Wednesday, August 17, 2011

तस्बिर आँफै बोलेको छ् पिडा कती छ् भनेर ??

नेपाल भन्ने स्वच्छ शान्त मनोरम ठाउँ थियो रे भनेर विश्वा ले मुल्याङ्कन गर्ने दिन हरु नजिकदै छन । राजनीतिक उथलपुथ, बढ्दो हत्या हिंशा, अपराधी हरुको लुक्ने सुरक्षित ठाउँ, जस्ले जे गरे नि हुने ठाउँ भनेर घोषणा गर्न मात्रै बाँकी छ् अब यो नेपाल मा । सानो मुलुक मा सबै भन्दा धेरै ३२ पार्टी वा !! वा !!
जती सम्झ्यो उती दुख्छ छाती, झर्छ आशु तर ठाउँ छैन चित्त बुझाउने । म् त नेपाली हुँ भन्दै गर्व गरेर हिंड्ने दिन गएको छ् हामी नेपालीको । हेर्नुहोस् तल का केही तस्बिर हरु आखिर पिडा कस्ले बुझ्दछ ?????

यसरी यात्रा गर्नु को पिडा कती होला नेपालीहरु मा 

















यात्रा गर्दा गर्दै बिच बाटोमा यसरी चक्काजाम मा फस्नुको पिडा कस्तो होला ?

















क्षण भर मै आफ्नो घर बढीले बगाइदिदा कस्तो होला मन /जिबन ??






























देस मा सरकार छैन भनौ भने सात सात दल ले राज गरेका छन । ६०१ जनाले भत्ता खाएकै छन जनताको कर बाट कहिले को कहिले को प्रधानमन्त्री बनेकै छन । बजेट कार्यकर्ता लाई बाँड्छन । हेर्दा हेर्दै कस्तो भो यो मेरो देस नेपाल । कस्ले बुझिदिने यो पिडा ???

Friday, August 12, 2011

बक्तब्य ...!!!

 सिस्नोले हात पोले झै !!
अतित ले मन पोल्दा
दुँनियाले ताली ठोक्ने गरेको छ्
म बेहोसि मै आफ्नो पिडा बोल्दा ...................!!

कुनै दिन सत्य लेखेका यि कलमहरुका
अनायासै निब भाँचिएलान भन्ने सोचिन मैले कुनै दिन
न त काँडाले कोपे जस्तै चस्किरहेका घाउहरु
जिबन का रेसमा
पाइला पाइला मा ठोकिएलान यसरी भन्ने नै भो
तर
दुर्घटना पर्नु
न त नियोजित थियो
न त सम्भाब्यता
यदी त्यसो भए
दोष  कस्को थियो
तिम्रो या मेरो
या त हाम्रो त्यो भेटको .........??

म दोष दिन्न तिमीलाई
मेरा ति गल्ती हरुलाई
ति मेरा सपनाहरुलाई
जुन तिम्रो क्षणिक स्वार्थ ले भत्किएका थिए
तिम्रा व्यबहार ले लुटिएका थिए

म रित्तै, लर्बराउदै, बर्बराउदै
आफ्नै कुटिमा फर्केको थिए
तिम्रो जिबन धान्ने सिकार बनेर
फेरी पनी बलात्कार पछीको पिडा सहेर
म आफ्नै गन्तब्यमा हराएको थिए
एउटा जिन्दगी बाँच्न,
मृत्‍यु बाट ब्युँताउन
मसान घाट मा अन्सन बसिरहे ..........!!

कयापलट ..!!!
मसान बनेर सताउदैछ्यौ किन फेरी ?
किच्कन्या भएर तर्साउदैछ्यौ किन ?
शायद तिमीलाई
थाहा छैन होला
यो जिउदै मरेको लाश ले
सन्जिवनि घाट पाइसकेको छ्
मुर्छित सपनाहरु ब्युतिसकेका छन
बन्द गराइएका आँखाहरु खोलिसकिएका छन
त्यसैले
तिमी जस्ता किच्कन्या हरुले
यो हड्डिको आश नगरे राम्रो
फेरी मेरो मसान घाट्मा बास नगरेकै राम्रो
नत्र
खुर्सानीको राग हालेर
उडाउन नपरोस 
त्यो जिन्दगी
तातो रातो कोइलाले
डाम्न नपरोस त्यो पापी मन
खबरदार ...........!!!


Sunday, August 7, 2011

"HAPPY FRIENDSHIP DAY" - सम्झना साथीहरु लाई











" बिहान उठ्न बित्तिकै मोबाइल हेरेको म्यासेज आएको रहेछ । " आउर फ्रेन्डसिप इज ट्रेजर फर मि" पाकिस्तानी पत्रकार मित्र को थियो यो म्यासेज पढ्दै गर्दा मेरा नयन भरी बितेका ति पलहरु जो स्कुल अनी कलेज मा बितेका थिए नाँचिरहे । एकछिन मनभित्रै उल्लासमय भयो फेरी उदासमय पनि किनकी ति दिनहरु एकदमै मिठा अनी भावनात्मक थिए ।

त्यतिबेला अहिले जस्तो फेसबुकमा हाइ हेलो गर्ने नेट्वोर्क थिएन न त याहो म्यासेन्जर सम्मको पहुच थियो ग्रामिण भेगमा जन्मिएका हामि धन्नै प्रजातन्त्र नआउदै आफ्नै गाउँमा माध्यामिक स्कुल खुलेको ले कहिल्यै १० मिनिट भन्दा बढी हिडिएन स्कुल जान अनी आउन पनि । टाढा टाढा का साथिहरु कसरी स्कुल आउछन् होला भनेर म सोचिरहन्थे अनी गुरु हरु नी कति एक डेढ घन्टाको उकालो चढेर त कति आधा एक गन्टा ओरालो झरेर आउनु हुन्थ्यो । स्कुल पढ्दा २/४ जना हरु निकै नै आत्मिय साथिहरु हुनुहुन्थ्यो उहाँ हरु सँग बिताएका पलहरु आज पाइला पाइला मा ठोक्किन्ने गर्छ्न । आहा !! कति निर्दोस थिए ती मीठा पलहरु । कति साथि हरु सँग त अझै पनि कन्ट्याक छ तर धेरै जसो साथिहरु आफ्नो जीवन चलाउनै मा को कता हुनुहुन्छ संपर्क नै छैन् तैपनि फेसबुकले कतिको खबर भने दिएको छ ।



















जब नौ दस कक्षा पढ्न थालियो तब हातमा पत्रपत्रिका पर्न पनि थाले । गाउँका दाजुहरु जो जागिरे थिए वा शहर मा कलेज पढ्दथे उहा हरुले किनेका अनी पढेका पुरानै भए पनि कामना,युबामन्च, मधुपर्क आदि इत्यादी पत्रिकाहरु मेरो हात् मा पर्दथे म मधुपर्क का कथा हरु नसिध्याए सम्म सुत्दैन थे । २०५३/०५४ साल तिरै हो पत्रपत्रिका पढ्न थालेपछी भने पत्रमित्रता गर्न मै तल्लिन हुन्थ्यो मन । बुवा लाई कपी कलम किन्ने पैसा माग्यो अनी {रु२० /३० सुल्क हुन्थ्यो त्यतिबेला यी पत्रपत्रिकामा}हुलाक बाट पठायो तर एउटै पटक निस्किएन मेरो नाम् र तस्बिर मैले जतिपटक पठाए पनि सायद् सबै भन्दा बढी पटक मैले कामना सिने मासिक मै पठाएको थिए होला खै !! चिट्ठीको खामभित्र हालेको त्यो पैसा कहाँ जान्थ्यो तर पनि म मेरो नाम् र तस्बिर छापिन्छ की भनेर हरेक महिनाको पत्रिका किनिरहन्थे भने पत्र मित्र गर्ने भित्तो बाटा नाम् छानेर ३/४ दर्जन पत्र पनि पठाए हुम्ला । हुलाक मा मेरो मामा हुनुहुन्थ्यो रु १ को टिकट उहाँ बाटै सित्तैमा पाउथे अनी के चाहियो खाम सदा पेपर लाई आफै गम लगाएर बनाइन्थ्यो जुन हामिलाई ६ कक्षामै पूर्व ब्यबसायिक शिक्षा बिषय पढाउने गुरुले सिकाउनु भएको थियो तर अहिले त बिर्सियो पनि खाम बनाउन । तिनै दर्जन पत्रहरुको उतर मा २/४ जनाको पत्र प्राप्त भयो जस्मा पनि चमौला कैलालिकी सिता चाम्लिङ जी सँग झन्डै ५ बर्ष पत्रचार भयो त्यसपछि भने उहा कसैकी हुनुभो पत्र हरु बन्द भए । कति मीठा थिए ती मित्रता का क्षणहरु जति सम्झिए पनि अघाउदिन म ती दिन देखी के गर्नु फर्केर जाना नमिल्ने ती दिन हरु सँग   ...............




























०५५ सालमा एस एल सी पास् गरियो अनी बसाइ भो बाग्लुङ बजार तिर । त्यसपछि कलेजमा हाम्रो ९ जानाको अतिनै मिल्ने ग्रुप बन्यो । नर बहादुर, धीरज, बिबेस, दिपा, प्रतिक्षा,सबिना,मिरा अनी म । त्यो बेलाको दोस्ती अर्कै पाराको थियो कक्षा कोठा मा पछाडि बसेर हल्ला गर्ने अनी एक्जाम को बेला दिन मा एकले अर्कालाई भुलाउने राती सबै जनाले आफ्नो आफ्नो तयारी गर्ने धन्न हामि नवै जना ले पास् गर्यौ । मैले त प्रतिक्षा जी लाई धन्यबाद् दिनै पर्छ उहाँले बनाएको नोट् बुक बाट धेरै कुरा सिकेको थिए मैले । त्यतिबेला को दोस्ती सम्झिदा मन हर्शले आँशु पोख्न खोज्दछ । त्यतिबेला बजारमै पनि ईन्टरनेट को सुबिधा थिएन हवाइ पत्रिका हरुले माहोल बनाएका थिए धौलागिरिमा त्यसमा पनि साहित्यिक कार्यक्रम् हरु निकै हुन्थे र हामि त्यसैमा रमाउदथ्यौ । सानिध्य,बिक्रम बिबस,भबभिन्न,बाबुराम भुशाल,गङगाधर चिन्तन, राजु रिजाल, नारायणी खरेल,याम थापा, प्रकट कुमार, हामि हरु सबै साहित्यको बैसाखी टेकेर धौलागिरिका स्रस्टा प्रेम् छोटा, सान्तिनारायन, काजी रोशन जी हरुसंगै हातेमालो गर्दथ्यौ । बनभोज कार्यक्रम्, अनी बिभिन्न स्कुलहरुमा गएर पनि कार्यक्रम् हरु गरिरहन्थ्यौ । आज सबै साथि हरु को कहाँ हुनुहुन्छ केही संपर्क पनि छैन् कतिपयलाई फेसबुक का भित्तो हरुमा भेटाए पनि राम्रो सँग बोलचाल हुन पनि पाएको छैन् आखिर यहि त रैछ वास्तविक जीवन । उतिबेला देखि अहिले सम्म पनि मलाइ साथ् दीरहनु भएको छ मित्र बिबेश काउँचा जी ले । यहाँ हरु सबैलाई आज साथि दिबस को उपलक्ष्यामा सम्झिएर सुभाकमान सुस्वास्थ्यको दिर्घायुको,प्रगतीको स्वीकार्नु होला यो सानो ब्लग मार्फत । जहाँ हुनुहुन्छ सुखी र खुशि हुनुहोला ल ।


























त्यस पछि देश् मा द्वन्द चर्किन थाल्यो, जागिर को हाहाकार मच्चियो अनी लागियो प्रदेसको आँगन तिर । प्रदेसमा झन धेरै साइला हरु भेटिए, पल्लो गाउका हर्केहरु थपिए, माथिल्लो गाउका सेरबहादुर हरु, तल्लोथरका मन बहादुर हरु ससुराल तिरका सालीहरु, मावली गाउका भुन्टेहरु सबै यहि आँगन तिर आए । यहि प्रदेस को आंगनमा डाक्टर,इन्जिनियर, नर्स,किलिनर, ड्रैइभर, सबै मेरै देसका भरिए गर्दा गर्दा आज झन्डै ४ लाख नेपाली हरुले श्रम बेचिरहेका छौ यो आँगन मा । यहि आँगन मा पैठोजोरी खेल्दै दोस्तिका हात् बढे फिलिपिनो हरु सँग, इन्डियन हरु सँग,स्रिलन्कालीहरु सँग, सुडानिज सँग,इन्डोनेसियन सँग । कोहि आत्मिय बनेर भावना साटे,कसैले चोट्मा अझ चोट थपे कसैले सम्झना छाडेर गए ,नेपाल मा कहीले पनि नदेखेको पूर्व को अमर राई, अर्जुन बस्नेत, पश्चिम का लेटर बहादुर, रामानाथ, उत्तरका हिरा तामाङ्, राजु लामा दक्षिण का अजित महतो, सुर्य राजबन्सी, अस्मिता कायस्थ,निता गुप्ता हरु यो प्रदेसी भुमिमा झन चोखो मित्रताको साईनो गाँसे । मानिसको जिन्दगी साँच्चिकै गन्तब्य बिहिन यात्रा रहेछ कहाँ कतिबेला टुंगिने हो थाहै नहुने ...............























अन्तमा आजको यो मित्रता दिबसको उपलक्ष्यमा सबै मित्र हरु चाहे बचपन मा गाँसिएका साईनो हुन या स्कुले जीवन मा फेरि या त कलेज पढ्दा किन नहुन या प्रदेसी भुमिमा साथ् दिने हातहरु या त फेसबुका का वाल मा भेटिने देश् बिदेस का मित्रहरु या त अन्लाइनमा मीठा कुरा गर्ने हम्सफर हरु सबैलाई मेरो हार्दिक सुभकामना ......!!!

"Happy Friendship Day"