Sunday, May 3, 2009

शुभकामना

राजकुमारी राइ
काठमन्डौ

तिमीले देखेका पुरा हुन यि सपनाहरु साथी
दुनियाँले गर्ने कुरा हुन यि सपनाहरु साथी

धेरै देखे मैले ओईलिएका काँतर मनहरु यहाँ
तिमी हिंड्ने बाटाहरुमा सुरा हुन यि सपनाहरु साथी

चाहेको जती पुग्दैन भन्छन जिन्दगी सबैको यहाँ
नब बधुको हातमा झल्किने चुरा हुन यि सपनाहरु साथी

चुलिदै जाउँ तिमी अझै लम्कदै जाउँ तिमी
हरेक मनले देख्ने अग्ला चुचुरा हुन यि सपनाहरु साथी

2 comments:

Yumesh Pulami said...

धेरै निश्छल र राम्रो भाव - लेख्दै जानू होला राजकुमारी राई जी !

दूर्जेय चेतना said...

malai pani ekdamai man payo hai rajkumari je.. keep it up.