Thursday, June 2, 2011

हार्दिक श्रदान्जली !! राजा बिरेन्द्र लाई


आजकाल त राजा लाई सम्झिदा नि राजाबादी भन्ने चलन छ् क्यारे आखिर जे सुकै भनुन म राजाबादी हैन भन्नु भन्दा पनि देसले गर्न खोजेको परिवर्तन को दिसा तिर शाहज लम्किन चाहने अरु नागरिक जस्तै एक नागरिक हुँ । मैले न त राजा बिरेन्द्र लाई भेटेको छु न त राजापरिवार र दरबारको बारेमा केही थाहा थियो एउटा पहाडी मुलुक मा साधारण परिवार मा जन्मेको मैले त्यो हसियत राख्न सक्ने कुरा नि भएन मैले पनि छापा हरुमा जे पाए त्यही बाट नै राजा र राजापरिवार को बारेमा जाने । जे जस्तो भए नि मैले राजा बिरेन्द्र लाई मन पराउथे र रानी एस्वर्या लाई त म कबिता हरुमा पहिले नै चाँडनी शाह को नाम ले पढिसकेको थिए त्यो तेतिबेला माध्यामिक तहको पाठ्यक्रम मा नै हो शायद ।

मलाई थाहा छ् देस मा गरीब जनताले न हिजो नै राहत पाएका थिए न त अहिले नै । जे जती भए स्रिफ राजनीतिक नारा हरु नेता भनाउदाको मुखबाट निस्कने बाहेक अरु केही हुन सकेन । आजकाल त देसमा जनता पनि छाडा भएको महसुस गरेको छु । मैले सुनेका बिरेन्द्र साह्रै नै जनता प्रेमी थिए रे खै ! हुने हार दैब नटार भने जस्तै उनिलाई त मारिदिए नै तर एक दसक बितेर जादा पनि हत्यारा को भन्ने प्रश्न आँफैमा पहाड भएर चुलिदैछ ।

मैले आज उनिलाई सम्झेर श्रदान्जली दिन उपयुक्त ठाने आखिर मेरो यो कर्तब्य पनि हो किनकी म उही राजाको प्रजा थिए ।

केही लाइन हरु मेरो कलम बाट

कुन पापिको आँखा लाग्यो मारिदियो हाम्रा राजा 
एकदशक मै हेर्दा हेरै कस्ता दिन आए आज

गुपचुप मै मिलाई कुरा धेरै भए छोटा राजा
गरीब दुखी माथि नै बजाउदै छन यिन्ले बाजा

लोकतन्त्र, गणतन्त्र,नारा पनि के के हुन कुन्नी
हत्यारा को खोजी नगर्ने लाई कहिले हुन्न किन लाज

भटट्ट्ट्ट गोली हने भनी दीपेन्द्रलाई दिए दोष
खै ! झुक्याउनलाई नै रैछ् प्रतिबेदन जनताको माझ

त्यो आत्मले सान्ती पाओस भन्नुबाहेक केही छैन हाम्रो सामु
देशभक्ति यो प्रदेशी ले हार्दिक श्रदान्जली दिन्छु आज ।

2 comments:

Anonymous said...

सबै कुरा राम्रो लाग्यो भोगिरहेको कुराहरु पढ्न पाउदा तर एउटा कुरा जनतहरु आँफै छाडा भएको होइन हुनुपर्ने बाध्यता बनाइदै छ अनी त के गर्ने ?? झुप्रो घरमा थुप्रै मान्छेहरु भएपछी यस्तै हो प्रदिप ,तपाईंको प्यारो नेपाल मा हे हे हे हे

Unknown said...

अनिनोमस जि जनता वास्तव मै छाडा भएका नै हुन केही हद सम्मा तपाईंले भने जस्तै बनाएका नै हुन तर नेता ले देस लाई यो अवस्था मा पुराएका हुन भन्ने जाँन्दा जान्दै नि फेरी उनिहरु को लै लै मा लागेर ढुङ्गा मुडा गर्ने टायर् बाल्ने अनी बन्द र हड्ताल गर्दै हिंड्ने हो त । के बन्द हड्ताल्ले , नारा जुलुस ले राँको बालेर धुँवा निकालेर समस्या को समाधान भएको छ् त ?

मलाई लाग्छ देस एस्तो क्रिटकल परिस्थितीमा गुज्रिएको बेला जनता संयमित हुनु एकदम अप्रिहार्य छ् नत्र केही सिमित तत्वले मात्रा फाईदा उठाउने छन जनता सधैं रित्तो हार ,,,,हात्ती आयो हात्ती आयो फुस्स !!!