Tuesday, May 13, 2014

नेताज्यु गर्यौ राज्यको लुट

मन्दिरमा हडताल गर्छन् संसदमा कुटाकुट 
कुन प्रभुको ईशाराले बिराटनगरमा भयो फुट 

२६ को पत्तो छैन नियमावाली त भाँड्मै जाओस 
एकसालैमा संबिधान भन्दै काँग्रेसले बोल्यो झुट

गरीबका दिन ल्याउछौ भन्दै बोकाएथे कांधमा बन्दुक 
आफ्नै बोलिको ठेगान छैन बजारमा रोप्यौ गुट उपगुट 

न बाटो, बिजुली,न शिक्षा न रोजगार पाउछौ जनताले 
भाषाण ठोक्दै, मिलिजुली नेताज्यु गर्यौ राज्यको लुट 

Monday, April 14, 2014

हार्दिक शुभकामना नब बर्ष बि सं २०७१ !!!




नब बर्ष बि सं २०७१ सालको पावन उप्लक्ष्यमा मेरा परिवार, आफन्त, इस्टमित्र तथा प्रदिप भनेर चिन्नुहुने सम्पूर्ण मानुभाबहरुमा हार्दिक शुभकामना टक्र्याउन चाहन्छु स्विकार्नुहोला ल ।

Friday, April 11, 2014

Pain is the only thing that's telling me, I m still alive ..!!!

जिउँदै मारेकी छ्यौ अझै लाश बनाउनु छ भन्छ्यौरे 
फुलको थुँगा  मिचेर अझै घास बनाउनु छ भन्छ्यौरे 

कहिले मिठो चपाउदै अनी फेरी कहिले तितो ओकल्दै 
छिया छिया पारेको दिल हेर्ने मास बनाउनु छ भन्छ्यौरे 

बेथितीले कुट्यौ, सके जती लुट्यौ, बाँकी के छ र अरु ?
बिना रोकतोक श्वास रोकाउने पास बनाउनु छ भन्छ्यौरे 

के गरिन तिम्रो लागि भगवान लाई मात्रै थाहा होला कि 
जिन्दगी रंगाउन अझै तिम्रो कोही खास बनाउनु छ भन्छ्यौरे  


Tuesday, March 4, 2014

तिमी थियौ र पो......???

तिमी थियौ र पो मिठा मिठा बात हुन्थे 
कहिल्यै नसकियोस जस्ता न्याना रात हुन्थे 
जब 
तिमीले छोडि गयौ मुटु भरी चोटका खातहरु हुन्छन 
सधैं सधैं यि दुई नयनबाट छुटेका यादहरु रुन्छन 


Wednesday, February 19, 2014

हे ! युबा


यदि तिमीलाई 
साच्चै देसको माया छ भने 
यदि तिमीलाई नेपाली हुनु छ भने 
पिलिज छोडिदेउ तिमी यो 
डोको मा क्रोध बोकेर पोको को खोजमा 
पिलिज छोडिदेउ तिमी यो 
सडकमा अबोध पोखेर, चोको को खोज मा 
किन की .... 
तिमीलाई थाहा हुनुपर्ने बेला आइसक्यो 
देसै नभए पछि के को भेस होला र !! 
भेसै नभए के को मेस होला र ??? 
आखिर 
नगरिकता ओछ्याएर धर्ती देखिन्न 
न त नागरिकता ओडेर जाडो छेकिन्छ 
त्यसैले यदि तिमीलाई 
साँच्चै नेपाली हुनु छ भने 
या त नेपाल को भनी चिनिनु छ भने 
नजाउ अब तिमी गल्ली तिर 
नजाउ तिमी चौक तिर 
त्यहाँ त केबल 
६०१ गुण्डा हरुले ताण्डब न्रित्य देखाइरहेका छन् 
हाम्रो अगाडी जति चिल्लो घसेका हुन्छन् 
उती हाम्रै घाँटी कस्न बसेका हुन्छन 
हैन भने 
हेर त तिमी ले 
हिजो र आज मा कति परिवर्तन चाहेका थियौ हामीले 
आज र भोलिमा के के सपना देखेका थियौ हामीले 
तर यिनीहरुले 
गल्लिमा आगो फुकेर हाम्रो भबिस्य जलाउन थालेका छन् 
मान्छे मान्छे बीच कलह रोपेर बैमान फलाउन थालेका छन् 
त्यसैले !! खबरदार तिमीलाई 
नजाउ त्यो द्रिस्य हेर्न तिमी 
सचेतना तिमीलाई 
नखोज तिमी पनि गुण्डराज बन्न 
किनकी तिम्री आमाले 
मेलम्चीको पानी सम्झेर परान धान्न सक्दिनन अब 
न त तिमी र तिम्रो भाई को बर्ग सँघ्रस नै थाम्न सक्छिन 
केबल हेरिरहेकी छिन्....................................................... 
तिम्रो हात मा बन्दुक नभएर कलम होस् 
त्यहि कलम ले निकालेका शब्दहरु 
यी घाउँहरु मा मलम होस् 
हो !! 
यदि तिमीलाई साँच्चै देशको माया छ भने 
यदि तिमी नेपाली नै हुनु छ भने पिलिज ..............छोडिदेउ । ।