Sunday, September 12, 2010

पिएर केही भएन


तिमीबिनाको जिन्दगी जिएर केही भएन 
हर साँझ तिम्रै नाम मा पिएर केही भएन 


मदहोसी प्रदिपेका नजर भरी बास तिम्रो 
काँडा बिझेका घाउँहरु मात्रै सिएर केही भएन 


हरपल तिम्रै हुँ भन्थ्यौ बन्धकिमा बेचेर गयौ 
माया मात्रै हैन मुटु पनि दिएर केही भएन 


कहीले काँही त यता तिर जुन झरे के बिग्रिन्थ्यो र ?
आधा जिन्दगी तिम्रै नाम मा पिएर केही भएन 
निस्ठुरी लाई धेरै माया दिएर केही भएन ....

2 comments:

Anonymous said...

पिएर पनि केही हुन्छ त प्रदिप जी ???

Anonymous said...

पिएर पनि केही हुन्छ त प्रदिप जी ???