Friday, May 20, 2011

गजल


देखे पनि गल्लितिर तर्की जानु मेरि मोटी 
भेटे पनि दैलोनिर फर्की जानु मेरि मोटी 


जिन्दगिका बाटा मेरा भत्किदैछन दिन दिनै 
मुसल्धारे पानी बनी दर्की जानु मेरि मोटी 


तिम्रो तस्बिर अल्बममा हाँसिराख्छ जिस्काउदै 
जोडिदैन माया भने चर्की जानु मेरि मोटी 


फेरि मैले माया पोखी हातहरु छोए भने 
सुन पानी मन्तारेर छर्की जानु मेरि मोटी 

1 comment:

Anonymous said...
This comment has been removed by a blog administrator.