Wednesday, January 26, 2011

तस्बिर हेर्दा हेर्दै अतित बल्झियो {भाग -२}


मेरो दिमाख ले केही सोच्न सकेको थिएँन  यसरी बिद्रोही को कब्जा मा परुला भनेर एक रती पनि सोचेको थिएन तर आज आँखा अगाडी नाँचिरहेका थिए द्रिस्य हरु जो पल पल घटिरहेका थिए , छुट्टाउनै सकिरहेको थिइन बिपना हो या सपना । लडाइमा होमिएको सिपाही बिद्रोहीको कब्जामा पर्दा कतिधेरै हिनताबोध हुदोरहेछ त्यो मैले त्यतिबेला खेपिरहेको थिए । फेरि मन मा लाग्थ्यो यदि यिनीहरुले हामी लाई मारेर देश् मा बिकास हुन्छ या त शान्ति आउछ भने के भो र आखिर नेपाल आमाकै लागि मर्ने छु भनेर पुलिस को जागिर खाएको त हो नी त्यति न हो आफ्नो घरपरिवार को अनुहार नहेरी मरिने भो । म यिनै कुराहरु मन मा केलाइरहेको थिए किन हो किन आज मलाइ मेरि छोरी को निकै याद् आइरहेको थियो ।
"ए ! भतुवा के सोचेको ? एउटा दारी पालेको मान्छे नजिकै आएर मलाइ चिथोर्ला जस्तो गरि हेर्यो ।
म सँग बोल्ने कुनै शब्द नै थिएन ।
अस्ति दुधे खोला मा कमरेड पुजालाई बलात्कार गरेर मार्ने तिमीहरु नै हैनौ ?? ग्याने का भतुवा हरु । उसको आँखा राता राता थिए शायद रिसले होला मैले उसको आँखा मा आँखा मिलाउन पनि सकिन । सोचे उअसको मन मा पनि जलन थुप्रिएको रहेछ हुन सक्छ युद्द मा उस्ले आफ्नो मान्छे गुमाएको थियो होला । उसलाइ कसैले बोलाएर लाग्यो म टोलाइरहेको थिए अरु साथिहरु लाई अघि नै कतै लगिसकेका थिए । दुई जना केटीहरु हाँस्दै मेरो छेउ आए । ओहो ! दाजु कति निरास भैरहनु भएको केही हुदैन हामी पनि त हजुर जस्तै हौ नी त के हाम्रो मन नहोला र ? बस सबै ठिकै हुन्छ एक्छिन मा कमरेड प्रबिण आउनुहुन्छ अनी हजुर हरु लाई छोडिदिने कुरो हुँदै छ । मैले बल्ल त्यहा पहिलोचोटि राम्रो सँग बोलेको सुनेको थिए । लाग्यो मान्छे सबै बदमाश मात्र लागेका रहेनछन यो माओवादी मा सायद यिनीहरु को पनि उदेस्य त होला केही । म उनीलाई हेरी रहे तर केही बोल्न सकिन । यतिबेला सम्म साँझ झमक्क परिरहेको थियो । मैले सिबिर वरिपरि आँखा घुमाए मलाइ निगरानी गर्ने ५/६ जना रहेछन । त्यो ठाउलाई आखामा कैद गर्न खोजिरहेको थिए एउटा ले करायो "ए ! भुइ तिर हेर " नत्र ,,,,, म लचार थिए जमिन तिर नै हेरेर उभिरहे । थाहा थिएन साथिहरु लाई कता लगेका थिए । एक्छिन मा एक्जन केटो आएर के के भन्यो तिनीहरु लाई अनी एउटा शायद उ मेरो निगरानी राख्ने लिडर थियो होला मेरो नजिकै आएर ल हिड भन्यो । अर्कोले मेरो आँखा मा पट्टि बाँधिदियो लाग्यो अब यिनीहरु ले मार्ने नै भए आखिर मान्छे लाई मर्न देखि डर त लाग्ने नै रहेछ मलाइ यतिबेला कालदेखी निकै नै डर लागिरहेको थियो । उनिहरु को हात समाएर हिडिरहेको थिए थाहा केही थिएन ज्यान थर् थर् काँपिरहेको थियो आँखा मा प्यारी र छोरीको अनुहार घुमिरहेको थियो । मैले डराइ डराइ एक्जना लाई भने "सर " मलाई मार्ने नै भए पनि मार्नु तर मेरो परिवार लाई भेटाइदिएर ।
नडराउनु नडराउनु दाजु केही हुदैन तपाइ हामी जस्तै त हो नी किन मार्ने एउटा महिला स्वर आयो ती अघि म सँग सिबिर मा मिठो बोल्ने केटी थिइन । अनी मलाई कहाँ लैजान लागेको त मैले सोधिहाले । त चुप्चाप लाग्छस की फर्मुला दिउ एउटा ले जङिदै भन्यो । कति कराएको यो अनन्त उहाँ पनि हामी जस्तै  मान्छे त हो नी तिनै केटी कराउन थालिन त्यो मान्छे सँग । महिलाको मन केही कम्लो हुन्छ पुरुष को भन्दा भन्थे मैले यतिबेला नै महसुस गरे । उनिहरु त नथाक्ने रहेछन मेरो भने ज्यान लखतरान परिरहेको थियो । जङल मा पुगे पछि मेरो आँखाको पट्टि खोलियो अली केही हल्का भयो अब भने मेरो मन मा केही कुरा खेल्न थाल्यो । मौका मिल्न बित्तिकै उनिहरु को कब्जा बाट फुत्किने मन मा साहस बनाउन थाले । मरे मरुला आखिर मर्ने न हो जहाँ मरेपनी । मेरो अगाडि ५/६ जना महिला थिए भने पछाडि पुरुषहरु थिए कति भनेर त एकिङ भेना किन पछाडि फर्किन दिदैनथे । आखास मा टल टल ताराहरु टल्किरहेको थियो शायद पुर्निमा रहेछ क्यारे जुन पनि सग्लो थियो । हामी त्यही जुनको उज्यालो मा रुखको छाया हरु चिचोल्दै हिडिरहेका थियौ । उनिहरु को यो शायद भुमिगत मार्ग रहेछ सबै ढुक्क थिए । कसैले गीत गाउदै हिडेका थिए कसैले बाँसुरी बजाउदै त्यो यात्रा संगीत मय पनि थियो ।


कसैले आदेस दियो सबै जना डाडा मा जम्मा भए । एउटाले टोली हरुलाई ब्रिफिङ गरिरहेको थियो । यहाँ बाट पल्लो अखडा सम्म नपुगे सम्म कसैले आबाज निकाल्न पनि नपाइने । मैले अनुमान गरे शायद यो सम्बेदन सिल यरिया थियो होला । मलाइ ठाउँ नौलो लागिरहेको थियो आफु कहिल्यै पनि यसरी जङल हिडिएको थिएन । मनमा भने कतै मुठभेड भैदिए नी हुन्थ्यो भनेर भगवान पुकारेको थिए । सबै ले एक्छिन आरम गर्ने रे भन्ने बुझे सबै आ आफ्ना साथिहरु सँग गफ गरिरहेका थिए । मलाई तिनै मिठो बोल्ने केटी ले पानी लिएर खाने दाजु भन्दै मेरो नजिकै बसिन । मेरो हात पछाडि बाँधिएको थियो मैले मुन्टो हल्लए किनकी प्यास ले घाँटि सुकिरहेको थियो । उनै को इसारामा एकजना ले मेरो हात फुकाइदियो अनी उनीले पानीको टुम्लेट मेरो हात मा राखिदिन । उनी शायद कुनै कमाण्डर रहिछिन क्यारे किनकी उनीले ओकेटोके बोकेकी थिइन । मैले पानी पिए आत्मा मा केही हल्का भएको महसुस भयो । मैले नै सोधे बहिनी मेरो के गल्ती थियो र यो सजाए भोगिरहेको छु ? के पुलिस को जागिर खाएर परिवार पाल्नु म गरीबको अपराध थियो ?
हो दाजु हामी ले नी हामी जस्तै गरीब जनताको मुक्ती होस् देसमा बिधामान सामन्ती साशन को अन्त्य होस् भनेर नै लडेका हौ । के हामी लाई रातदिन यो जङल हिंड्न रहर थियो । जब सम्म जनताको दिन आउदैनन हामी लडि नै रहने छौ अब यो लडाइमा हजुर हरुको साथ् को आवश्यकता छ । उनी यति मिठो बोलिरहेकी थिइन की उनको बोलिमा कुनै जादु नै थियो शायद उनिहरु यसरी नै प्रसिक्षित थिए ।
म उनीसँग सबाल जबफ गर्न मन लागे पनि उचित ठानिन । चुप्चाप लागे उनी फेरि हराइन मेरो सामिप बाट । मलाइ कडा निगारिनी गर्ने हरु म सँग बोल्दैनथे । बेला बेला मा तिनै केटी आउथिन केही सोध्थिन अनी फेरि हराउथिन। शायद आधा घन्टा जति भएको थियो होला हामी त्यो डाँडा मा बसेको । चिसो चिसो हाबा मा सुस्केरा फेरि रहेको थिए मैले । एक्छिन पछि त्यहा उकालो तिर बाट केही हुल आए थपिन। त्यहा हाम्रा असही साब लाई पनि ल्याइएको रहेछ । मलाइ देखे पछि उनको अनुहार मा केही चमक देखे तर उनको आँखा मा आँशु तप्किरहेको थियो शायद असही साब ले आफ्नो परिवार सम्झिनु भएछ क्यारे । अघिल्लो महिना मा मात्रै १० दिनको बिदा मा गएर बिहे गर्नु भएको थियो उहाँ ले ।
श्रीमती ले जागिर छोड्न कर गरिरहेकी छ यार सायद छोड्छु होला अस्ति मात्रै हामी गस्तिमा यिनै कुरा गरेका थियौ । उहाँ अर्घाखाँची तिर बाट एक हप्ता पहिला मात्रै सरुवा भएर हाम्रो चौकी मा आउनु भएको थियो । उहाँ लाइ देखेर मलाइ डाको छोडेर रुन मन लाग्यो म उअहाको अनुहार मा हेर्न सकिन कुम ले आँखा पुछे । शायद उहाँ माथि सारिरिक यातना पनि भएछ जस्तो लाग्यो मलाइ । मैले भने एक लात्ती बाहेक अरु भेटिकी थिइन । हामीलाई बोल्न दिएको थिएन एकले अर्कालाई टुलुटुलु हेरेर बसिरहेका थियौ ।
एकछिन पछि एकजना दारी पालेका हाम्रो नजिक आए । उनी लाई देखेर सबै चुप चाप भए । उनी ले भने हाम्रो काम बांड्न थाले । मैले उनिहरु को श्रम अदालत को कैदी भएर भात पकाउने र छपामार लाई खुवाने काम गर्ने रे अनी असाइ साब ले उनिहरु लाई पुलिस को पास्वोर्ड हरु सिकाउने । पुलिस हरु को रणनिती अनी सैली र गोप्य शब्द कसरी बोल्ने आदि इत्यादी सिकाउने रे । यहाँ बाट करिब २०० मिटर उकालो हिंडे पछि उनिहरु को बेस्क्याम आउछ रे अहिले नै मनस्थिती बनाउन को लागि हामीलाई यो उर्दी सुनाएका रे ।
मैले असही साब लाई चियाएर हेरे उहाँ ले मुन्टो हल्लाउनु भएको थियो लाग्यो उहा लाई यो मान्य छैन । मान्य त मलाइ नी कसरी हुन्थ्यो तर म चुप्चाप थिए । "म यो गर्न सक्दिन !! रास्ट्र पर्ति गद्दारी गरेर बाच्नु छैन मैले, सक्छौ भने मलाई मार " असइ साब एक्कासी चिच्चाए । दारिवालाको नजिकै रहेको एउटाले उनको तिघ्रा मा बन्दुकले बजायो ।
किन तल सक्छस भने छातिमा गोली हान !! असइस साब झन कराउनु भो, म चुप चाप उभिरहेको थिए मुकदर्सक भएर । त्यो दारी पालेको ले उहाँलाई नरम भएर फकाउन लाग्यो तर उहाँ झन करान थाल्नु भो । उहाँले घरी घरी गोली ठोक मेरो छातीमा अनी तिमीहरुको क्रान्ति सफल हुन्छ भन्दै कराउन लाग्नु भो ।

उनलाई पछाडि बाट दुई तीन जनाले समाएर घोप्टो पार्न थाले । हाम्रा काँडा भनेका यिनै र येस्ता तत्व हुन जस्ले ग्याने को भतुवा हुने बाहेक जनताको काम गर्न सक्दैनन । यी पशु हुन पशु साथि हरु यिनीहरु लाई सफाया गर्नु नै उत्तम हुन्छ भन्न थाले भने कसैले गोबर पछाडि लगाउने र डोरीले बाँधेर घाँस हाल्नु पर्छ भन्दै गर्न थाले ।  म हेर्न नै सकिन त्यो अंमानबिय क्षण अनी मुन्टो फर्काए तर एक जनाले मेरो मुन्टो समाउदै त्यतै देखाउन थाल्यो अनी कानै मा आएर भन्न थाल्यो तेरो पनि यही हालत हुन्छ । असही साबले मेरो नाम बोलाए म नत्मस्तक भएर उभिरहे । त्यतिबेला मलाइ निकै आत्माग्लानी भयो किन पुलिस को जागिर खाइएछ भनेर ।
मलाइ त्यो दारीवालाको संकेत ले मेरो आँखा मा पट्टि बाँधियो साथै त्यहा बाट हिडालियो । ती मिठो बोल्ने केटी हस्याङ फस्याङ गर्दै मेरो सामु नजिक आइपुगिन ल्ग्थ्यो तिनी कतै गएकी थीइन् । मेरो नजिकै आएर केही बोल्न खोजिरहेकी थिइन तर उनैको सहपाठी ले कानैमा केही भन्यो अनी अरु केही नबोली उनिहरु लाई अगाडि बढ्ने संकेत गरिन ।
एइया !! अएया !! मेरो कान मा असैइ साबको चित्कार गुन्जिरहयो । म न प्रतिकार गर्न सक्थे न केही बोल्न । ती मिठो बोल्ने केटीले मलाइ केही नबोली हिड्ने संकेत गरिन । शायद यिनी हरु ले असैइ साब लाई मार्ने नै भएछन । मैले मनै मन सलाम गरे अनी निरास भएर उनिहरु को पछाडि लुरु लुरु पाइला हरु लरबराइरहे .................. बाँकी आउँदै छ बिस्तारै ....{यो युद्दकालिन एउटा पाटो हो या त कसैको जीवन को भोगाइ हो,यथार्थ कहानि हो.. कसैलाई बदनाम बनाउन वा प्रतिसोध मा लेखेको हैन मात्र कलम को स्वतन्त्रता प्रयोग गरेको हो कसैले अन्यथा नलिनु होला सबैमा म अनुरोध गर्दछु }


3 comments:

नीराजन शिरीष said...

तर यो हजुरको आफ्नै कथा चाँहि हैन र प्रदिपजी ?

प्रदिप said...

niraajan Sir, kahani merai ho.....

Anonymous said...

खरगोश का संगीत राग रागेश्री पर आधारित है जो कि खमाज थाट का सांध्यकालीन राग है, स्वरों में कोमल निशाद
और बाकी स्वर शुद्ध लगते हैं,
पंचम इसमें वर्जित है, पर हमने इसमें अंत में पंचम का प्रयोग भी किया है, जिससे इसमें राग बागेश्री भी झलकता है.
..

हमारी फिल्म का संगीत वेद
नायेर ने दिया है.
.. वेद जी को अपने संगीत
कि प्रेरणा जंगल में चिड़ियों कि चहचाहट से मिलती है.
..
My web site खरगोश