प्रिय
तिम्रो सुन्दर मुस्कान भित्र
मैले आफ्नो अर्थ खोजेको भए
तिम्रो मादक हेराइभित्र
मैले आफ्नो स्थान बनाएको भए
सजिलै
तिमीले हात हल्लाएर पराइको डोली चढ्ने थिईनौ होला
कनिकुथी मैले बनाएको साँघु भत्काएर
हाम्रो सम्बन्धलाई
दुई किनरा बनाइ बग्ने खोली बनाउने थिईनौ होला
त्यसैले , आज
जिन्दगीका क्याक्टसहरुले
सम्झनाका तरेलिहरु कोपेर
अदभुत यातना दिईरहदा
ति मिठा पलहरु
आँखाको डिलबाट चिप्लीरहेका छन
बस !!
ति मेटेर पनि नमेटिएका
नलेखेर पनि लेखिएका
तिम्रो मेरो बिचको कहानी
एउटा कोपिलामै चुँडिएको जवानी ....!!
......**..............**...........**.................**

तिम्रो सुन्दर मुस्कान भित्र
मैले आफ्नो अर्थ खोजेको भए
तिम्रो मादक हेराइभित्र
मैले आफ्नो स्थान बनाएको भए
सजिलै
तिमीले हात हल्लाएर पराइको डोली चढ्ने थिईनौ होला
कनिकुथी मैले बनाएको साँघु भत्काएर
हाम्रो सम्बन्धलाई
दुई किनरा बनाइ बग्ने खोली बनाउने थिईनौ होला
त्यसैले , आज
जिन्दगीका क्याक्टसहरुले
सम्झनाका तरेलिहरु कोपेर
अदभुत यातना दिईरहदा
ति मिठा पलहरु
आँखाको डिलबाट चिप्लीरहेका छन
बस !!
ति मेटेर पनि नमेटिएका
नलेखेर पनि लेखिएका
तिम्रो मेरो बिचको कहानी
एउटा कोपिलामै चुँडिएको जवानी ....!!
......**..............**...........**.................**
No comments:
Post a Comment