Wednesday, May 25, 2011

म त ईलाम पुगे नि !!

खुशी हुन्छ मन मेरो तिमी सँग बोल्न पाए
हाँसेर नै सधैंभरी दिल सारा खोल्न पाए

बसन्तको बहार पनि शायद आउथ्योहोला जिबन मा
तिम्रो साथमा यसरी नै पिरतिका रंगहरु घोल्न पाए !!!

मैले उनिलाई यसरी नै जिस्काउदै भनेको थिए शायद के सोचिन उन्ले कुन्नी एक्छिन उनका ओठ हरु पुरै बन्द भए । काली किन चुप लागेको म ? प्रया यात्रा गर्दा चुपचाप हिंड्न नै सक्दिन शायद अरु यात्रीहरुले कस्तो फत्फते रहेछ भन्ने कुरो सोचेहोलान ।
आ !! जे सुकै सोचुन आफुलाई बाल मतलब फेरी नचिनेको ठाउतिर जादैछौ के को बाल भन्ने पनि मनमा नउठेको हैन तर अरुलाई डिस्ट्रब होला भनेर चुप लाग्न थाले । हामी माइक्रो को अगाडिको सिटमा बसेका थियौ खै यात्राु को चाप ले हो या त्यहको चलन हो हामी दुइजना को सिटमा ३ जना कोचेका थिए चालक महासय ले । मेरो आडमा अप्ठायरो गरेर बसेका महासाय ले रक्सी धोकेर आएका रहेछन मेरो नाकमा ह्वास्स गनायो अनी उनिलाई सो कुरा गरेको त "मुखमा पानी आयो कि के हो महाशय ?" भनेर मेरो मुखमा बिर्को नै ठोकिदिन । यिनी यस्तै छिन् मेरी !!!! म पनि मन नलाई नलाई पनि उनको ब्यंग सँग हाँस्न बिबस भने तर थाहा भएन मेरो यो हसाइलाई उनिले के बुझिन । हामी थोरै अगाडि बढेसी बाटमा एउटा जिप एस्तो भेटियो हत्त पत्त मैले उनिलाई फोटो खिच्न भने तर उनको हात कापेको या त हल्लिएको कुन्नी भ्नएजस्तो फोटो आएन ।


( एउटा जिपमा करिब् २०/२५ जना यात्रा गरिरहेका थिए )

 यात्रा यात्रा नै हो गन्तब्य मा पुग्ने लक्ष्य सबैको हुन्छ तर पुगिन्छ नै भन्नु पनि केही छैन । हामी दुबै अन्जान थियौ धेरै सुनेको  पढेको ईलाम को बारेमा । अलिकती नयाँ रमणिय ठाउँ देख्दा मैले यो ठाउको नाम के हो भनेर तिनै नजिकै बसेका मदिरावाले लाई सोध्ने गर्थे । उनी मान्छे मदिरापान गर्ने भएपनी राम्रै रहेछन राम्रा पनि किन नहुन नेपाल सरकार को हरियाली बन बिभाग मा काम गर्ने अनी बनजंगल घुम्ने । उनिलाई सबै थाहा रहेछ । उन्ले भन्दै थिए ईलाम को मुख्य आम्दानी हुने चिया, अंरिसो, अलैची , घिउ, छुर्पी यस्तै उस्तै । हुनपनी पाखाभरी चियाको बोट ढकमक्क देखेपछी मन तेसै तेसै रमाउने रहेछ । मैले उनिलाई सोधेको थिए "राज !! कती राम्रो डाँडा है ईलाम बजार को" उनी भने केही नबोली हासिदिन्थिन ।

( हाँस्दै छिन् मेरी उनी चिया को बोटैमा  )


उकाली ओराली चारैतिर हरियाली मन त जस्को नि लोभिन्छ नै त्यसमाथि हामी प्रदेसी हरु बर्षमा एक्फेरी नै एस्तो हावा खान पाउने त्यसैले नि मैले कन्जुसाइ नगरि रोमन्चित भएरै यात्रा गरिरहे । हामी छाडेको मान्छे ले ठाउँ ठाउमा मान्छे ओराल्ने र उकाल्ने गरिरहन्थ्यो म् भने चालक लाई सोधेरै हैरान पार्थे यो कहाँ हो , यो ठाउलाई के भन्छन भनेर । उनी पनि झर्को नमानेरै जबाफ दिरहन्छन । अझ मेरो नजिकै बसेका मदिरावाले सरकारी दाइले ठाउँ ठाउमा जानकारी गराउदै लगिरहन्थे यस्तो भान पर्थ्यो कि कतै उनी मेरा गाइड् त हैनन हि हि हि हि ।

हामी क्न्याम भन्ने ठाउँ मा पुग्यौ गाडी बाटै मैले एक तस्बिरलाई क्यामरा मा कैद गरे तस्बिर मजाले हास्यो यसरी ...............................
(इलाम को कन्याम चिया बगान)

म पनि मान्छे त कम्ता बाठो थिए घुम्ने निहु पारे नि प्रमुख काम पनि गर्नु थियो मैले यसपाली (पसुपतिको जात्रा सिद्रा को ब्यापार) यसको लागि मेरी उनिलाई मैले एक बर्ष पहिले देखिनै फकाउदै आएको थिए । हामी दुबै राजिखुसी यो सिद्रा को ब्यापार गर्न निस्केका थियौ । अनुहार नौला थिए सबै ठाउँ नौलो थियो तर म् पनि पहाडैमा जन्मेर हुर्केकोले त्यो ठाउँ ठ्याक्कै मैले बालापन गुजारेको ठाउँ जस्तै थियो त्यसैले म निकै उत्तेजित थिए त्यहाको रमणियता सँग पैठोजोरी खेल्न । हामी ईलाम पनि पुग्यौ । पहाड को काखमा भिरालो भिरालो बाटो पसलहरुमा मान्छेको भिड सागुरो बाटो रिम्झिम साँझ पर्ने बेला थियो त्यो । यहाँ काठमान्डौ को जस्तो लोड्सेडिग जस्तो त हुँदैन भन्ने सुनेको थिए मैले तयसैले नि ईलाम बजार झिलिमिली हाँसिरहेको थियो । हामीलाई केही थाहा थिएन नौलो ठाउँ बारेमा अघी ति चालक ले सोधेका थिए कहाँ बस्नु हुन्छ भनेर अनी मैले ति मदिरावाला दाई को अगाडि अनायासै होटेल बोकिङग गरेका छम भनेको थिए तर बुकिङग को त के कुरा हामीलाई त्यहको होटेलको बारेमा नै थाहा थिएन अनी तिनै चालक दाई लाई सोधेको सन्जोक हामी चढेकै माइक्रो मा एक होटेल ब्यबसायी पनि रहेछन अनी उनको मा नै ति चालक ले पुराइदिए । सेर्पा होटेल रहेछ बस्ने त्यती राम्रो थिएन तर रात परिसकेको अनी हामीलाई केही थाहा नभएको ले पनि हामी जसो तसो त्यही बस्यौ

(मेरो अंगालोमा  हाँस्दै मेरी उनी)

बिहान् उठेर हामी त्यहाको ठाउँ बारेमा सोध्न खोज्न थालयौ । ईलाम बजार देखी केही माथि चिया बगान रहेछ त्यता तिर लाग्यौ । नयाँ बर्ष २०६८ लाग्थ्यो सबै का घर हरुमा खुशीले नयाँ नयाँ रङग पोत्दै छ् क्यारे । बाट मा नयाँ नयाँ पहिरन मा सजिने ठिट्टा ठिट्टी हरु निकै हिडिरहेका थिए । हामी यो नयाँ बर्षा मा ईलाम घुम्ने अनी जिबन कै लागि नयाँ गर्नै पर्ने काम गर्न गएका थियौ त्यसैले पनि एउटा गन्तब्य को खोजिमा थियौ । नयाँ ठाउँ सोधेरै घुमियो धेरै त । हामीलाई बस्ने ठाउँ पनि खोज्नु थियो किनकी अघिल्लो रात गुजारेको होटेल त्यती राम्रो लागेको थिएन हामीलाई। खोज्दै जाँदा चिया बगानको छेउ मै रहेको डाँफे गेस्टहाउस फेला परो अनी हामी नि त्यतै सर्ने निर्णय गर्यौ ।
(हामी सरेको नयाँ होटेल चिया बगान को छेउ र मिठो खान पाइनाले यहाँ सरीयो )
होटेल त खोजियो तर हाम्रो प्रमुख काम त बाँकी नै थियो । समय पनि बिस्तारै चिप्लिदै थियो हामी बाट तर जसरी पनि आज हामी यो काम गर्नै पर्थ्यो । अनी जब ठाउँ पनि पाइयो पानी त दरर पो पर्‍यो एक्छिन मजाक गर्न लाई पनि पाइयो । मैले उनिलाई जिकाउथे अनी उनी पनि मलाई जिस्काउथिन तर हामी दुबै मख्ख परेका थियौ । सन्जोक भनौ या त भगवान ले हामीलाई साथी पठाइदेका एकजना त्यही कि स्थाइ बसिन्दा दिदी पनि हामी भएको थाउमा आईपुग्नु  भो । एक्चुल्ली हामी दुबै नयाँ कोही त मान्छे हामीलाई अघी देखी नै चाहिएको थियो हामीले महसुस गरेकै बेला टुप्लुक्क ति दिदी हातमा पूजाको थाली बोकेर त्यो मन्दिर मा आईपुग्नु भो । मैले मेरी उनिलाई सुराए यिनै दिदिलाई तिम्रो लोकन्ते बनाउनु पर्छ ल ल तिमी गएर भन त उनिले तपाईं भन्नु न भन्दै थिन तर मैले उनिलाई तिमी लडिज सजिलो हुन्छ अनी उनी नै दिदी सँग कुरा गर्न थालिन् । म भने जिते जस्तो गरेर हासिरहे । दिदी पनि निकै मायालु र दाँयालु हुनुहुदो रहेछ हामीले सोचे भन्दा पनि बढी उहाले हामीलाई आफन्त को ठाउँ दिनु भो र त म अथवा हामीले यो सफलता पायौ (२०६८) 
{दिदी र हामी (अब त उनी भन्न् मिल्दैन रे हा हा )}
 दिदी ले धेरै आसिर्बाद दिनु भयो हामीलाई । हामीले नि गर्ने काम सबै गरियो । पछी दिदी को घर मा गएर एक्छिन बस्यौ अनी फेरी त्यहा बाट निस्केर होटेल मा गयौ । दिदिले आफु ब्यस्त हुँदा पनि आफ्नो मुल्यवान समय हामीलाई दिएर सबै भन्दा ठुलो गुन लगाउनु भयो हामीलाई त्यो बिरानो ठाउमा आफ्नत्व दिनु भयो शायद यसको मुल्याङ्कन यो ब्लग मा यि शब्दहरु ले गर्न म सक्दिन बरु जिबन्भर सम्मा उहाँ को आसिर्बाद लिन पाइराखु भन्ने लागिरहेको छ् मलाई । शायद हाम्री ति दिदिले पनि हामीलाई जिबनभरी आसिर्बाद दिनुहुनेछ भन्ने आशा गरेका छौ हामीले । हामी २ दिन ईलाम बसेर फेरी कन्याम अनी पाथिभरा घुम्दै बिर्तामोड आएर बस्यौ । त्यस्पछी सिधै भर्दपुर पुगी बुद्द एअर मार्फत काठमान्डौ फर्कियौ पनि ।

समग्रह मा मलाई ईलाम राम्रो लाग्यो, त्यहाका बासिन्दा हरु पनि राम्रो लाग्यो हामी धेरै जना सँग घुलमिल गर्यौ त्यो छोटो बसाइमा । अब त झन त्यहा जानै पर्ने छ् फेरी फेरी । यो ब्लग मार्फत सबै मेरा सुभेच्छुक हरुलाई ईलाम पुगे नि म् भन्ने सन्देस दिन चाहन्छु सक्नु भयो भने हजुर हरु नि जानुहोला घुम्न लाई ल .......






4 comments:

Milan Aryal Milsan said...

yo lekh padhe pa6i ta malai ni ekchoti Ilam tir jan man lagyo dai..katai maile pani hajur le jastai euti UNI bhet6u ki hahhahahaha

प्रदिप said...

जानु जानु मिलन जि जानै पर्छ ईलाम राम्रै छ् यहाँ लाई राम्री बार मिल्ने शुभकामना दिन्छु है त अग्रिम मा

Anonymous said...

हेरन उल्लु को पत्थले लेखेको ! बिहेको पार्टी पनि यही ब्लग म दिएको नि क्या हो नि ???????????? हे हे हे ल ल मेरो तर्फ बाट पनि तपाईंलाई धेरै धेरै बधाई छ

प्रदिप said...

Thank you viras ji...