बिहानै कम्पुटर लगअन गर्दा हेडलाईन मा देखेको थिए आज देखि जनसेना हरु बिशेष समितिको माताहत मा रहने, दैनिक राजनैतिक घटना क्रम हरु पत्रिका का हेडलाइन मा यसरी आउने हुँदा खासै चासो पनि दिएन आफ्नै काम मा ब्यस्त भैयो जब बेलुका रुम मा आएर नागरिक न्युज मा फोटो फिचर हेरेको मन त्यसै त्यसै भरिएर आयो । कता कता आँखा भरी अतितका क्षण हरु भरिएर आए । बुढा पाका हरु भन्ने गर्छन् "बाँच्नु पर्छ के के देख्न पाईन्छ" मेरो लागि पनि यो उखान एउटा उखान मात्रै नभएर तिती सत्यता थियो शायद म जस्ता हजारौं होलान् यति मीठा क्षण टेलिभिजन को स्क्रिन मा हेर्दै टोलाउने हरु । सोच्दा सोच्दै म मेरो अतित मा हराउन थाले छु फेरि आज बिर्सिसकेको मेरो घाऊ अनयासै आँशु बनेर टिल्पिलाइरह्यो नयनभरी ।
हेर्दा हेर्दै १० बर्ष पनि बितेछन अनायसै । त्यतिबेला म स्याङ्जाको चिसापानी प्रहरी चौकी मा कार्यरत थिए । एक जना सहि साब को कमाण्ड मा १५/२० जना जवान थियौ हामी हरु त्यस चौकी मा । जनयुद्द चर्किरहेको थियो देश् मा जता ततै बम र बारुद अनी मैन बाहेक हाम्रो मगज मा अरु केही खेल्दैन थियो । कुनै नौलो नयाँ मान्छे देख्यो की बिद्रोही का जासुसी जस्तो लाग्थ्यो शायद उनिहरु पनि यस्तै सोच्थे होला । दिनौ रेडियो मा म्रित्यु को खबर बाहेक केही सुनिदैनथ्यो मात्र लाग्थ्यो एक्दिन कहीले कुन ठाउमा हाम्रो काल ले कुरेको छ । खाउ त कान्छा बाबु को अनुहार न खाउ त दिन भरी को सिकार भन्दै आफ्नो परिवार पाल्नकै लागि पनि हामी जागिर खाइरहेका थियौ पुलिसहरु या त कसैको दुस्मन बनेर । राइफल भिरेर जङल जङल चाहर्दा मेरो मन्भरी प्रश्न हरु भरिन्थे आखिर हामी के का लागि लडिरहेका छौ ? यो लडाईं के का र कस्का लागि या काहीले सम्म ? चटक्कै राइफल जङल मै छाडेर भाग्नु मन लाग्थ्यो फेरि देश् लाई परिआएमा आफ्नै बाबु आमा लाई पनि काट्नेछु भनेर खाएको कसम अनी घर भरि को अभाब सम्झेर पाइला हरु लर्बराइरहन्थे, साँच्चिकै भन्नु पर्दा जागिर छोडेर जाने ठाउ पनि थिएन एकातिर हामीलाई दुस्मन सम्झिने माओ हरु ले मार्थे भने अर्कोतिर हाम्रै पुलिस प्रसासन ले पनि कोर्टमार्सल गर्थ्यो । दुई ढुङ्गाको तरुल थियो पुलिस को जिन्दगी त्यतिबेला र पनि कतिपय साथिहरु ले चाहेर पनि छोड्न सकेका थियनौ जागिर ।
दिनभरी घुम्नु , रातभरी जाग्रम बस्नु पर्ने, राइफल को सिरानी हालेर सुत्नु पर्ने जिन्दगी देखेर आफूलाई कस्तो दिन मा जन्म लिएछ भनेर सराप्ने गर्थयौ पनि भने आफ्नो राष्ट्र प्रति को कर्तब्य भनेर कथित बिद्रोही माओवादी हरु सँग डटेर लड्न मन मा साहस पनि भर्ने गर्थ्यौ । साथि हरु दु:ख सुख गरेर जागिर खाँदै थियौ । एक्दिन एक्जना असही साब को कमाण्ड मा हामी हरु रातभरी सर्च गर्नु पर्ने भएको थियो हुनसक्छ कसैले सुराकी गरिदिएको थियो हाम्रो चौकी इन्चार्ज लाई । उहाँले माथिको आदेस भन्दै हामी लाई २ ग्रुप मा बाँडेर दुइतिर पठाउनु भएको थियो । हमिलाई के थाहा हाम्रो काल दुई भागमा बाँडिदै छ भनेर । जिल्लका अन्य ठाउ मा जे भए पनि हामी भएको ठाउमा कुनै त्यस्तो घटना भएको पनि थिएन र हामीले त्यस्तो सन्कास्पद व्यबहार पनि भेताएका थिएनौ त्यसैले पनि हामी हरु लाई त्यति डर लागेको थिएन । सबै आ आफ्ना हतियार बोकेर हिड्यौ गन्तब्य तिर । हामी सँग त्यस्तो कुनै सक्तिसाली हतियार पनि केही थिएन सबै सँग ३ नट थ्री अनी असै साब सँग एउटा पेस्तोल थियो । रातभरी जङल मा डुलिरहयौ केही पनि भेटाएनौ आखिर दुस्मन भन्ने कुरा भेटिने पनि त भएनन उता हाम्रो अर्को टोली सँग पनि वाकिटाकी मा कुरो हुनेगर्थ्यो उता पनि खासै केही भएको थिएन । करिब ३:३० तिर दुबइ ग्रुप को कामण्डर हरुको कुरो मिल्यो अनी सबै चौकी फर्किन लाग्यौ । रातभरी नसुतेको आखाका परेलिमा निद झुण्डिरहेको थियो, कतिबेला चौकी पुगेर सुत्ने भन्ने आशा मा हतार हतार चौकी फर्किन थाल्यौ । चौकी पुग्न करिब १० मिटर थियो दुस्मन (माओ) ले हामी लाई बिधुतिय धाराप मा पारिसकेका रहेछन । एकिचोटी बिस्फोट भयो सबै साथि हरु तितर बितर भयो। कसै कसैले फायरिङ गरे शायद दुस्मन को रणनिती थियो हाम्रा साथिहरु को गोली सकिएपछी उनिहरु ले हामी माथि आक्रमण गरे । भएका हतियार पनि खोसे । ४ जना साथि हरु को त्यहि ज्यान गयो (पछी मात्रै थाहा भएको थियो मलाइ) भने हामी ४ जना उनिहरु को कब्जा मा परियो बाँकी साथिहरु को कता हुनु भो हामीलाई केही थाहा भएन । एक जना असही साब र हामी ३ जना जवान गरेर चार जना लाई उनिहरु ले कब्जामा लिए । आँखा मा पट्टि बांधिदिए अनी राइफल भिराएर हिडाले । रातभरी अनिदो ज्यान त्यस्माथी हतियार बोकेर हिड्दा को पिडा सम्झिदा अहिले पनि रुन मन लाग्छ । आँखा मा पट्टी बाँधिएको ले अन्धाकार थियो उनिहरु को इसारामा हिड्दा सार्है गार्हो भैरहेको थियो त्यस्माथी बेला बेलामा अपसब्द पनि सुनिरहनु पर्थ्यो ग्याने का भतुवा सेरेका कुकुर भनेर गाली गर्थे भने कोही कोहि त कम्लो मन का पनि हुदारहिछन हामीलाई सोधी सोधी पानी पिलाउथे । मैले त ज्यानको आसै मारेको थिए आँखा भारी बाबु आमा, श्रीमती अनी ५ महिनाकी छोरी को तस्बिर नाचिरहन्थ्यो । करिब २ घन्टा जति (आखा खोलिदिदा घडी हेरेको थिए) हिंडे पछी एउटा जङल को चौर मा रोकाए हामीलाई । उनिहरु को छुट्टै सान्केतिक भाषा पनि रहेछ केके कुरा गरे पछि हाम्रो आँखाको पत्ती पनि खोलियो । त्यस्तै ४०/५० जना को समुह रहेछ धेरै महिला अनी कोहि कलिला केटाकेटी जस्तो लाग्थ्यो तर थोरै बयस्क हरु थिए । उनिहरु को खुन तातेको थियो शायद त्यसैले पनि होला कसैले के भन्थे कसैले खाउला जस्तो गरेर आँखा तर्थे तर महिला छापामार हरु भने हामीलाई दया देखाएको जस्तो गर्थे । उनिहरु ले दाउरा जम्मा पारेर आगो बाले, बैशाख २६ गते हो क्यारे बसन्त सिजन रुख बाट पात झरेर नागिरहेका थिए मलाइ पनि मेरो जीवन नांगिरहेको जस्तो लागेको थियो । एकै छिन् मा चिया तयार पारे अनी सबैले झोला बाट चिउरा निकालेर खाना थाले । हामीलाई पनि खाना इसारा गरे तर मन भरि डर र पिर थियो एक मन त हतियार खोसेर लड्नु जस्तो पनि लाग्थ्यो आखिर मरिने नै भए पछी मारेरै मरौ की जस्तो पनि लाग्थ्यो । मैले खाना नमाने पछि एउटाले नजिकै आएर भन्यो साला अहिले भोक भोकै मर्लास अनी अर्की एक्जना महिला छपामार ले भनिन उहाँ ग्यानेको हड्डि खाने बानी लागेको अनी यहाँ के को खाना मन लाग्थ्यो र गरीब सर्बहाराले खाने चिउरा । बचन सुन्दा मन चसक्क भएर आउथ्यो नजिकै गएर गालामा चड्काइदिउ जस्तो पनि लाग्थ्यो तर के गर्नु पिजडाको चरो जस्तै चुप चाप थियौ हामी । हामी ४ जना लाई संगै पनि राखिएको थिएन १० जना जति को ग्याप पारेर हिडाइएको थियो । उनिहरु जे जे भन्थे उही गर्नु पर्थ्यो । तिघ्रा गलेर मर्नु भएको थियो त्यसमाथी हतियार बोकाएका थिए आँखा मा पट्टि बाधिएको थियो । हामी उकालो तर्फ गैरहेका थियौ एक ठाउमा अली अप्ठ्यारो बाटो परेछ म उक्लिन सकिन शायद आँखा मा पट्टी नभएको भए हिंड्न सक्थे होला पनि तर अर्काको इसारामा हिड्दा गार्हो हुने रहेछ । म शायद गौडा थियो त्यहा उक्लिन सकिन पछाडि बाट ग्यानेको भतुवा छाँट पार्छस भनेर एउटाले मेरो पिठ्यौ मा लात्तीले बजायो शायद जीवन मा नराम्ररी अर्काले पिटेको नै त्यो पहिलो हो मेरो लागि । एक जना महिला ले उस लाई गाली गरिन शायद उनी सिनियर थिन होला अनी मेरा आँखा का पट्टी फुकालिए । म उनिहरु को इसारा मा पिठ्यौ को पिडा अनी मन भरी भय बोकेर हिडिरहे । करिब ४ घन्टा जति हिंडे पछि एउटा गाउ आयो (पछी मात्रै थाहा भएको थियो रोल्पा भनेर) जहाँ उनिहरु को क्याम्प नै रहेछ । फेरि मेरो आँखा मा पट्टि बाँधियो मलाइ थाहा थिएन मेरा सहपाठी लाई मारे की या मेरो अगाडि या त पछाडी राखेका छन् । बेला बेला मा ट्रचर दिने गर्थे कसैले अतिनै तुच्छ शब्द प्रयोग गरेर मनसिक मनोब्बल नै गिराउथे कतिबेला त लाग्थ्यो जे हुन्छ हुन्छ उनिहरुको ग्रिनेट खोसेरै मार्छु अनी मर्छु पनि तर भने जस्तो नहुने पनि रहेछ । युद्द को कला हामी पुलिस ले भन्दा उनिहरु ले नै बढी सिकेका जस्तो लाग्यो । उनिहरु निकै चलाख थिए कुनै हर्कत हुन नपाउने गरि साबधानी अपनाएर हामीलाई ह्यान्डेल गरिरहेका थिए । क्याम मा पुराएपछी मेरा आँखा का पट्टी खोलिए बल्ल त्यहा मैले मेरा सहकर्मी का निन्याउरो अनुहार हेर्न पाए अलिकति मन मा खुशी लाग्यो किनकी हामी सकुसल थियौ त्यहा सम्म । हामी एक अर्का लाई बोल्न पनि दिएनन उनिहरु ले । एक्छिन पछि एक्जना गहुगोरो मान्छे आए भिड्मा सबैको बोली बन्द भयो मैले अड्कल गरे उनी पक्कै लिडर होलान् । सर हरु लाई भोक लाग्यो होला ? हाम्रा कमरेड हरुले त दु:ख दिनु भएन होला नी भन्दै मुसुक्क हासेर बोल्न थाले साथै लेक्चर पनी दिन थाले । हामी हरु उनिहरु को सत्रु नभएर एउटै बर्ग क रे अनी उनिहरु सँग हात मिलाएर जनसेना मै हिड्नु पर्ने हुकुमी उर्दी सुनाएर उनी गए । यसपछी हामीलाई आरम गर्न दियो शायद थाकेको ज्यान भएर होला आँखा भरी निद लागेछ म त सपना देख्न थालेछु "सपना मा छोरी ले बाबा बाबा भनेर बोलाइरहेकी थी म अनायासै चिच्याउन पुगेछु । मेरो अनुहार भरी पसिना थिए एकजना छापामार महिलाले मलाइ पानी पिउन दिइन । किन हड्बडाइरहनु भएको सबै ठीक भैहाल्छ नी हामी गरीब सर्बहाराको लागि लडेका हौ हजुर हरु लाई मार्ने हाम्रो कुनै नियत छैन तर के गर्नु उनी मलाइ सम्झौदै थिन । मैले रुदै उनिहरु लाई छोडी दिन अनुरोध गरे तर कसैले मानेनन । यतिन्जेल सम्म ग्याने को लागि लड्यौ अब गरीब जनताको मुक्ती को लागि लड्नु पर्छ भन्दै थिए । मलाइ भने रिंगटा लागिरहेको थियो ।
(थोरै लेख्छु भनेको लेख्दा लेख्दै मिनी उपन्यास बन्यो बाँकी क्रमस भाग २... ३ गर्दै प्रकाशन गर्ने छु पढ्दै गर्नु होला )
No comments:
Post a Comment