Friday, August 12, 2011

बक्तब्य ...!!!

 सिस्नोले हात पोले झै !!
अतित ले मन पोल्दा
दुँनियाले ताली ठोक्ने गरेको छ्
म बेहोसि मै आफ्नो पिडा बोल्दा ...................!!

कुनै दिन सत्य लेखेका यि कलमहरुका
अनायासै निब भाँचिएलान भन्ने सोचिन मैले कुनै दिन
न त काँडाले कोपे जस्तै चस्किरहेका घाउहरु
जिबन का रेसमा
पाइला पाइला मा ठोकिएलान यसरी भन्ने नै भो
तर
दुर्घटना पर्नु
न त नियोजित थियो
न त सम्भाब्यता
यदी त्यसो भए
दोष  कस्को थियो
तिम्रो या मेरो
या त हाम्रो त्यो भेटको .........??

म दोष दिन्न तिमीलाई
मेरा ति गल्ती हरुलाई
ति मेरा सपनाहरुलाई
जुन तिम्रो क्षणिक स्वार्थ ले भत्किएका थिए
तिम्रा व्यबहार ले लुटिएका थिए

म रित्तै, लर्बराउदै, बर्बराउदै
आफ्नै कुटिमा फर्केको थिए
तिम्रो जिबन धान्ने सिकार बनेर
फेरी पनी बलात्कार पछीको पिडा सहेर
म आफ्नै गन्तब्यमा हराएको थिए
एउटा जिन्दगी बाँच्न,
मृत्‍यु बाट ब्युँताउन
मसान घाट मा अन्सन बसिरहे ..........!!

कयापलट ..!!!
मसान बनेर सताउदैछ्यौ किन फेरी ?
किच्कन्या भएर तर्साउदैछ्यौ किन ?
शायद तिमीलाई
थाहा छैन होला
यो जिउदै मरेको लाश ले
सन्जिवनि घाट पाइसकेको छ्
मुर्छित सपनाहरु ब्युतिसकेका छन
बन्द गराइएका आँखाहरु खोलिसकिएका छन
त्यसैले
तिमी जस्ता किच्कन्या हरुले
यो हड्डिको आश नगरे राम्रो
फेरी मेरो मसान घाट्मा बास नगरेकै राम्रो
नत्र
खुर्सानीको राग हालेर
उडाउन नपरोस 
त्यो जिन्दगी
तातो रातो कोइलाले
डाम्न नपरोस त्यो पापी मन
खबरदार ...........!!!


No comments: