नेपाल करीब बिहे गरेर कतार फर्किएको १० महिना पछी । यतिबेला मैले मेरो मनमा मेरी प्यारि श्रीमती जसलाई बिहे गरेर छोडेर आएको थिए सम्झिए यता गरिमा भने बिहे गरेर हनिमुन मनाउन कहाँ जाने सम्मा को प्रश्न तेर्साउन भ्याइसकेकी थिईन।
"ती सबै कुरा त्यहा आएर गरुला नि है गरिमा" मैले फकाउन थाल्छु उनिलाई।
म उनिलाई भेटेर सम्झाउछु आखिर उनी नि मान्छे त हुन नि कसो नसम्झेलिन र ? म जानी जानी कसरी जिबन लाई दुई बाटोमा हिडाउन सक्छु र ? हुन त म पातकी नै हुँ यस्तो लाग्छ कि हरेक बिबाहित् पुरुषले आफुलाई चुकाउन बाट जोगाउनु नै वास्तव मा आफ्नी श्रीमती लाई सच्चा माया गर्नु हो तर म यहाँ चुकिसकेको थिए । मैले दुइजना लाई धोका दिदै छु एक त आफ्नी जिबन संगिनिलाई भने अर्की मलाई हरेक समय साथ दिन चाहने गरिमा लाई । यो वास्तवमै पुरुषले गर्ने महिला हिंसा थियो मैले बुझेर नि लचार बनिरहेको थिए ।

गरिमा सँग कुरा गरेरै मेरा दिन हरु बितिरहे । न् त मैले गरिमा लाई स्पस्ट पार्न सके न त गरिमा ले मेरो वास्तविक पहिचान गर्ने चेस्ट नै गरिन । शायद उनिले मलाई पूर्ण विश्वाश गरेकी छीन  अनी माया पनि र त एक अन्जान पुरुष लाई जिबन सुम्पिने निर्णय गरिरहेकी छीन  । तर के थाहा उनिलाई एकदिन उनिले माया गर्ने विश्वाश गर्ने मान्छेको रुप उनको सामु छताछुल्ल हुँदैछ एक धोकेबाज अनी चरित्रहिन पुरुष को रुपमा शायद त्यस दिन देखी गरिमाको मनमा पुरुष प्रती नै घिर्ण जाग्ने छ् । म आँफैलाई थाहा छैन गरिमा र गरिमा जस्ता कती महिलाहरुले बेहोरिरहेका छन यि दु:खद घटना त कती पुरुष हरुले सास्ती ब्यहोर्नु परेको छ् म् अनी म जस्तै लाचार,स्वार्थी , धोकेबाज पुरुषहरुले गर्दा ।

 यो माया भन्ने चिज पनि यस्तै रहेछ यता तान्यो उता खुम्छिन्छ माथि उकास्यो तल भत्किन्छ् । मैले पनि गरिमा लाई थाहै नपाई माया गर्न थालेछु यस्तो लाग्दथ्यो कि उनी सँग कुरा नहुँदा मेरो संसार नै अन्धकार छ् । शायद उनी पर्तिको आकर्षण ले होला  या त उनी म देखी टाढा नहुन भनेर होला बेला बेला मा मैले आफ्नो यथार्थता निकाल्न खोजेनी घाँटी नेर नै आएर अड्किन्थ्यो अनी आ ! जे त होला भनेर निरन्तरता दिएरहेको थिए ।

बिस्तारै घर जाने दिन पनि आउन थाले । नेपाल आए पछी मैले गरिमालाई कल गरेर एक ठाउमा भेट्ने बाँचा पनि गरे । म अप्रिल ०८ तारिख यहाँ बाट नेपाल पुगे । मेरी श्रीमती बिमान्स्थल लिना आइन । आफ्नी प्यारी श्रीमती लाई देखेपछी म आँफैलाई अझ ठुलो आत्मग्लानी हुन थालयो कि मैले निकै ठुलो भुल गरिरहेको छु । म दुबिधामा थिए यदी कुनै एक निर्णय गर्दा पनि आफ्नै जिबन सँगिनी सँग खेलबाड हुने त कसैको मन भाँच्चिने थियो । हुन त मैले कुनै क्षणिक स्वार्थ को लागि गरिमा सँग यती सम्मको यात्रा गरेको थिइन तर पनि आफुले गल्ती गरेको महसुश भैरहेको थियो ।

म भोलिपल्ट श्रीमती लाई साथी भेट्न जानु छ् भनेर गरिमा लाई भेट्न गए ।
हामी तस्बिर बाटै चिन्जान भएकोले मलाई उनी कस्ती होलिन भन्ने कौतुहुलता लागेको थियो शायद उनिलाई पनि मलाई जस्तो भएको हुनुपर्छ । म निस्चित ठाउमा पुग्दा गरिमा आईसकेकी रैछिन् मलाई देख्न साथ नमस्ते गरिन म भने हात मिलाउन पुगे । मन भित्र भित्रै आतन्कित थियो मेरो कसो गरी आज म गरिमा लाई फकाउने होला भनेर ।

"फोटो मा बाँदर जस्तो देखिए नि मान्छे त हेन्डसम नै हुनुहुदोरैछ" उनी ठट्टा गर्दै बोलिन ।
"अँ ! तिमी पनि त किच्कन्या भन्दा कमकी त रैइनछौ नि त " मैले हाँसेरै जबाफ दिए ।

हि ही ही उनी पनि हाँसिन म पनि हाँसे तर मेरो हाँसो ले  आफ्नै मुटु कोपिरहेको थियो । हामी निकै बेर कुरा गर्यौ । गरिमा भने निकै खुशी देखिन्थिन शायद उनिले सोचेको या त रोजेको जस्तै मान्छे परेको थिए होला म । उनिले त आफ्नो घरपरिवार सित भेटाउने अनी further कुरा चलाऊने भन्न् थालिन् । म भने ब्रेक फेल भएको गाडी जस्तै स्पिड मा थिए थाहा छैन यो गाडी कहाँ गएर एक्सिडेन्ट हुने हो । कती नै कोशीस गर्दा पनि मैले आफ्नो सक्कली रुप देखाउन सकिन गरिमा लाई । मैले २, ४ दिन म परिवार भेट्न गाउँ जादैछु अनी फर्किएर गरिमाको परिवार लाई भेट्ने र बाँकी निर्णय गर्ने भनेर उनिसँग फेरी झुट बोले । यसरी फेरी अर्को गल्ती गरेर म आफ्नो रुम तिर फर्किए ।

बर्सौ पछी भेट हुँदा कुन श्रीमान श्रीमतीलाई खुशी नहोला र मेरी श्रीमती पनि निकै फुर्किरहेकी थिइन खुशीका रेखा हरु उनको अनुहारभरी दौडिरहेको थियो । जती जती म उनका खुशीहरुलाई अनुभुती गर्थे उती उती गरिमा सँगको सम्बन्ध सम्झेर रुमाललिरहन्थे । कुनि कुनै बेला उनिले झस्काइरहन्थिन जब म कल्पना मा हराइरहेको हुन्थे । बाहना अनेक गरेर भए पनी मैले श्रीमती बाट टाढा नै राखे मेरा कुरा हरु । २, ३ दिन यसरी नै बित्यो ।

"ए ! प्रदिप उठ्नु न गएर मासु लिएर आउनु पसलबाट आज मेरी हितैषी मित्र आउँदै छे क्या भिनाजुलाई हेर्न लाई " एकाबिहानै मलाई श्रीमती ले उठाइन ।
"ल ! ल बियर सियर लिएर आउन भन मलाई हेर्न आउनेलाई त " अब गृहमन्त्री ले आदेस दिदा म पुलिस ले नमान्ने त कुरै भएन उठेर सोझिए मासु पसल तिर ।

हामी दुबै मिलेर खान पकाइवरि गफ गरेर बसिरहेका थियौ । कसैले ढोका ढ्याक ढ्याक गर्‍यो ।

" ए ! उँ आइ क्यारे मेरी प्यारि साथी " यती भन्दै मेरी श्रीमती ढोका खोल्न थालिन् म भने आफ्नो अनुहार एना मा हेर्न थाले ।

नमस्ते ! भिनाजु चिने चिने  सुने सुने जस्तो स्वर आयो
म पछाडि फर्किए । मेरो होश हवास् नै उड्यो त्यहाँ उनै गरिमाको उपस्थिती थियो ।
मलाई देखेर एकछिन नमस्ते गरिरहेका उनका हात हरु उचालिरहे । मैले उनको अनुहार मा बेचैनिका रेखाहरु दौडिरहेको पाए । मैले सिचुयसन लाई सहज् बनाउन आउनु आउनु बस्नु भन्दै सोफा देखाए ।

तपाईं हरु गफ गर्दै गर्नु म कफी लिएर आउछु भन्दै म किचन तिर छिरे । मुटु चिसो हुन थाल्यो एकछिन मेरा हात गोडा पनि  काँपे   । आँफैलाई विश्वाश भैरहेको थिएन यो सपना हो या बिपना । भगवान ले पनि कस्तो कस्तो जुराउदारैछन् जिन्दगीमा । मैले गरेका हरेक क्रियाक्लाप हरु आँफैलाई पश्चाताप लाग्न थाल्यो । अफुलाई सम्हालेर म् कफी लिएर गए उनिहरुको सामु । 


मैले नजर जुधाउँन नै सकिन गरिमा सँग न त उनिले मलाई नै हेरिकी थिईन शायद उनको मन मा रिस र घिर्ण एकसाथ सल्किरहेको थियो होला

"कस्तो लाग्यो त गरिमा ! भिनाजु तलाई " मेरी श्रीमतीले हाम्रो मौनता लाई चिर्दै बोलिन ।
"जुन जस्तो औशिको रातमा चाहिने शायद ! तेरो जिन्दगी सधैं उज्यालो हुनेछ " कि कसो भिनाजु उनिले म तिर पुलुक्क हेर्दै बोलिन ।
मेरी श्रीमतीको हाँसोले एकछिन बातावरण रोमान्चक बन्यो । म सँग भने बोल्ने कुनै शब्द नै थिएन, मन भरी पिडा हरु सल्बलाइरहेका थिए ।

तपाईंहरु कुरा गर्दै गर्नु म खाना लगाउछु है भन्दै मेरी श्रीमती किचेन तिर लागिन ।

आइ एम सरि गरिमा ! मैले तिमीलाई भन्न् त खोजेको थिए तर सकिन । यो मेरो ठुलो भुल हो यदी सक्छ्यौ भने माफ गरिदेउ ल् ।

उनी उता फर्किन शायद उनको आँखा मा टिल्पिलाइरहेको आशु को ढिक्का मैले नदेखोस् भनेर होला ।  उनी एक शब्द पनि बोल्न सकिनन र मैले नि बोल्नु कुनै उचित ठानिन यतिबेलै  मेरी श्रीमतीले खाना खाना आउने उर्दी लगाइन ।


म खाना खाइसकेपछी बाहिर जरुरी काम छ् भन्ने बाहना बनाएर निस्किए । पाइलाहरु लरबराइरहे म रक्सिको नशा मा झै हिडिरहेको थिए । आफुलाई आत्मा ग्लानी मात्रै भयो अनी सुकेधारा देखी माथि गुम्बा भएको डाँडा तिर लागे ।

झन्डै एकमहिनाको बसाई मा म एक्दिन पनि गरिमा लाई फोन गरिन । कहिले काही भेटेर गल्ती को प्रश्चित गर्छु भन्ने सोचे पनि त्यो पनि गर्न सकिन । गरिमा लाई कती चोट परेको होला सोचेर मात्रै अनुभब गर्न सक्थे वास्तव मै म एक लचार बनिरहेको थिए ।

म दोहा फर्किए । रुममा पुगेपछी म आफ्नो फेसबुक लग अन गरे । झन्डै एकमहिना सम्मा धेरै साथीहरु को सन्देश आएको रैछ् हेर्दै जान थाले । गरिमाले पनि एक सन्देश लेखेकी रैछिन ।

"मान्छे हरु यती निच होलान भन्ने मैले सोचेकि सम्मा पनि थिईन शायद एक पल पनि सोचेकि हुन्थे त आज यसरी पल पल आशुको पोखरिमा डुब्नु पर्ने त थिएन । सुनेकी थिए माया मा धेरै रुनु पर्ने हुन्छ भनेर आज आँफै रोएर हिंड्नु पर्दा बल्ल थाहा भयो माया गर्नेहरुले पाउने सँजाय के रहेछ भनेर । धन्न भगवान तिमीले बेलैमा मेरो आशुहरु झार्न पुग्यौ नत्र मेरो कारणले मेरी बच्पन देखिको हितैषी साथीको कस्तो बिचल्ली हुनेथियो होला ! शायद तिमीलाई धन्यवाद दिनै पर्छ किनकी तिमीले मेरी बालसखी लाई रुन बाट बचायौ । जिबन लामो छ् भन्छन तर मलाई थाहा छैन मेरो जिबनको दुरी कती नापिएको छ्......... । जिबन मा धेरै खुशी रहनु प्रदिप !! अल बिदा !!"

मेरा औलाहरु थर्थर काँपिरहे चाहेर पनि कुनै शब्द हरु लेख्न सकिन । दोहोराइ तेहराइ पढे तिनै शब्द हरु । काँडाले कोपे जस्तै मुटु चस्किरहयो .....................!!


3 comments:

Anonymous said...

य कुरा त त्यसो पो हो ?? अब त बाहिर जान्छु भन्यो भने त सिअैदी पो लाग्नु पर्ने भयो त !

प्रदिप said...

aba timilaai lieraa jaanu parlaa ni sangai hehehhehe

Anonymous said...

katha yadi kalpanik ho bhane ramailai chha, tara yadi bastabik ho bhane... Thukka mula, k socheko thiyis ?