Wednesday, June 29, 2011

असार १५ लाई सम्झदै यो गीत

असारै महिना खेतमा धान रोपेर बस्यौ कि
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

म खन्थे आली जोतेर सकी, बिउँ तिमी बनाउथ्यौ
दुख र सुख गरेर हामी बेस्सरी रमाउथ्यौ
सम्झिन्छु आज ति दिन हाम्रा खाडीमा बसेर
न सके फिर्न न सके रिण तिर्न मुग्लान पसेर

कठै ! पानी चुहयो कि घरमा चिसोमा बस्यौ की
बर्षा र बाढि आयोकी कतै हिलोमा फस्यौ कि !!

नसराप्नु प्रिया ! पापिले यस्तो हाल गर्‍यो भनेर
प्रदेसी गाउँमा भुलेर बस्ने चाल् गर्‍यो भनेर
साँहुको रिण सके त तिर्न हाँस्नेथ्यो मुहार
प्रदेसी पक्कै फर्किन्छ एकदिन माया चाँही  नमार

रातो माटो चिप्लो बाटो डिलबाट खस्यौ कि
बर्षा र बाढि आयो कि कतै हिलोमा फस्यौ कि !!

==============================


असार १५ लाई सम्झदै यो गीत
तस्बिर : माईसन्सार उमेसको ब्लग बाट
==============================



2 comments:

Dipesh Thapa said...

very nice song pradeep ji

please keep it up

Unknown said...

दिपेस सर
धन्यवाद हजुर को सुझाब नै मेरो लागि उत्साह हो ।