Thursday, May 26, 2011

गीत (तिम्ले बाटो बिरायौ कि ??)

( यो माया के हो ....आगो हो कि पानी..??)


मैले बाटो बिराएकी तिम्ले बाटो बिरायौ
अनायासै बचनले छाती मेरो चिरायौ

संग सँगै रमाएका सपनाहरु देख्थ्यौ हामी
खुशी साट्ने बाँचा गरी पत्रहरु लेख्थ्यौ हामी
नजिकिएका पलहरु तारा जस्तै चम्किरहन्थे
अँगालोमा तिमी हुन्थ्यौ पाइला मेरा लम्किरहन्थे

खै !! के भो आज तिम्लाई मुटुपनी पिरायौ
अनायासै बचनले छाती मेरो चिरायौ

शब्द छैन ब्यक्त गर्न पिडा कस्तो हुन्छ भनी
ब्यर्थ भाछ सुनाउनलाई मन मेरो रुन्छ भनी
गल्ती हजार भए अरे तिम्लाई मैले माया गर्दा
शितल तिम्लाई शायद होला मेरो घाउमा नुन छर्दा 


सबै कुरा तिम्रा जाती, दोष मलाई  भिरायौ
अनायासै बचनले छाती मेरो चिरायौ .......!!!
=============================

4 comments:

Anonymous said...

so nice creation Mr. Pradip keep it up...

Unknown said...

Thanks hajur....

Milan Aryal Milsan said...

manai 6aune sarai ramro kabita......

Unknown said...

धन्यबाद मिलन जि । हजुर का नि केही भावना छन भने दिनु न एसैमा सेर गरम हुन्न र