Tuesday, May 19, 2009

गीत




















कस्तो होला तिम्रो माया छुन पाए हुन्थ्यो कि त ?
बरपिपल् झै हामी संगै हुन पाए हुन्थ्यो कि त ?

तिमी कहाँ म यहाँ तड्पिएको पिडा कस्तो !!
औंशिको यो कालो रातमा नऊदाएको जुन जस्तो !!
कस्ले बुझ्ने कस्ले देख्ने काडाँ भित्र फुल फुलेको
मेरो जस्तै तिम्रो पनि छैनकी त मन भुलेको

कतै माया मैलिएनी धुन पाए हुन्थ्यो कि त ?
बरपिपल् झै हामी संगै हुन पाए हुन्थ्यो कि त ?


भेटै नभै छुट्ने हो कि मनमा लाग्ने डर रैछ !!
तिम्रो बाटो खोजिरहेछु कती धेरै पर रैछ !!
यस्तो नहोस् तिम्रो माया आँखा बाट झर्नु पर्ने
जिउँदो लाश भै जिन्दगानी बाँचेर नि मर्नु पर्ने


अनिलो छु के भन्ने खै ! नुन पाए हुन्थ्यो कि त ?
कस्तो होला तिम्रो माया छुन पाए हुन्थ्यो कि त ?
बरपिपल् झै हामी संगै हुन पाए हुन्थ्यो कि त ?

5 comments:

Basanta said...

राम्रो लाग्यो यो गीत! परदेशिएकाको पिडालाई बोक्न सफल भएको छ।

wordflows said...

good one

Unknown said...

कस्तो राम्रो गीत !!

दूर्जेय चेतना said...

मन छुने गीत रहेछ। पहिलो पटक भन्दा दोर्सो पटक पढेको त बल्ल मज्जा आयो।

Unknown said...

सबै कम्मेन्ट गरिदिने तथा पढिदिने सबै मा धन्यवाद भन्दै अरु सल्लाह को आबस्यक्ता को महसुस भाईरहेको छ ।