Friday, April 11, 2014

Pain is the only thing that's telling me, I m still alive ..!!!

जिउँदै मारेकी छ्यौ अझै लाश बनाउनु छ भन्छ्यौरे 
फुलको थुँगा  मिचेर अझै घास बनाउनु छ भन्छ्यौरे 

कहिले मिठो चपाउदै अनी फेरी कहिले तितो ओकल्दै 
छिया छिया पारेको दिल हेर्ने मास बनाउनु छ भन्छ्यौरे 

बेथितीले कुट्यौ, सके जती लुट्यौ, बाँकी के छ र अरु ?
बिना रोकतोक श्वास रोकाउने पास बनाउनु छ भन्छ्यौरे 

के गरिन तिम्रो लागि भगवान लाई मात्रै थाहा होला कि 
जिन्दगी रंगाउन अझै तिम्रो कोही खास बनाउनु छ भन्छ्यौरे  


No comments: